भारत सरकारले नेपालमा बसोबास गर्ने भूपूहरुलाई कुनै प्रकारको विभेद गरेको छैन

उमेरले ६ दशकको नेटो काटेता पनि युवा जोश र जाँगरमा स्फूर्तिका साथ हरेक क्षेत्रमा सक्रिय किशोरकुमार राई
भारतीय भूतपूर्व सेनाका सेवा निवृत्त सुवेदार मेजर हुनुहुन्छ । वि.सं. २०१२ सालमा खोटाङ्गको राखा वाँग्देल ऐसेलु खर्कमा जन्मनु भएका राईले गाउँकै विद्यालयबाट कक्षा ७ सम्मको अध्ययन गरी सन् १९७४ मा भारतीय सेनामा भर्ति हुनुभयो । त्यसबेला गाउँमा विद्यालयहरु थिएनन्, कक्षा ३ सम्म घर नजिकै विद्यालयमा अध्ययन गरेपछि राखा भन्ने स्थानमा कक्षा ५ सम्म र मान्डे डाँडाको स्कुलमा ७ कक्षा सम्म अध्ययन पश्चात भारतीय सेनामा भर्ति भएको राई बडो गर्वका साथ सुनाउनुहुन्छ ।
त्यसबेला खेतिपाति, गाई वस्तु प्रसस्त भएपनि पैसा नभएकै कारण भारतीय सेनामा भर्ति भएको सुनाउनु हुने राईले सुवेदार मेजरबाट सेवा निवृत्त भए पश्चात भारतीय राजदुतावास पेन्सन वितरण कार्यालयमा ६ बर्षसम्म एडिएम सुपरभाइजरको रुपमा काम गर्नुभयो । अन्य भूतपूर्व सैनिकहरुको दिनचर्या भन्दा पृथक दिनचर्या भएका राइको जीवनलाइ तीन भागमा विभाजित गरेर हेर्न सकिन्छ । प्रारम्भ भारतीय सेना, सेनामै रहँदा गीत संगीत लेखनको सुभारम्भ गर्नुभएका राईले सेवा निवृत्त पश्चात पूर्वेली ठाडो लोक भाकाका गीत रचना मात्र गर्नुभएन आफ्नै स्वर, संगीतमा अडियो एल्बम, आफ्नै अभिनयमा भिज्युवल एल्बम समेत निकाल्नु भएको छ । राजनीतिमा पनि उहाँको गहिरो रुची रहेको छ । मंसिरमा सम्पन्न भएको प्रदेशसभाको निर्वाचनमा उहाँ सुनसरी क्षेत्र नं. २ को ख बाट स्वतन्त्र रुपले प्रत्यासी बन्नुभयो । तर स्थापित राजनैतिक दलहरुसँगको प्रतिष्पर्धामा उहाँले पराजय भोग्नुभयो । उहाँ भन्नुहुन्छ यो शुरुवात हो, एकै पटकमा सफलता हात लागि हाल्छ भन्ने हुँदैन । प्रयास गर्दै गएमा एक दिन अवस्य सफल भइन्छ भन्ने उहाँको मान्यता रहेको छ । भारतीय सेनाको ११ जिआर मा ३० बर्ष सम्म सेवा गर्नु भएका राईले भारतका अधिकांश स्थानहरुमा पुग्नु भएको र ती स्थानहरुको राम्रोे ज्ञान हासिल गर्नुभएको छ ।
भारत सरकारले आफ्ना भूतपूर्व र वहालवाला सैनिक चाहे भारतीय नागरिक होस् चाहे नेपाली नागरिक होस् कुनै प्रकारको विभेद गरेको छैन, समान सेवा सुविधा प्रदान गरेको बताउनुहुने सुवेदार मेजर किशोर कुमार राईसँग यसपटक
धरान साप्ताहिकले संक्षिप्त भलाकुसारी गरेको छ । प्रस्तुत छन् राईसँग गरेका भलाकुरीका सारसंक्षेप ः

भारतीय सेनामा ३० बर्ष कार्यरत रहँदा तपाईले कस्तो अनुभव गर्नुभयो ?
