छिमेकीस“गको नाता सुमधुर हुन्छ–प्रम ओली

भारतको नयाँ दिल्लीस्थित
हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री केपी शर्मा
ओली ।
सम्माननीय प्रधानमन्त्री मोदीज्यू, दुवै देशका अधिकारीहरू, मिडियाका तर्फबाट प्रतिनिधित्व गर्ने विशिष्ट साथीहरू,
प्रधानमन्त्री मोदीसँग दुई वर्षअघि यही मञ्चमा सप्रेम भेट भएको मलाई सम्झना छ । नेपालले त्यसपछि व्यापक रूपमा अनेक परिवर्तन हाँसिल गरेको छ। गत चुनावमार्फत राजनीतिक स्थायित्वतर्फ उन्मुख भएपछि ‘समृद्ध नेपाल स् खुसी नेपाली’ को उद्देश्यसहित नेपाल अब सामाजिक–आर्थिक विकासको यात्रामा अग्रसर छ। एक्काईसौं शताब्दीको यथार्थअनुरूप सम्बन्ध सुधारी त्यसलाई नयाँ उचाइमा लैजाने बाटो पहिल्याउन र साधन खोज्ने उद्देश्यका साथ म यसपटक भारत आएको छु ।
हामी हाम्रा दुई छिमेकीसँग विश्वासमा आधारित बलियो सम्बन्ध स्थापित गर्न चाहन्छौं। हामी सम्बन्धको नमुना सिर्जना गर्न चाहन्छौं, जसले हामी मात्र होइन, हाम्रो भावी पुस्तालाई पनि हाम्रा उपलब्धिमा उत्तिकै
गौरवान्वित महसुस गराओस् । सदाका लागि अपेक्षा रहने खालको सम्बन्ध होस् हाम्रो । म प्रधानमन्त्री मोदीका नरम शब्दप्रति धन्यवाद दिँदै आफ्नो मन्तव्य सुरु गर्न चाहन्छु । नेपाल र भारतबीचको दुईपक्षीय सम्बन्धका बारेमा उहाँले व्यक्त गरेको भावनासँग म पूर्णरूपमा सहमत छु ।
हाम्रो आगमनपछि भारत र यहाँका जनताले यो महान् सहरमा मलाई र मेरो प्रतिनिधिमण्डललाई दिएको न्यानो स्वागत र उदार आतिथ्यप्रति कृतज्ञ छु । सम्माननीय राष्ट्रपति रामनाथ कोविन्दले प्रतिष्ठित राष्ट्रपति भवनमा बस्न बोलाएर अनुग्रह गर्नुभएको छ र उहाँको निवासमा पाहुनाका रूपमा बस्न पाउनुमा हामीले सम्मानित महसुस गरेका छौं । भारतका आत्मीय व्यक्तिहरू र भारत सरकारका लागि मैले नेपाल सरकार र नेपाली जनताका तर्फबाट शुभेच्छा र शुभकामना लिएर आएको छु ।
नेपालको प्रधानमन्त्रीका रूपमा यो मेरो दोस्रो भारत भ्रमण हो । हाम्रा देशबीचका गहिरा र बहुमुखी सम्बन्धका बृहत् कार्यसूचीबारे दुई वर्षअघि प्रधानमन्त्री मोदीसँग लामो विचार–विमर्श गरेको बारेमा मसँग मीठो सम्झना छ। मैले यसपटकको भ्रमणलाई उच्चस्तरीय राजनीतिक तहमा हुने संवाद जारी राख्ने अझ अर्को महत्वपूर्ण अवसरका रूपमा लिएको छु । नेपालको संघीय र प्रान्तीय चुनावलगत्तै हाम्रो चुनावी सफलता र उतिखेर बन्दै
गरेको नयाँ सरकारलाई प्रधानमन्त्री
नरेन्द्र मोदीको तर्फबाट शुभकामना सन्देश दिन भारतीय विदेशमन्त्री सुष्माजीले नेपाल भ्रमण गर्नुभयो । म मुक्तकण्ठले उहाँ (मोदी) को चिन्तनशील कदमको प्रशंसा गर्छु ।
प्रिय मित्रहरू,
