संघीय संसदमा दुई तिहाई भन्दा बढी सदस्यहरुको समर्थनमा प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी ओलीको यही २३ गतेदेखि ३ दिने भारतको राजकीय भ्रमण हुँदैछ । ओलीको भारत भ्रमणसँगै अनेकौ क्षेत्रमा सकारात्मक संकेतहरु देखिएका छन् ।
मुलुत ः भारतले नेपालको सम्बृद्धिमा दशकौदेखि हरेक क्षेत्रमा सहयोगी हातहरु बढाइरहेको यथार्थ कसैबाट छिपेको छैन । आफ्ना अन्य छिमेकीहरुको तुलनामा भारतले नेपाललाइ उच्च प्राथमिकतामा राखेको कुरा उसले नेपालका समग्र क्षेत्रमा गरेको सहयोगबाट प्रमाणित भइसकेको छ ।
प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्रीको निमन्त्रणमा तीनदिने भारत भ्रमणका अवसरमा नयाँ योजनाको थालनी, पुराना र अधुरा
रहेका योजनालाई निरन्तर र पूर्णता लगयतका विविध विषयमा वार्ता हुने भएको छ । हुलाकी राजमार्गलाई तिब्रता, अरुण तेस्रो आयोजनालाई तिब्रता, पञ्चेश्वरलाई निरन्तता, कोशी उच्च बाँको कार्यलाई प्राथमिकता लगायत दर्जनौ याजनाहरुमा छलफल हुने र विगतका सम्झौताहरुको कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँगको भेटघाटसँगै राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बंकैया नायडुँग पनि शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको
छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसँग भारतीय विदेशमन्त्री, गृहमन्त्री, मन्त्रीहरु र अन्य राजनैतिक दलका प्रभावशाली नेताहरुसँग पनि द्विपक्षीय हित र चासोको बारेमा छलफल हुने भएको छ । विगत लामो समयदेखि दुवै देशका लागि वहुचर्चित परियोजना कोशी उच्च बाँधका सम्बन्धमा नेपालका वामपन्थीहरु र क्षेत्रीय स्तरका राजनैतिक दलहरु विभाजित देखिदै आएका छन् । नेपाली काँग्रेसले कोशी उच्च बाँधलाई अगाडि बढाउनुपर्ने आफ्नो धारण राख्दै आएको मात्र थिएन सत्तासीन रहेको अवस्थामा एक प्रकारको सहमति समेत गरेको
थियो । काँग्रेसको उक्त कदमलाई लिएर यहाँ व्यापक विरोध भएका थिए । स्वयम् प्रधानमन्त्री केपी ओलीको पार्टीले समेत त्यसको विरोध गरेको थियो ।
तर अब समय र परिस्थिति बदलिएको छ । वहुप्रतिक्षित उक्त आयोजनालाई आगाडि बढाउँदा त्यसले दुवै देशको हित गर्ने देखिएको छ । १६९ मिटर अग्लो रहने उक्त बाँधका कारण नेपालको धनकुटा, संखुसासभा, उदयपुर, भोजपुर, ओखलढुंगा, पाँचथर सम्मका पहाडी जिल्लाका नदी किनारका बासिन्दा विस्थापित हुने, लाखौ एकड
उर्वर भूमि डुबान पर्ने, भुक्षयको जोखिम बढ्ने लगायतका तर्कहरु
गरिदै आएको छ । तर कोशी उच्च बाँधले केही क्षेत्रमा थोरै विनाश गरे तापनि मुलुकको आर्थिक समृद्धिको ढोका खुल्ने विज्ञहरुको ठहर
छ । कोशी उच्च बाँधले विकासका सम्भावनाहरुलाई प्रचुर मात्रामा अगाडि बढाउने उने प्रष्ट छ । उच्च बाँध पश्चात उत्पादन हुने हाइड्रो पावर, पानीको सतहलाई एउटा निश्चित दिशामा मोड्ने भएकोले ठूला–ठूला पानी जहाज सञ्चालनको ढोका खुल्ने, लाखौ मानिसका लागि रोजगाी उपलब्ध हुने हुँदा कोशी उच्च बाँध परियोजना अगाडि बढ्नु अत्यन्तै आवश्यक छ ।
विरोधका लागि विरोधले मात्र समृद्धिको ढोका खुल्न सक्दैन । ठूला–ठूला परियोजना नेपाल आफैले पनि निर्माण गर्न सक्दैन र अरुलाई पनि निर्माण गर्न नदिने हो भने देशको समृद्धि केवल नारामै सीमित
रहने स्पष्ट छ । कोशी उच्च बाँध प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको मुख्य एजेन्डा बन्नुपर्छ यसका अलावा पञ्चेशवर परियोजना, अरुण तेस्रो आयोजना, रेल्वे लाइन विस्तार, हुलाकी राजमार्ग, क्रस बोर्डर, सुपुर्दगी सन्धी, सीमापार आंकवात, सीमा नियमन र व्यापार घाटा जस्ता कुराले प्राथमिकता पाउनुपर्छ । दुई देश बीचको घनिष्ट सम्बन्ध बाहेक अर्को विकल्प नरहेकोले जलविद्युत क्षेत्रमा प्रचूर लगानीको सम्भावनालाई दुवै देशले गम्भीरताका साथ लिनुपर्छ । नेपालको समग्र हितमा भ्रमण्को सार्थकता रहन्छ ।

