धरान÷नेपाल भारत सीमा टोली सर्भेक्षण नं. १ ले ताप्लेजुङ्गको ० देखि सुनसरीको २११÷१ सम्ममा सीमा स्तम्भ निरीक्षण गर्ने, हराएका सीमा स्तम्भको पुनस्र्थापना गर्ने लगायतका कार्यलाई तिब्रता दिइएको छ । झापाको केचना कलबलमा मुकाम स्थापना गरी नेपाली सीमा नापी टोली र
भारीय सीमा नापी टोलीले संयुक्त रुपमा कामलाई अगाडि बढाएका हुन् ।
विगत तीन बर्षदेखि सीमा नापी टोलीले फिल्डमा गएर कुन कुन सीमा स्तम्भ दुरुस्त छन्, कति टुटेफुटेका छन्, कति खोलाले बगाएका छन्, कति नष्ट भएका छन् भनेर तथ्यांक संकलन पश्चात यस बर्ष पुनस्र्थापना र मर्मतलाई अगाडि बढाएको हो । हाल झापाको भद्रपुरमा रहेको पिल्लर नं. १०१ देखि सुनसरीको कोशी गाउँ पालिकासम्मको २११÷१ सम्मका मुख्य सीमा स्तम्भ (Main Pillor ),
उपपुरक (Subsidiary र सानो
(Minor ) को मर्मत, पुनस्थापना लगायतका कार्यहरु भइरहेको छ ।
नेपाल भारतको ताप्लेजुङ्गको ० देखि सुनसरीको कोशी गाउँ पालिकासम्म सबै प्रकारका सीमा स्तम्भको संख्या १७५५
रहेको नेपाली सीमा नापी टोली सर्भेक्षण नं. १ का फिल्ड टिम प्रमुख शिव लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार
भारतीय सीमा सर्वेयर टिमका प्रमुखमा CH. VSS Prasad रहनु भएको छ र दुवै तर्फका टिममा सात सात जना
रहनु भएको छ । नेपाली टोलीका प्रमुख शिव लम्सालका अनुसार सबैभन्दा पहिला बाउन्ड्री वर्किङ्ग गु्रुप (bwg ) ले नक्साहरुलाई दुरुस्त गर्ने, नीतिगत
कुराहरु तयार गर्ने गर्छ र सँगै अफिसियल कमिटी (Soc) लाई दिन्छ । बाउन्ड्री वर्किङ्ग गु्रपको बैठक एकपटक भारतमा बस्छ भने अर्को पटक नेपालमा बस्छ अर्थात आलोपालो दुवै देशम बैठक बस्छन् । बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख, नापी विभागका प्रमुख, वन विभाग,
परारष्ट्रका सचिव लगायतकको सहभागिता हुने गर्दछ । यता जिल्ला स्तरमा समेत फिल्ड सर्भे टिमको प्रमुखमा प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख, नापी प्रमुख, सहरी विकासका प्रमुख रहेको समिति
रहन्छ । सर्भेका सम्पूर्ण रिपोर्ट तयार भएपछि मात्र सीमा स्तम्भको मर्मत, पुनस्र्थापना लगायका काम दुवै देशका पदाधिकारीको सहमतिमा अगाडि बढ्छ टोली प्रमुख लम्सालले बताउनुभयो ।
दुवै देशका सीमा स्तम्भ चुस्त र दुरुस्त राख्न अघिल्ला बर्षहरुमा समेत कामहरु हुँदै आएको लम्सालले बताउनुभयो । हाल पनि तीनै क्षेत्रमा काम भइरहेको हो । पछिल्ला समयमा हुन नसकेका कामहरु हाल हुँदै छन् । ताप्लेजुङ्ग, पाँचथर र इलाममा यस बर्ष सीमा स्तम्भको सर्भे गर्ने काम मात्र सम्पन्न भएको छ । ताप्लेजुङ्गमा मुख्य सीमा स्तम्भ ३५ वटा रहेका छन् उपपुरक अर्थात सहायक पिलर छैनन् भने साना एक गरी ०–३४÷१ सम्म