–अब यो आवश्यकताले गर्ने कुरा हो । जबकि म एउटा निम्त स्तरको मान्छे, मलाई नोकरीको आवश्यकता थियो जग्गा जमिन प्रसस्त थियो तर पैसा नभएको अवस्था थियो । पैसा कमाउने रहरले भारतीय सेनामा भर्ति भएँ । त्यो एउटा वेला थियो । भारत नेपाल बीचको मैत्रीपूर्ण सम्बन्ध र सम्झौता अनुरुप म भर्तिभएको हुँ । त्यो बेला ७ कक्षा मात्र पढेको मान्छे मेरो अगडिका स्टेपहरु भ्याएन । फेरि थर्ड क्लासबाट पढ्दै पढ्दै गएर अन्तमा त्यहाँ मैले म्यार्टीकुलेशन गरे । बल्ल फुल्ली लगाउने जुनियर कमिशन अफिसर भएँ । त्यहाँ मैले धेरै कुराहरु सिके, हेर्न पाएँ, देख्न पाएँ, धेरै कुराको अनुभव गर्न पाएँ । त्यो नै मेरो जीवनको महत्वपूर्ण पल भैदियो । नेपाल मेरो जन्मथलो हो भने भारत मेरो कर्मथलो भनेर मैले महसुस गरेको छु । जहाँ हामीले शिक्षा, दिक्षा, सम्पूर्ण कुरा पाइन्छ त्यसलाई
राम्रो मान्नुपर्छ । तर आÏनो देशको, आÏनो ठाउँको अलि बढी माया लाग्नु स्वाभाविक हो ।
त्यति लामो नोकरी गरेर आउनु भयो । भारत
सरकारले भूतपूर्व भारतीय सेनाहरु चाहे त्यो नेपाली होस् चाहे भारतीय होस् कुनै कुरामा विभेद गरेको छ कि छैन ?
–त्यस्तो कुनै प्रकारको विभेद छैन । कही छुट्याइएको छैन । जसरी दार्जिलिङ्ग, देहरादुन, भाक्सुकालाई समेत मिलाएर नेपालीलाई समेत मिलाइएर ११ जिआर बनाइएको छ । सम्पूर्ण भारतीय सेनामा कार्यरत जवानदेखि लिएर जिसिओ अफिसमा कुनै विभेद गरेको छैन । समान व्यवहार गरिएको छ ।
तलब पेन्सनमा कुनै विभेद छ ?
–छैन तलब, पेन्सनमा कुनै विभेद छैन । हाम्रो हक अधिकार ऋ।क्।म्। मा तीन कुरा पर्छन् । ऋ ग्रोसरी आइटम । जुन हाम्रो दैनिक उपभोग्यका सामानहुन् । जस्तै चामल, दाल, नुन, घ्यु, मसला आदि हुन् । यहाँका भूपूहरुले पहल
गरेका छन् हामीले पनि ऋ।क्।म्। पाउनुर्छ भनेर । त्यसपछि आउँछ डिमान्डेवल आइटम । डिमान्डेवल आइटममा गाडी, मोटर साइकल, स्कुटर आदि पर्छन । त्यसपछि लिक्वायर आउँछ । यसमा पेय पदार्थ हो । रम, रक्सी, ह्वीस्की, ब्राण्डी आदि लिक्वायरमा पर्छ । ग्रोसरी आइटम यहाँ उपलब्ध गराउँदा नेपाल सरकारलाई असर पर्छ भनेर रोकिएके भनिएको छ । नेपालमा बस्ने भूपूका लागि ग्रोसरी उपलध गराउने भनेर भारत सरकारले निर्णय गरिसकेको छ । यो हामो अधिकार हो भनेर हामी दिल्लीसम्म पुगेका छौं । भारतका हालका प्रधानमन्त्री नरेन्द्र मोदीसम्म हामी पुगिसकेका छौं । कर्णेल धनबहादुर थापाको नेतृत्वमा १० जनाको टोलीले प्रधानमन्त्री मोदीलाइ हामीले भेट्यौं । पूर्वी नेपालबाट म सहभागी भएको थिएँ । त्यसमा पूर्वी नेपालबाटै छत्रबहादुर दाहाल पनि संलग्न रहनु भएको थियो । हामीलाई ग्रोसरी नभए पनि डिमान्डेवल आइटम र लिम्क्वायर फेसिलिटी दिनु पर्छ । यो दुई कुरा दिँदा नेपाल सरकारलाई त्यत्रो असर पर्दैन होला । यो हाम्रो हक अधिकार हो ।
त्यो सुविधा भारतमा बस्ने भूर्पू सैनिकलाई दिइएको छ ?
