धरानमा खोलिएको ट्रिहाउसले लोकिप्रियता कमाउदै

धरान÷पर्यटन प्रवद्र्धनका लागि युवा जमात अहिले सक्रिय भएर लागेका छन् । उनीहरु नयाँ नयाँ सोचका साथ आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गर्न केन्द्रितमात्र हैन नया योजनाका साथ आफ्नो व्यवसाय प्रवद्र्धनका लागेका हुन् ।
धरानको पर्यटन प्रवद्र्धनमा स्वेच्छा टूाभलिङ्गले सञ्चालन गरेको जंगल सफारी, केही युवा जमातले सञ्चालन गरेको
प्याराग्लाडिङ्ग ¥याप्टिङ तथा साइकिलिङ्ग जस्ता शाहसीक खेल केही सहयोग पु¥याएको छ । यसमा पनि अहिले भने धरानका युवा ज्ञानदिप लिम्बु र युमा राईले नेपालमै पहिलो पटक नया भिजनका साथ ट्रि हाउस सञ्चालनमा ल्याएका छन् ।
यी दुईले शुभलक्ष्मी प्रा.लि दर्ता गरी धरानको नांगो डाडालाई पर्यटकीय गन्तव्य स्थान बनाएका छन् । गर्मीयामका समयमा शितलताको खोजी गर्दै धनकुटाको भेडेटार जाने, धरान १४ मा रहेका विजयपुरमा
रहेका मठमन्दिरमा आउनेबाहेक अन्य गन्तव्य स्थान नभएको समयमा धरान १३ बेसक्याम्पमा रहेको डाडाको सदुपयोग गर्दै ट्रि हाउस खोलेका हुन् ।
नेपालमै पहिलो मानिएको यो ट्रि हाउसमा अहिले दैनिक २ सय आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका छन् । रुखको प्रयोग गरेर बनाइएको घरको माथिल्लो तलामा धरानको मनोरम दृश्य अवलोकन गरी विभिन्न खानाका परिकार खान सकिने भएकोले पनि यो स्थान अहिले आकर्षक गन्तव्य स्थल बन्दै गएको हो ।
युवा नेता ज्ञानदिप लिम्बु एमालेका स्थानीय नेता हुनुहुन्छ भने आयुषा राई एम्स एकाडेमीमा अहिले पनि शिक्षिकाको काम गर्नुहुन्छ । रोजगारका अभावका कारण दिनप्रतिदिन विदेसिने क्रम बढ्दै गएको समयमा युवाले पनि स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले ट्रि हाउस खोलेको सञ्चालक मध्येकी युमा बताउनुहुन्छ ।
यसले उनीहरुकोे व्यापार प्रवद्र्धन मात्र हैन केही युवायुवतीले रोजगार समेत प्राप्त गरेका छन् । ८७ लागत खर्च भइसकेको बताउने युमाले २ करोडको लगानीमा भविष्यमा अरु थप सुविधाहरु थप्ने बताउनुभयो । अहिले त्यहा सेमिनार हल, बस्ने पार्क लगायतका कामहरु समेत निर्माण भइरहेका छन् ।
नयाँ सोचका साथ खोलिएको ट्रि हाउसले आफूहरुलाई समेत आकर्षित गरेको त्यहा आएका पर्यटकहरु बताउछन् । ट्रि हाउसको बारेमा सुुनेर पहिलो पटक इटहरीबाट आउनुभएकी शान्ता राईले नया सोचका साथ शुरु भएको यो ट्रि हाउस अत्यन्तै आकर्षक भएको बताउनुभयो । उहाले रुखमा बसेर नया स्वाद लिदै धरानको मनोरम दृश्य अवलोकन गर्न पाउने भएकोले पर्यटकका लागि यो नौलो स्वाद भएको बताउनुभयो ।
पर्यटक प्रवद्र्धनसंगै युवा पुस्ताले केही गर्नुपर्छ भन्ने सोचका साथ खोलिएको यो ट्रि हाउसले दिनप्रतिदिन लोकप्रियता कमाउदैछ । नया सोचका साथ आउने यस्ता युवा पुस्तालाई राज्यले समेत सहयोग गर्न सके काम नपाएर विदेशिने युवाहरु पनि स्वदेशमे केही काम गरेर बस्न सक्ने थिए । मुलुक संघीयतामा प्रवेश गरेसंगै बनेका प्रदेश, स्थानीय
सरकारले युवालाई रचनात्मक कार्यमा लगाउन सक्नुपर्छ र नयाँ सोचका साथ अगाडि बढेका युवा पुस्तालाई भरपुर सहयोग गर्नुपर्छ । यसो भएमा विकासोन्मुख देश नेपाल चाडै आर्थिक समुन्नतितर्फ उन्मुख हुनेमा दुई मत छैन ।

 

तपाईको प्रतिक्रिया