रहेको छ । पाँचथरमा मुख्य सीमा स्तम्भ २३, सहायक ४९ र साना ४१ गरी ११३ वटा ३५–५७÷२ सम्म रहेका
छन् । इलाममा मुख्य सीमा स्तम्भ २५, सहायक १३७ र साना ४६ गरी २०८ वटा ५७÷३ देखि ८२ सम्म, झापाका मुख्य ७०, सहायक १०८, साना ८१० गरी जम्मा ९८८ वटा ८२÷१ देखि १५१, मोरङ्गमा मुख्य २९, सहायक ३६, साना ५७ गरी १२२ वटा १५३ देखि १८१÷१३, सुनसरीमा मुख्य ३०, सहायक १४३, साना ११५ गरी २८८ वटा १८२ देखि २११÷१ सीमा स्तम्भ रहेको टोली प्रमुख शिव लम्सालले जानकारी दिनुभयो ।
नेपाल भारत सीमा सर्वेक्षण टोलीले हाल झापाको केचना कलवल, गौरीगञ्ज, मोरङ्ग कोवरडंगा, रानी क्षेत्र, सुनसरीको केसलिया खोला, बर्जु गाउँ पालिका, कोशी गाउँ पालिकाको हरिपुर लगायतका स्थानमा काम गरिरहेको छ । सीमा स्तम्भ मर्मत तथा पुनस्र्थापना गर्दा स्थानीय स्तर र भारतीय पक्षबाट कुनै अवरोध आएको छ कि छैन भन्ने जिज्ञासामा टोली प्रमुख लम्सालले भन्नुभयो अहिलेसम्म त्यस्तो अवरोध कही कतैबाट भएको छैन । दुवै देशका सात सात जनाको टोली रहेको र प्रमाणित नक्सांकनको आधारमा मेसिनले छुट्याउने भएकोले एक इन्च पनि तलमाथि हुँदैन । बेला बेलामा भारतले नेपालको यति भूभाग मिच्यो, पिल्लर सारेर अगाडि ल्ययो भन्ने कुराहरु पनि यदाकदा आउने गरेको छ नि भन्ने सम्बन्धमा लम्साल भन्नुहुन्छ, त्यो सबै गलत हो । XY अर्डिटका आधारमा मेसिनले नापेर काम गरिने भएकोले नासिएका, भत्किाएका, हराएका पिल्लर यस अगाडि भएकै ठाउँमा एक इन्च पनि तलमाथि नगरी पहिलेकै स्थानमा राखिन्छ । बेला बेलामा बाहिर जे जस्तो हल्ला आउँछ त्यो कसैले निजी स्वार्थ, राजनैतिक प्रभावले पनि फैल्याउने गरेको लम्सालको कथन छ । उहाँले भन्नुभयो नेपालमा अधिकांश सीमाहरु खोला नालालाई आधार बनाएर तयार गरिएका छन् । खोलाले आफ्नो धार परिवर्तन गर्दा त्यहाँ खेतियोग्य जमिन देखिन्छ । विस्तारै किसानहरुले खेति गर्न थाल्छन्, नापी गएर नापजोख गरेर धनिपूर्जी बनाइदिन्छ । पछि सर्भे हुँदा
हराएका, भत्किाएका वा नासिएका स्थानमा सीमा स्तम्भ बनाउनुपर्दा त्यो जग्गा तलमाथि पर्न सक्छ । त्यसलाई आधार बनाएर अफवाफ फैल्याउने
गरिएको लम्सालले बताउनुभयो । अधिकांश स्थानमा नेपाली भूभाग भारततर्फ गयो भनेर विरोधचाहिँ किन भएको त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो जमिन भारततर्फ मात्र हैन नेपाल तर्फ पनि आएको छ । अक्सर गरेर खोलाहरु
उत्तरबाट दक्षिणतर्फ वग्ने र कटान पनि दक्षिण नै हुने गरेको छ । तर सीमा स्तम्भ कसैले सारेको हुदैन । यस सम्बन्धमा सरकारले सीमा क्षेत्रका बासिन्दालाई प्रशिक्षण दिनुपर्छ लम्सालले भन्नुभयो ।

