इटहरी÷ विगत १९ बर्षदेखि पूर्वेली ग्राहकबीचमा मात्र नभएर भारतका विभिन्न प्रान्त, भुटानमा समेत एउटा पहिचान बनाएको गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखा फागुन २५ गते धरानमा सञ्चालनमा आएको छ ।
आजभन्दा १९ बर्ष अगाडि इटहरी अर्थात पूर्वको व्यवसायिक केन्द्र
इटहरीबाट १४ जना कर्मचारी र २०÷२५ हजार आइटमबाट शुरु भएको स्टोर यहाँसम्म आइपुग्दा ६ लाख भन्दा बढी सामान र १२ सय कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्न सफल भएको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरले धरानसम्मको यात्रा तय गर्दा अरुका उत्पादनको विक्री वितरण र प्रबन्ध गर्ने काम मात्र गरेको छैन आफैले उत्पादन गरेको सामानहरुलाई बजारमा ल्याइसकेको छ । स्टोरले इटहरी उपमहानगरपालिका वडा न. २ हलगडामा ५ बर्ष पहिले नै गोरखा बेकरी सञ्चालनमा ल्याइसकेको छ । आÏनै डिपार्टमेन्ट स्टोरबाट विक्री वितरण गर्ने प्रयोजनका लागि उत्पादन गरे तापनि अन्यत्रका उपभोक्ताको मागलाई ध्यानमा राखेर उसले पूर्वका शहरहरुमा डिलरहरु माफर्त विक्री वितरण गर्दै आएको छ । बेकरीमात्र नभएर इटहरी उपमहानगरपालिका वडा नं. १७ एकम्बामा
गोरखा डेरी उद्योग, अर्गानिक सागसब्जी उत्पादन, खानेपानी उत्पादन समेत गर्दै आएको छ । स्टोरका सञ्चालन बलराम आचार्य भन्नुहुन्छ, अब केही बर्ष डिपार्टमेन्ट स्टोरका शाखाहरु विस्तारको कामलाई थाँति राखेर उत्पादनलाई प्राथमिकता दिन्छौं ।
पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा स्टोरको अवलोकन
स्थापनाको १९ बर्षमा गोरखा डिपार्टमेन्ट स्टोरले हरेक प्रकारका ग्राहकहरुको मन जित्न सफल भएपछि त्यसबाट प्रभावित भएर पूर्व
राजा ज्ञानेन्द्र शाहले गत शुक्रबार गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखा धरानको अवलोकन गर्नुभएको थियो ।
धार्मिक प्रयोजकका लागि बिना सूचना र जानकारी धरान आउनु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले धरानका ऐतिहासिक एवम् धार्मिक मठमन्दिरहरु दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर दर्शन गरी फर्कने क्रममा गोरखा डिपार्टमेन्ट स्टोरमा पुग्नु भएका शाहलाई स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य, पत्नी अञ्जु आचार्य, स्टोरका म्यानेजर श्रीप्रसाद गौतम लगायत अन्य पदाधिकारी र कार्यरत कर्मचारीहरुले भव्य स्वागत गर्नुभएको थियो । पूर्व राजा शाहले स्टोरक सबै तलाहरुको अवलोकन गरी आवश्यक जिज्ञासा राख्नु भएको प्रबन्ध निर्देशक आचार्यले बताउनुभयो । झण्डै दुई घण्टाको बसाईमा पूर्व राजा शाहले एक कप कुल कफी लिनु भएको थियो भने पत्नी कोमलले ममचिल्ली लिनु भएको थियो ।
गर्मीका शितल र हल्का कपडामा ग्राहकहरुको भीड
सबै प्रकारका ग्राहकहरुका लागि ब्राण्डेड नाम बनिसकेको गोरखा डिपार्टमेन्ट स्टोरले फागुन २५ गतेबाट सञ्चालनमा ल्याएको धरानथित पाँचौ शाखामा यतिबेला ग्राहकहरुको भीड अत्याधिक बढेको छ ।
आफूलाई चाहिने अत्यावस्यकीय सामाग्रीका अलावा हरेक ग्राहकको
रोजाईमा गर्मीका शितल र हल्का कपडा समेत पर्ने गरेको छ । स्वदेश तथा विदेशी ब्राण्डका अत्यन्तै सुविधायुत्तः कपडामा ग्राहकहरु लोभिने गरेका छन् । बाहिरी बजारको तुलनामा अत्यन्तै सस्तो, फिक्स प्राइस भएकोले पनि ग्राहकहरु लोभिएको हुनसक्ने डिपार्टमेन्ट स्टोरका म्यानेजर श्रीपसाद गौतमको अनुमान छ ।
गोरखा डिपिर्टमेन्ट स्टोरको तेस्रो तलामा भर्खर जन्मिएका नानीदेखि १५ बर्ष उमेर समूहका बालबालिकाहरुका लागि जुनसुकै आकार प्रकार र क्वालिटीका कपडाहरु मात्र पाइँदैनन् सुटकेश, ब्लांककेट, आकर्षक डिजाइनका कुर्ता शुरुवाल, सर्टिङ्ग, सुटिङ्गका कपडाहरु समेत पाइन्छन् ।