–सम्पूर्णलाई छ । उनीहरुको बसोबास भएको गाउँ गाउँमा ऋक्म् को व्यवस्था गरिएको छ । नेपालमा हामीले गाउँ गाउँमा मागेको होइनौं । पूर्वाञ्चलमा धरानमा, पश्चिमाञ्चल पिपिओ पोखरामा र मध्यमाञ्चलमा पिपिओ काठमाण्डौमा मागेको हो । उहाँहरुले नै हेन्डलिङ्ग गर्नुहोस् तर हामीले त्यो सुविधा पाउनुपर्छ भन्ने माग हो ।
त्यो सुविधा पाउँदा ग्रोसरी आइटमका सम्पूर्ण सामान फ्रि मा पाउनुहुन्छ ?
–ग्रोसरी, डिमान्डेवल र लिक्वायर मध्ये
ग्र्रोसरीलाई मइनस गरेर बाँकी दिए राम्रो । थोरै मूल्य त तिर्नैपर्छ ।
भारत सरकारले तपाईहरुलाई ग्रोसरी आइटम दिँदा नेपाल सरकारलाई के अप्ठेरो छ ?
–अर्थतन्त्रमा असर पर्छ रे । हामीले सुनेको यही हो । मलाई लाग्छ हाम्रो पैसा हामीसँगै रहन्छ । बजारभन्दा धेरै सस्तो पर्छ त्यतिमात्र हो । हामी यो देशको नागरिक हौ, भारतको हामीले सेवा गरेका हौं । हामीले सेवा
गरेवापत भारत सरकारले हामीलाई सस्तोमा दिँदा नेपाल सरकारको टाउको दुखाइ नहुनुपर्ने हो ।
भारत सरकारले तपाईहरुलाई दिन तयार तर नेपाल सरकारले रोकेजस्तो देखियो । तपाई यसमा नेपाल सरकारलाई के भन्न
चाहनुहुन्छ ?
–यसलाई सहज गरियोस् भन्न चाहन्छु । मान्छेले आÏनो हक अधिकारका लागि हात जारेर, खुट्टा जोरेर माग्छन् । अन्तमा भएन भने आÏनै तरिकाले कदम चाल्छन् ।
अरु सुविधा भारत सरकारसँग के के माग्नु भएको छ ?
–आÏनो कर्मथलो भारत भएपनि म नेपालको नागरिक भएको हुँदा आÏनो साँध सीमा, थाँत थलो चुस्त राख्नुपर्छ । कहिले सीमानाको कुरा उठ्ने गरेको छ, भाइचाराको नाताले नेपाल र भारत सदैव रहन सकोस् । भारत सरकारले दिने सुविधा हामीले यहाँ पाइहाल्छौं । त्यसैले अरु केही मागेका छैनौैं ।
भारतले त्यत्रो सुविधा दिएको छ, हालै पेन्सन पनि २.५७ गुणाले बृद्धि भएको
छ । तपाईहरु बढेको पेन्सनप्रति के भन्न चाहनुहुन्छ ?
