नेपाली जनता हैरान भएका छन्

नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवस फागुन सात गते सोमबार एक शुभकामना वक्तव्य प्रकाशित गरी अहिलेको राजनीतिक व्यवस्थाबाट नेपाली जनता हैरान भएको बताउनुभएको छ ।
पूर्व राजा शाहले प्रजातन्त्र भनेको निर्वाचको आयोजनामात्र हो भन्ने भ्रम राखिनु हुँदैन । वि.सं. २०६३ वैसाख ११ पछिका राजनैतिक परिवर्तनको अब समीक्षा गर्ने बेला आइसकेको विज्ञप्तीमा भनिएको छ ।
पूर्व राजा शाहले प्रजान्त्र  संस्थागत गर्ने तथा समस्या समाधान निकाल्ने क्रममा गरिएका सहमति कार्यान्वयन नभएकोमा पनि गुनासो गरिएको छ । प्रजातन्त्र संस्थागत गर्ने क्रममा भएका सहमति, समझदारीमा देशको गौरव बढाउने विषयले प्राथमिकता नपाएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सवल तुल्याउँदै जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्थामात्र प्रजातान्त्रिक हुन सक्ने उल्लेख गरिएको छ । वैसाख ११, २०६३ को राजनीतिक परिवर्तनपछिको दशकमा देश र जनहितप्रति संवेदनशील एवम् जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रिकृत सोचको पासमा देशको राजनीति अल्झिएको छ ? उहाँले प्रश्न गर्नुभएको छ अब भने समीक्षा गर्नुपर्ने बेला आइसकेको छ ।
विज्ञप्तीमा भनिएको छ, सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्र ठान्ने जनताले आत्मसात गरिदिनुपर्ने हो कि होइन ? उहाँको अर्को प्रश्न छ कानुनी राज एवम् सुशासनको प्रत्याभूमि दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म व्यहोर्नु पर्ने हो ? पूर्व राजा शाहले नेपाली जनताको भावना समेट्दै देशको राष्ट्रियता तथा राष्ट्रिय एकता समृद्ध बनाउने साधनका रुपमा प्रजातन्त्र प्रयुक्त हुने अवस्था बन्नु पर्नेमा जोड दिनुभएको छ ।

तपाईको प्रतिक्रिया