नेवा ः सास्कृतिक उच्थान मञ्चमा चन्द्र हलवाई

धरान÷नेवा साँस्कृतिक उत्थान मञ्च धरानको अध्यक्षमा चन्द्र हलवाई निर्वाचित हुनु भएको छ । मञ्चको चैत्र १७ गते शनिवार भएको चौथो बार्षिकोत्सव तथा तेस्रो साधारण सभाले पुरानो कार्यसमिति विघटन गरी हलवाइको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
मञ्चको उपाध्यक्षमा सल्मा जोशी, विनिता तुलाधर, सचिवमा ममता शाक्य तमोट, सह–सचिव विनु श्रेष्ठ, कोषाध्यक्षमा भावना कर्माचार्य निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा सुनिता बज्राचार्य, मधु स्थापित, रेणु तुलाधर, पुष्पा ताम्राकार, अनिता उदाश, गीता तुलाधार, सुजाता श्रेष्ठ, उमा ताम्राकार र रहिसा कसजु निर्वाचित हुनु भएको छ ।

तपाईको प्रतिक्रिया