–हामी त्यो कदमको भित्री मनले स्वागत गर्दछौं । भारत नेपाल भन्दा कैयौ गुणन ठूलो छ नेपाल भन्दा भारत ३६ गुणाले ठूलो छ । उसको अर्थतन्त्र पनि धेरै ठूलो छ । ७० बर्ष भयो भारत स्वतन्त्र भएको । आज भारत धेरै धनी भइसकेको छ । अझैपनि त्यहाँ बसोबास गर्ने हाम्रै नम्बरीहरु भन्नुहुन्छ यो अझै कम
भयो । अझै पनि उहाँहरु सबै पेन्सनरको तलब बढ्नुपर्छ भन्दै हुनुहुन्छ । भयो भने ठीकै नत्र अहिलेको पेन्सनले हाम्रो जीविकोपार्जन राम्रोसँग हुन्छ ।
स्वास्थ्य शिक्षा लगायतका दर्जनौ लोककल्याणकारी कार्यक्रम पनि भारत सरकारले ल्याएको छ । यस सम्बन्धमा के भन्नुहुन्छ ?
–भ्ऋज्क् ले सिटी लेबलमा बस्नेलाई धेरै फाइदा पु¥याएको छ तर दुरदराज बस्नेलाई अलिकति नोक्सान भएको
छ । पहिला उहाँहरुलाई मासिक ५ सय भारु दिइन्थ्यो त्यो अहिले हजार भएको छ । उहाँहरुले हजारले के गर्नु ? भारत सरकारले त्यस्ता ठाउँका मेडिसिनको पहुँच पु¥याउनुपर्छ । बाँकी सबै राम्रो छ । शिक्षाका लागि जिल्ला जिल्लामा सैनिक स्कुलहरु खोलिदिनुपर्छ । यसले भाइचारा बढ्छ ।
नेपालमा बसोबास गर्ने भूपूहरुप्रति भारत सरकार कत्तिको संवेदनशील रहेको पाउनु भएको छ ?
–अत्यन्तै संवेदनशील छ । नत्र यहाँ हामीलाई यत्तिका सुविधा उपलब्ध हुने नै थिएन । अलिकति फेमिली पेन्सनमा लफडाहरु हुने गरेको छ । हामीले पनि सही तरिकाले डकुमेन्टसनलाई मेन्टेन गर्न सक्दैनौ । हामी न्म् का मानिस हौ । न्म् भनेको जनरल ड्युटी हो । मेरो पछाडिको डकुमेन्टेसन के हुँदैछ मलाई के थाहा ? त्यता जा, यता आइज, उँभो चढ । हामीलाई जो हुकुम हुन्छ त्यही गरिन्छ । डकुमेन्टेन्सनमा हाम्रो कमजोरी छ । अर्को कुरा त्यहाँ
सरदारजीहरु, मद्रासी, गड्वालीहरुले पनि भाषा नबुझेर विगारिदिएका छन् । कसैको फूर्तिकी छ पुर्तिकी छ भनेर लेखिदिन्छ । यस्तै यस्तै कारणले गडबढी भएको छ । यो सहज होस् भनेर हामीले पहल गरिरहेका छौं शायद हुन्छ होला ।
तपाईले ३० बर्ष भारतीय सेनामा काम गर्दा कमेडी गर्ने, नाच्ने गाउने गर्नुहुन्थ्यो । त्यस्तो प्रेरणा कहाँबाट पाउनुभयो ?
