धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान स्थित रहेको Nepalase Association of Pediatric Dentistry ले दोस्रो बार्षिक सम्मेलन चैत्र २१ देखि २३ गतेसम्म प्रतिष्ठानमा सञ्चालन गर्ने भएको छ ।
दन्त चिकित्साको विभिन्न विद्यामध्येको एक पिडोडन्टिक्स एण्ड प्रिभेन्टीभ डेन्टीस्ट्री शिशु, बालबालिका, किशोर किशोरी र विशेष स्वास्थ्य अवस्था भएका बाललिकाहरुको दाँत एवम् मुखको रोगको प्राथमिक तथा सम्पूर्ण रोकथाम एवम् उपचार सेवा गर्ने विभाग हो ।
सन् २०१६ मा स्थापना भएका Nepalese Associaton of Pediatric Dentistry ले स्वस्थ दाँत एवम् स्वस्थ मुख नेपालका सम्पूर्ण बालिकाहरुको मौलिक हक हो भन्ने मूल धारणाका साथ आफ्ना सेवाहरुलाई अस्पतालदेखि विद्यालय एवम् समुदायमा प्राथमिकताका साथ अगाडि
बढाइरहेको छ । तीन दिने सम्मेलनको पूर्व सन्ध्यामा संगठनले पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना उद्देश्यहरु प्रष्टयाएको थियो । एसोसिएसनकी अध्यक्ष डा. बन्दना कोइरालाले भन्नुभयो सम्मेलनमा सहभागी हुन भारत, युरोपका अलवा काठमाण्डौ, विराटनगर, चितवन, विरगञ्ज लगयतका स्थानहरुबाट दन्त विशेषज्ञहरु आउँदै हुनुहुन्छ । ३९ भन्दा बढी कार्यपत्र प्रस्तुत हुने उक्त सम्मेलनमा दुई सय भन्दा बढी विज्ञहरुको सहभागिता
रहने छ ।
अध्यक्ष कोइरालाले भन्नुभयो सम्मेलनमा विज्ञहरुले नयाँ नयाँ केशरुमा प्रस्तुति दिने भएकोले दन्त चिसकत्सा महाविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुको लागि धेरै ठूलो फाइदा पुग्छ । यसका लागि संगठनले धरानका विभिन्न समाुदायिक विद्यालयमा गएर
गरेका उपचार, दाँतमा देखिएका नयाँ नयाँ रोग आदिका सम्बन्धमा वृहत प्रदर्शनी समेत गर्ने भएको छ । पत्रकार सम्मेलनमा डा. कविराज पौड्यालले भन्नुभयो सम्मेलनको मुख्य उद्देश्य नै बाल दन्तरोग विशेषज्ञ, अन्य दन्त रोग विशेषज्ञ, दन्त चिकित्सा एवम विद्यार्थीहरु माझमा वैज्ञानिक ज्ञान आदानप्रदान गर्ने भएकोेले पनि सम्मेलन महत्वपूर्ण हुनेछ । सम्मेलनले बालबालिकाहरुको दाँत तथा मुख स्वस्थ उपचार एवम् मुखको रोगको रोकथामका लागि अपनाइने विधिहरुको ज्ञान बाल दन्तरोग विशेषज्ञ, अन्य दन्तरोग विशेषज्ञ, दन्त चिकित्सक एवम् विद्यार्थीहरुमाझ अध्यावधिक गर्न मद्दत पुग्ने भएकोले सम्मेलनलाई एउटा कोशे ढुंगाको रुपमा लिइएको पौड्यालले बताउनुभयो ।

