धरान÷भारत सरकारले सातौ वेतन आयोग (7th pay commission को सिफारिसको आधारमा पेन्सन तथा तलबमा दुई सय ५७ गुणाले बृद्धि गरेपछि भारतीय भूतपूर्व सेना, आसाम राइफल्स र भूपू सिभिलीयनहरुमा यतिबेला खुशियाली छाएको छ ।
नेपालमा हाल १ लाख ५० हजार भन्दा बढी भूतपूर्व भारतीय सेना, असाम राइफल्स र सभिलियनहरु रहेका छन् । पूर्वाञ्चलमा मात्र १६ हजार भन्दा बढी भूतपूर्व
भारतीय सैनिकहरुको बसोबास रहेको छ भने चार हजार भन्दा बढी सिभिलियन रहेका छन् ।
बृद्धि भएको पेन्सन अनुसार अब एकजना भूतपूर्व भारतीय सैनिकले मासिक २८ हजार ७ सय ७९ रुपैयाँ पाउँछन् भने लेÏिटनेन्ट कर्णेलले मासिक पेन्सन १ लाख ५० हजार १ सय ४ रुपैया पाउने भएका छन् । सन २०१६ को डिसेम्बरबाट लागू भएको सातौ वेतन आयोगको सिफारिस अनुसार बृद्धि भएको पेन्सन सन १०१७ नोभेम्बरदेखि अघिल्लो बर्षको समेत जोडेर दिइएको भारतीय भूतपूर्व सैनिक क्या. धनबहादुर राईले बताउनुभयो । उहाँका अनुसार भारत सरकारले आÏना भूतपूर्व सैनिकहरु चाहे त्यो नेपाली नागरिक होस्े चाहे भारतीय नागरिक होस् कुनै प्रकारको विभेद गरेको छैन । नेपालमा बसोबास गर्ने भूपूहरुको जति पेन्सन र अन्य सुविधा हुन्छ भारतमा बस्नेले पनि त्यति नै पाउने हुन् क्याप्टेन राईले भन्नुभयो ।
पेन्सन वृद्धिसँगै मेडिकल एलाउन्समा समेत वृद्धि गरिएको पेन्सन वितरण कार्यालय धरानले जानाएको छ । एउटा भूतपूर्व सैनिकले मेडिकल एलाउन्सवापत प्रति महिना भारु ५ सय पाउँदै आएकोमा त्यसमा सत प्रतिशत वृद्धि गरेर हाल भारु एक हजार पु¥याइएको छ । तर यो सुविधा एक्स सर्भिसमेन हेल्थ स्किम सुविधा अन्तर्गतको कार्ड नभएकाहरुले भने पाउने छैनन् ।