–भारत सरकारको नोकरी गर्दै जाँदा त्यहाँ विभिन्न खालका साथीहरु भेटियो । देहरादुन, दार्जिलिङ्ग, भाक्सुका साथीहरु हामी भन्दा धेरै टाठबाठा हुँदा रहेछन् । उनीहरुसँग घुलमिल हुँदै गइयो । दशैको बेलामा हामीले पनि एउटा साँस्कृतिक कार्यक्रम देखाउनु पथ्र्यो । नेपालमा कस्तो कल्चर छ भनेर साहवजीहरु नै हेर्न उत्सुक हुनुहुन्थ्यो । भारतका नागा डान्स, बम्बु डान्स, शेर्पा डान्स देखाइन्यो । त्यसमा पूर्वी नेपालको, पश्चिम नेपालको पनि कल्चर देखाइन्थ्यो । मैले जति जानेको थिएँ, उहाँहरुले नगरेको जस्तो महसुस भयो । मलाई कमेडी साइडमा राख्नुभयो । त्यसबेला मलाई लाग्छ केही हसाउने वर्डिङ्गहरु बोल्न सक्थे होला वा अरु केही थियो । उहाँहरुले जे जे भन्यो त्यही त्यही गरिदिन्थे । न हाँसी बोल्ने भन्दा त्यसै गर्थे, हाँसेर बोल्नु भन्दा हाँसेर बोल्थे । कमेडी साइड मलाई राम्रो लाग्दै गयो । हवल्दार सम्म मैले कमेडी गरे ।
तपाई नाच्न पनि राम्रो नाच्नुहुन्छ कही प्रशिक्षण लिनु भएको थियो ?
–थिएन । जवानदेखि हवल्दारसम्मकाहरुले एक्टिङ्ग गर्थे । हवल्दार पछि जब मैले फुल्ली लगाएँ । पल्टनमा सबैभन्दा अप्ठेरो ड्युटी भनेको सुविदार एजुेटेन्टको हो । एनएसए भन्छन । पल्टन चलाउन एजुटेन्ट भएर काम गरे । जुनियर कमिशन एजुटेन्ट र सिनियर कमिशन एजुटेन्ट मिलेर चलाउनुपर्छ । त्यस्तो डु्युटी गर्दा पनि मलाई आप को ही करना है भनिन्थ्यो । जसरी पनि मैले प्रोगाम बनाउनै पथ्र्यो । त्यसो भएपछि हरेक
डान्सरलाई यसरी घुम्ने, गीतले यसो भन्दैछ भनेर सिकाउँथे ।
तपाईले यस्तो निर्देशन दिन कहाँ सिक्नु भएको थियो ?
–कुनै कल्चर कार्यक्रममा यसो उसो गर्दा गर्दे हेरृर सिकेको हो । कुनै तालिम लिएको हैन । मैले बम्बु डान्स, नागा डान्स, भांग्रा डान्स जो सरदारहरुले गर्थे । त्यो सबै हेरेर सिकेको हो । दार्जीलिङ्ग–देहरदुन, भाक्सुका साथीहरुले मलाई सिकाए ।
तपाईले धेरै गीत रच्नु भएको छ, गाउनु भएको छ । कति एब्लबम र गीत रच्नुभएको छ ?
–यत्रा लाहुरेहरु फस्ट, सेकेन्ड वल्र्डवारमा मरे, कति पेन्सन आए । अझै कति उतै
छन् । तर लाहुरे गीत एल्बम कसैले निकालेनन्, बनाएनन् । नामांकनका लागि पनि मैले जे जति जान्दछु मैले बनाउनुपर्छ भन्ने लाग्यो । पूर्वी नेपालको ठाडो भाका लिएर बनाउन थाले । पश्चिम नेपालको
रामप्रसाद खनालले लोक दोहारी हे बाट शुरु हुन्थ्यो भने पूर्वी नेपालको यस्तो ह्या हुँ हुदैन । सिधै ठाडो भाका हुन्छ । ठाडो भाकाको लोकदोहरी गीत एल्बम मैले बनाएँ । त्यसमा सातवटा गीत गाएको छु ।
तपाई आफैले गाउनु भएको हो ?