गोरखा किचेनको स्वादको मजै बेग्लै
भारतीय सेनामा कार्यरत पि.राई एक महिने छुट्टिमा आउँदा स–परिवार गोरखा किचेनमा पुगे । धरान वडा नं. १६ स्थायी घर भएका राई सोमबार किचेनको सबैभन्दा माथिल्लो तलाको पूर्वपट्टि टेबुलमा बसेर भेराइटीहरुको स्वाद लिइरहेका थिए । त्यसो त राई मात्र होइन अन्य पेशा तथा व्यवसाय गर्नेहरु समेत एक्ला एक्लै तथा परिवारका साथ खानाको परिकारका स्वाद लिइरहेका थिए ।
उनीहरुको कथन थियो मनोरम प्राकृतिक दृश्यहरुको अवलोकन गर्दै चाहिएको परिकारको स्वाद लिनुको मज्जै बेग्लै हुन्छ पि.राईको कथन थियो नोकरीको दौरान भारतका धेरै स्थानमा बसेँ तर यत्तिको सफा, स्वादिष्ट, मनोरम दृश्य भएको ठाउँ मैले पाइन । पचास रुपैयामा सादा भरपेट खाना, ९० रुपैयामा किचेन खानासँगै २ सय ५० मा घ्यु, दही, मटन, अचारसहितका खाना खानेहरु गोरखा किचेनमा भेटिन्छन् । किचेनको सबैभन्दा ठूलो विशेषता भनेको ढिकीमा कुटेको चामल, जाँतोमा पिँधेको मुस्ताङ्गको गेडागुडीको दाल, मनाङ्गबाटै मगाइएको टिम्बुरबाट बनाइएको अचार पनि हो । यसका अलावा अग्र्यानिक साग सब्जी पनि हो । गोरखा डिपार्टमेन्ट स्टोरले इटहरी १७ स्थित आफ्नै कृषि फर्मबाट उत्पादन गरेका सागसब्जी, काउली, धनियाँ, टमाटर, मटरकोसा आदिको प्रयोग किचेनमा प्रयोग गर्द आएको छ । कुनै खाद्य पदर्थको प्रयोग नगरी उत्पादन गरिएका त्यस्ता साग सब्जीको स्वासँगै स्वास्थ्यमा समेत कुनै प्रतिकूल असर नपर्ने भएकोले ग्राहकको स्वास्यलाई ध्यानमा राखेर आफ्नै उत्पादन प्रयोग गरिएको स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ ।
सिनेमा, सेमिनार हल र बैंकटेस हल चाँडै सञ्चालनमा आउदै
अत्याधुनिक सुविधा सम्पन्न धरानस्थित गोरखा डिपार्टमेन्ट स्टेरको पाँचौ शाखामा रहेको सिनेमा हल, सेमिनार हल र बैंकटेश हल प्राविधिक कारणले उद्घाटनसँगै सञ्चालनमा आउन नसके पनि एकहप्ता पछि पूर्ण क्षमतामा सञ्चालनमा आउने भएको छ ।
स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ उद्घाटनसँगै सिनेमा हल, सेमिनार हल, बैंकटेश हल, मिनी सो सञ्चलानमा ल्याउने योजना थियो तर निर्माण पक्षले गरेको ढिलाईले केही दिन ढिलो भयो । अब सबै एक हप्ता भित्रमा सञ्चालनमा आउँछन् र धरानमा सुविधा सम्पन्न सेमिनार हल, बैंकटेश हल, सिनेमा हल र मिनी सो नभएको अवस्थामा यी सबै सञ्चालनमा आएइपछि
धरानेहरुले मात्र नभएर अन्यत्रका ग्राहक तथा उपभोक्ताहरु समेत लाभान्वित हुनेछन् । २५० जना क्षमता भएको सेनिमार हल, १२५०जना क्षमता भएको बैंकटेश हल, अत्याधुनिक अमेरिकन प्रविधि जडित झण्डै ५ सय क्षमता भएको सिनेमा हल सञ्चालनको पर्खाईमा यतिबेला धरानेहरु रहेका छन् ।
सनराईज बंकसँग सम्झौता
गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहक तथा उपभोक्ताहरुको सुविधालाई ध्यानमा राखेर सन राइज बैंकसँग सहकार्य गरेको छ ।
अब गोरखा डिपार्टमेन्ट स्टोरमा आउने ग्राहकहरुले सनराइज बैंकको कार्डबाट स्टोरका हरेक सामानहरु १० प्रतिशत छुटमा खरिद गर्न पाउने भएका छन् । यस सम्बन्धी सम्झौता स्टोर र सनराइज बैंकबीचमा भइसकेको छ । सनराइजको भीसा कार्डबाट गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण शाखाहरुबाट कुनैपनि सामान उपभोक्ताले खरिद गर्दा १० प्रतिशत छुट दिने सम्झौता भएको प्रबन्ध निर्देशक आचार्यले बताउनुभयो ।
सम्झैता पत्रमा सनराइज बैंक विराटनगर शाखामा शाखा प्रबन्धक सुमन भट्टराई र स्टोरका प्रबन्ध निर्देशक आचार्यबीच भएको बैंकद्वारा जारी विज्ञप्तीमा जनाएको छ ।