भारतसँगको सम्बन्धलाई नेपालले विशेष महत्व दिन्छ । दुई देशबीच युगौं पुरानो ऐतिहासिक नाता छ । दुवै देशले एकअर्कालाई दिन मिल्ने धेरै कुरा छन् । हाम्रा देशबीच पर्यावरणीय र आर्थिकदेखि थुप्रै विषय अन्तरसम्बन्धित छन्। निकटको छिमेकी भएका कारण हाम्रो नियति एकअर्कासँग जोडिएका छन्। समृद्धि हाम्रो साझा लक्ष्य हो। अरूसँग भन्दा छिमेकीसँगको नाता बेग्लै हुन्छ । छिमेकको यर्थाथले समता, न्याय, आपसी सम्मान र साझा नियतीको सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्त्वित सिर्जना गर्छ । हाम्रो दौत्य सम्बन्धको सम्पूर्ण अवस्थाको पुनरावलोकन र भविष्यको मार्ग पहिल्याउन सुझाव पेस गर्न म्यान्डेट दिइएको नेपाल–भारत प्रबुद्ध समूहले दुवै देशका सम्बन्धका बारेमा
गरिरहेको कामबारे प्रधानमन्त्री नरेन्द्र मोदी र मैले सन्तोष व्यक्त ग¥यौं ।
हामीलाई आशा छ– प्रबुद्ध समूहले उपयोगी सुझावहरू पेस गर्नेछ । प्रधानमन्त्री मोदी र मबीच हाम्रा साझा स्वार्थका थुप्रै विशेष कार्यसूचीबारे रचनात्मक विवेचना भए । कसरी हामीबीचको सहयोगात्मक सम्बन्धलाई उन्नत, गहिरो र अझ विस्तृत बनाउन सक्छौं भन्नेबारे आफ्ना धारण आदानप्रदान ग¥यौं । वृद्धि र विकासको प्रत्येक क्षेत्रमा भारतले गत दुई दशकमा गरेको अतुलनीय प्रगतिका लागि मैले प्रधानमन्त्री मोदीलाई बधाइ दिएँ । सो प्रगतिलाई नेपालले आफ्नो विकासका लागि अवसरका रूपमा हेरेको छ ।
भारतीय प्रधानमन्त्रीसँग नेपालले खासगरी प्रचुर जलशक्तिजस्ता अप्रयुक्त स्रोतसाधनको प्रयोग महत्वपूर्ण रहेको र त्यसका लागि भारतको सार्वजनिक र निजी क्षेत्रबाट थप लगानी चाहेको मैले बताएँ । जारी पञ्चेश्वर, अरुण तेस्रो र उपल्लो कर्णालीबारेको हाम्रा
प्रारम्भिक अनुभूतिले अपेक्षित प्रेरणा प्रवाह गर्नेछन् र भविष्यमा यस्तैखाले अन्य परियोजनाका लागि त्यो सकारात्मक आधारशिला बन्नेछन् भन्नेबारे हामी दुवैले जोड दियौं । अन्तर्देशीय जलविद्युत् व्यापारबारे निर्देशिका र नियम बनाउनेबारे भारतको प्रयासलाई मैले प्रशंसा गरें । यो वास्तवमै एक अग्र कदम हो ।
यद्यपि, दुईपक्षीय विद्युत् व्यापारका सम्बन्धमा खुला बजार प्रावधानको छिटै महसुस होस् भन्ने नेपालको चाहनाबारे मैले सन्देश दिएको थिएँ । विद्युत् व्यापारसम्बन्धी सो सहमति सन् २०१४ मा भएको थियो। मोदीजीको सकारात्मक निर्देशनका लागि उहाँलाई विशेष धन्यवाद।
दुई देशबीच युगौं पुरानो ऐतिहासिक नाता छ। दुवै देशले एकअर्कालाई दिन मिल्ने धेरै कुरा छन्। हाम्रा देशबीच पर्यावरणीय र आर्थिकदेखि थुप्रै विषय अन्तरसम्बन्धित छन्। निकटको छिमेकी भएका कारण हाम्रो नियती एकअर्कासँग जोडिएका छन् । समृद्धि हाम्रो साझा लक्ष्य हो ।
आउँदो केही वर्षसम्म वर्षायाममा नेपालमा अतिरिक्त बिजुली हुनेछ र सुक्खायाममा कम बिजुली हुनेछ। जबकि भारतलाई गर्मीयाममा धेरै विद्युत् आवश्यक पर्छ। यो
समपूरक विद्युतीय आवश्यकतालाई ध्यानमा राख्दै विद्युत् ब्यांकिङको महुससबारे हामीले कुरा गर्रुयौं। नयाँ प्रसारण लाइन निर्माणबारे पनि
कुरा ग¥यौं । जलस्रोत र यसबारे कुरा गर्दा वर्षायाममा नेपालको तल्लो क्षेत्रमा हुने बाढीप्रकोप बारम्बारको समस्या बन्ने गरेको
छ । यो समस्यामा उपयुक्त समाधान खोज्नेबारे हामीले जोड दियौं ।