–आफ्नै स्वर हो । आफ्नै संगीत हो । आफैले
रचेको हो । त्यसको निर्देशनचाहिँ टाढा जान सकिन र इटहरीका लाखमान योञ्जनबाट गराएँ । उहाँको कोशी भिजन फिल्म छ । बाँकी सम्पूर्ण आर्फैले गरे । त्यसमा केटीको स्वर निकाल्न ५ जना केटीहरुलाई तालिम दिएर सिकाएँ । उनीहरुलाई भूपू भवनमा १२ दिनसम्म सिकाए । रिदम यो हुन्छ, विटिङ्ग यसरी टेक्नुपर्छ भनेर सिकाएँ । फौजमा हुँदै म वेष्ट सिंगर पनि भएको थिएँ । विटिङ्ग पहिले नै म टेकेर गाउथे ।
गीतको लय कलेक्सन गर्न कोठामै बसेर तयार गर्नुृभयो कि ठाउँ ठाउँमा पुग्नु भयो ?
–त्यो कलेक्सन त मेरो दिमागमा छँदै थियो । बरु ठाउँ ठाउँको फोटो खिच्न चाहिँ भाइहरुलाई पठाए ।
रेकर्डिङ्गमा भिडियो अडियो दुवै छ ?
–दुवै छ ।
भिडियोमा तपाई आफै नाच्नु भएको छ ?
–म पनि छु र अरु भूपूहरुलाई पनि नचाएको छु । भर्खरको उमेर भएकाहरुलई त्यसै अनुसारको गीतमा नचाएको छु । एउटा गीतमा भर्र्ति नभएको गीत छ । त्यसको उद्देश्यचाहिँ के हो भने लाहुरे भएर हतारमा विहे नगर्नु भन्ने छ । अर्कोचाहिँ छोरीचेली पनि लाहुरे देख्ने बित्तिकै पढ्न छाडेर पोइल जान बल गर्नेहरुलाई सन्देश दिएको छु ।
राम्रै घरमा जाउकि भनि धेरै पढे मैले पता नाई कहिले मेरो भाग्य आउने कहिले भनेर सो गरेको छु । त्यो सिनमा मैले पहाडको मेरै घर राखेको छु ।
तपाइको जीवन लाहुरे, गीत संगीतको अभिरुचि र साधना अहिले राजनीतिमा पनि सक्रिय
रहनु भएको देखियो । राजनीतिमा चाख कसरी बढयो तपाईको ?
–राजनीतिमा भूपूू लाहुरेहरु पनि लाग्नुपर्छ भन्ने मेरो मान्यता छ । राजनीति एउटा किचर हो । मैले पनि यसपटक प्रदेशसभामा उमेद्वार हुँदा २०÷२१ लाख खर्च गरेँ ।
राजनीति किचर कस्तो हुँदो रै’छ भने खर्च गर्नु पर्दोरैछ । हजुरको भोट हामी माग्छौं, पैसा खर्च गर्नुपर्छ भने । तपाई निस्फिक्री
रहनुस् भने । मागिदिनेले मागे होलान् तर दिनेले नदिएपछि के हुन्छ र ? मैले भनेको थिएँ जनता सर्व शक्तिमान हुन सही मानिस आउनुपर्छ । भारतमा २९ वटा प्रदेशको राजधानी मैले हेरेर आएको हुँ । मसँग स्पष्ट भिजन थियो । राजधानी कस्तो बनाउने भन्ने कुरा मैले बुझेको थिएँ । इटहरीको तरहरा फारमलाई भुक्काको कृषि अनुसन्धिान सिफ्ट गरेर यहाँ सुन्दर
राधानी बनाउन सकिन्छ । यसको अगाडिपट्टि ११ वटा गेट बन्छन् । ती सबै गेटको नामाकरण छुटाछुट्टै राख्न सकिन्न्थ्यो । यो नमूना प्रदेश र नमूना राजधानी बनाउन सकिन्थ्यो । हाम्रा भिआइपीहरु राजधानी हुँदा धेरै आउने थिए । म एउटा पेन्सनधारी मान्छे हुँ । मैले लेÏटराइट र छर्केमर्के बिल बनाएर खाएँ भने मेरो महिनाको आउने ५५ हजार पेन्सन जाने डर हुन्छ । त्यस कारण म इमान्दार भएर काम गर्छु भनेको थिएँ । अर्को कुरा नेपालभरिका भूपूहरुलाई राजनीतिमा प्रवेश गर्नुपर्छ भनेर सन्देश दिन उमेद्वारी दिएको थिएँ । मलाई थाहा थियो यहाँ इमान्दरारको कदर हुँदैन । म हार्छु । म स्वतन्त्र उठेको मनिस थिएँ मतदाताले बुझ्दैनन् । फेरि पनि थालनीचाहिँ गर्छु भनेर उठेको थिएँ ।
चुनावमा उठने सोचचाहिँ एक्कासी कसरी आयो ?
