इटहरी÷युवासन्त, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने अभियानका अभियन्ता तथा गौ रक्षामा सक्रिय श्रीनिवासाचार्य माथि विराटनगरमा भएको हत्या प्रयासको चौतर्फी निन्दा र भत्र्सना गरिएको मात्र छैन स्वस्फूर्त रुपमा अपराधीलाई कारबाहीको माग गर्दै ठाउँ ठाउँमा विरोध जुलुसहरु समेत निकालिएको छ
सप्ताह पुराणका लागि विराटनगर १४ जतुवामा विशिष्ट कथा वाचनका लागि आमन्त्रित भएर पुग्नु भएका आचार्य राति एक बजे सौच गर्न बाहिर निस्कदा अज्ञात व्यक्तिले उहाँमाथि गोली प्रहार गरेका थिए । प्रहार गरिएका तीन गोलीमध्ये एक गोली उहाँको दाया कुममा लागेको र दुई गोली मिस फायर भएको विराटनगरका एसपी अरुणकुमार बिसीले जानकारी दिनुभएको छ । घट्नामा संलग्नको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । गोली लागि घटनास्थलमै ढलेका आचार्यको हाल न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
हिन्दु धर्मका अभियन्ता आचार्यमाथि गोली प्रहार भएको विरोधमा विराटनगर, इटहरी, इनरुवा जनकपर, बीरगञ्ज, काठमाण्डौ लगायतका प्रमुख सहरहरुमा स्वस्फूर्त रुपमा प्रदर्शनहरु समेत भएका छन् । इटहरीमा स्वस्फूर्त रुपमा निस्केको ¥यालीले बजार परिक्रममा गर्दै अपराधीमाथि हदै सम्मको कारबाहीको माग गरिएको थियो भने विराटनगरमा ॐकार परिवारले स्वस्फूर्त रुपमा निकालेकोे जुलुसले ३ घण्टा यातायात बन्द गराई अपराधीलाई हदैसम्मको कारबाहीको माग गर्दै नारा लगाएका थिए । वीरगञ्जमा विभिन्न हिन्दुवादी संघ संगठनहरुले सत्कर्ममा हिडेका एउटा विद्वान सन्तको सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत मागेका थिए ।