पूर्वाधार र कनेक्टिभिटी दुईपक्षीय सम्बन्धका प्रमुख कार्यसूची हुन् । हामी सहज भूगोलले जोडिएका छौं र पनि हाम्रा अन्तर्देशीय पूर्वाधार अझै कमजोर छ। दुवै देशका प्रमुख नाकाका केन्द्रसँग निकटको हाइवेसँग सडक सञ्जाल विस्तारलगायतका अन्तर्देशीय नाका पूर्वाधार सुधार र स्तरोन्नतिबारे हामीले छलफल गर्रुयौं। दुई स्थानमा अन्तर्देशीय रेलको विकास हुँदैछ र अन्य तीन स्थानमा छिटै काम सुरु गर्नेबारे सहमति गर्रुयौं। बाँकी चार एकीकृत जाँच चौकीको काम छिटो सक्नेबारे कुरा ग¥यौं ।
कनेक्टिभिटीका कुरा गर्दा समुद्रमार्फत जोडिने सम्भावनाबारे पनि हामीले छलफल गर्रुयौं। यो सन्दर्भमा हाम्रो अन्तर्देशीय जलमार्गबारेको प्रस्तावलाई सकारात्मक रूपमा लिएकोमा मैले मोदीजीलाई धन्यवाद दिएँ। परिष्कृत कनेक्टिभिटीले निश्चय नै ल्यान्डलक्ड (भूपरिवेष्ठित) को सट्टा ल्यान्डलिंक्ड (जमिनमार्फत जोडिने) हाम्रो चाहनालाई योगदान पुर्रुयाउनेछ। आर्थिक सम्बद्धताको विस्तार, खासगरी दुईपक्षीय व्यापार अभिवृद्धि, पारवहन सुविधाको सहजीकरण र लगानी वृद्धिमा हाम्रो भविष्य निर्भर छ। मैले प्रधानमन्त्री मोदीजीसँग नेपालको डरलाग्दो व्यापार घाटा तथा नेपालको निर्यात बढाउन तय गर्नुपर्ने मापदण्डबारे जोड दिएँ।

कृषि ती क्षेत्रमध्ये एक हो, जसमा भारतले महत्वपूर्ण प्रगति गरेको छ र त्यसबाट नेपालले सिक्न सक्छ। यस कुरालाई ध्यानमा राख्दै म आइतबार जीबी पन्त कृषि तथा प्रविधि विश्वविद्यालय पन्तनगरको भ्रमणमा जाँदैछु र यो व्यवस्था मिलाएकोमा भारत सरकारलाई धन्यवाद दिन चाहन्छु। विकासका खासगरी तीन क्षेत्रमा हामी दुवैले विशेष परिणाम हाँसिल गर्दैछौं स् कृषि, रेल सञ्जाल र जलमार्ग।
प्रधानमन्त्री र मैले भारत सरकारको उदार सहयोगमा नेपालमा हुँदै गरेका भूकम्पपश्चात्को पुनर्निर्माण परियोजनालाई द्रूततर गतिमा लैजानेबारे पनि छलफल गर्रुयौं। दुवै पक्षको सर्वेक्षणमार्फत काम सुरु गरिएका र समयसीमा तोकिएका प्राविधिक कामको प्रगतिबारे हामीले ध्यान दियौं र सम्पूर्ण रूपमा सीमापार व्यापारका समस्या सम्बोधन नहुन्जेल यथास्थिति कायम राख्नेबारे हाम्रो बुझाइ रह्यो। यस क्षेत्रका जनताको साझा समृद्धिका लागि क्षेत्रीय र उपक्षेत्रीय सहयोग आवश्यक रहेको हामीले ठहर ग¥यौं ।
अन्त्यमा, प्रिय मित्रहरू, हामीले हाम्रो सम्बन्ध मजबुत बनाउन ती सहजता निर्माण गर्नैपर्छ। जनताका निम्ति हाम्रो सम्बन्ध फलदायक बनाउन हामीले यो अवसर छोप्नैपर्छ। निकट छिमेकीका नाताले हाम्रो एउटै नियती छ र यसो हुँदा समृद्धिका लागि सामूहिक प्रयत्न आवश्यक छ। दुई देशको उच्च तहमा निरन्तर संलग्नता आवश्यक रहेको बारे हामी सहमत भयौ । छिटै उपयुक्त समय मिलाएर नेपालको भ्रमण गर्न मैले प्रधानमन्त्री मोदीजीलाई दिएको निमन्त्रणालाई नवीकरण गरें। मलाई आशा छ, भ्रमण छिटै हुनेछ । तपाईंहरू सबैको गम्भीर चासोका लागि धन्यवाद ।

तपाईको प्रतिक्रिया