–मुख्य त हाम्रो देशमा जबरजस्तीको
राजनीति छ । त्यही राजनीतिले गुण्डागर्दी बढाएको छ । मुलुक भर्खरै सघंीयतामा प्रवेश गरेकाले इमान्दरीपूर्वक राजनीति गर्नुपर्छ भन्ने मेरो धारणा थियो । यहाँका बृटिश आर्मी, भारतीय आर्मी, नेपाली सेना, नेपाल प्रहरी, सिंगापुर प्रहरी, निजामति कर्मचारीहरुका भूपूहरुले मलाई भोट हालिदिएको भए मैले चुनाव जित्ने थिएँ । राजनीतिमा असम्भव पनि सम्भव हुन्छ भन्ने लागेको थियो । अगर जितेको भए मैले इमान्दारीका साथ कसरी गर्नुपर्छ भनेर देखाइदिने थिएँ । सबैलाई एउटा सन्देश हुने थियो ।
कुनै राजनीक पार्टीमा आवद्ध हुने सोच छ कि छैन ?
–अहिले तत्काललाई त्यस्तो छैन । हामी नेपाल अधिराज्यभरि संयुक्त पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी नेपाल भनेर संयुक्त भूपू सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ भनेर खोलेका छौं । ५ बर्षमा सरकारले
राम्रो काम ग¥यो, एमालेले गर्छु भनेको
छ । ग¥यो भने ठीकै छ भएन भने अबको तीन बर्षपछि हामी कुनै एउटा राम्रो नाम राखेर पार्टी खोल्छौं देशलाई कसरी अगाडि बढाउने भने सोचमा हामी छौं ।
भूपूहरुलाई कसरी संगठित गर्दै हुनुहुन्छ अहिले ?
–अहिले हामीले पूर्वदेखि पश्चिम सम्मका भूपूहरुलाई संगठित गर्दैछौं । भर्खरै मात्र नेपालका पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई मैले यहाँ बोलाए । उहाँ आउनुभयो । मैले् अलिकति घुमाउरो
पाराले बोलाएको थिएँ । राष्ट्र र राष्ट्रियताका लागि हजुरले बोल्नुपर्छ भनेर आग्रह गरे । उहाँले मैले यहाँ केके साहवको भोट माग्नुपर्ने भएछ भन्नुभयो । म भोट माग्न आएको हैन भन्दा भएन उहाँले बोल्नुभयो । भूपूले फिल गरेका छन् । हामीले केकेलाई जिताउनुपथ्र्यो, एउटा बोल्न सक्ने मान्छे थियो भन्दैछन् । भविष्यमा यसले राम्रो नतिजा दिन्छ । मै हुनुपर्छ भन्ने छैन ।
अन्त्यमा केही छ ?
त्यस्तो खास केही छैन । हामी भूपू लाहुरे मात्र भएर नबसौ । हर क्षेत्रका हामी सक्रिय भएर लागौ । ढिलोचाडो त्यसको नतिजा आइहाल्छ ।

तपाईको प्रतिक्रिया