धरान÷पूर्वाञ्चल भ्रमणका क्रममा धरान आइपुगेकी चिनिया राजदूत यु ह्वाङले नेपालको विकासमा सहयोग गर्न चीन तयार रहेको बताएकी छन् ।
विना एजेन्डा र निश्चित कार्यक्रम बिना आइतबार धरान आइपुगेकी हवाङले धरान उपमहानगरपालिकाको सभाकक्षमा आयोजित छोटो अन्तरक्र्रियामा आÏनो धारणा राख्दै नेपाल तराई, पहाड र हिमालसम्म फैलिएको सुन्दर देशसँग चीनको १५ सालदेखि नै घनिष्ट र दौत्य सम्बन्ध रहँदै आएको बताइन् । उनले भनिन् चीन एउटा विकसित मुलुक हो । नेपाल जस्तो विकासशील मुलुकलाई हर सम्भव सहयोग गर्छौं । नेपालको वर्तमान बाम गठबन्धनको नयाँ सरकारसँग मिलेर काम गर्न चीन तयार रहेको छ उनले भनिन् । ताप्लेजुङ्गको ओलाङ्गचुङ्ग गोला र संखुवासभाको किमाथांका नाकाबाट
भारतसम्म जोड्ने सडक विस्तार हुँदै
गरेको अवस्थामा चीनको धारणा के छ भन्ने अन्तरक्रियामा सहभागी सञ्चारकर्र्मीले सोधेको जिज्ञासामा राजदुत ह्वाङले भनिन् चासो स्वभाविक हुन्छ । त्यस्ता सीमानाकाहरु धेरै छन् । परिस्थिति अनुसार सीमानाकामा सडक खोल्न हामी पनि सहयोग गर्छौं ।
सो अवसरमा धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले भन्नुभयो, नेपाल र जनवादी गण्तन्त्र चीनबीचको लामो सम्बन्धलाई भौतिक रुपमा फलिभूत पार्ने महत्वपूर्ण घडीमा हामी समकालीन नेतृत्व गरिरहेका छौं । चीन सरकारको वान वेल्ट वान रोड अवधारणा द्रुत गतिमा कार्यान्वयन हुने क्रममा रहेको चर्चा गर्देै प्रमुख सुब्बाले नेपाल र चीनका वैकल्पिक मार्गहरुको सीमा प्रवेशद्वारहरु खुल्ने प्रतिक्षामा हामी छौं । विगतमा समेत
धरान उपमहानगरपालिकाले चिनियाँ
राजदुतहरुलाई स्वागत गरेको स्मरण
गराउँदै प्रमुख सुब्बाले भन्नुभयो हामी धरान र जनवादी गणतन्त्र चीनको कुनै उपयुक्त सहरसँग मितेरी सम्बन्ध गास्न र सो सम्बन्धको सेतुबाट चीनको प्रगति र नेतृत्बाट प्राप्त उपलबधीहरुको अध्ययन गर्दै हाम्रो सहरको समेत मानवीय क्षमता विकास, नागरिक स्तरमा भ्रमणको आदानप्रदान लगायतका आयामहरु खुल्ने आशा लिएर सम्बन्ध कायम गर्ने प्रयासमा छौं । उहाँले भन्नुभयो धरान नगरको समग्र विकासका लागि पूर्वाधार विकास
परियोजनाहरु चिनियाँपक्षको सहकार्यबाट हुन सकेमा हामो सम्म्बन्ध एक कोशेढुंगा सावित हुने थियो ।
चिनिया राजदुत ह्वाङ आफनो ६ सदस्यीय टोली सहित शनिवार विराटनगर आएकी थिइन् । उनले सुनसरी जिल्लाको इनरुवा,इटहरी,हरिनगरा,लौकही,बराहक्षेत्र नगरपालिका लगायतका स्थानका बाढीपीडितहरुको निरीक्षण समेत
गरेकी थिइन् । ह्वाङलाई मोरङ्गको पूर्वाञ्चल विश्व विद्यालय, इलाम जाने क्रममा नेपाल चीन जनमैत्री संघका अध्यक्ष भवानी बरालले केही समयका लागि धरान ल्याउनु भएको थियो ।
धरानमा निचिया राजदुत ह्वाङले माओवादी केन्द्रको लगानीमा सञ्चालित गणतन्त्र एफएमको निरीक्षण भ्रमण समेत गर्नुभएको थियो ।

