नेकपाको बन्दको क्रममा झापामा मात्र दुई दर्जन भन्दा बढी सवारी साधनमा तोडफोड र आगजनी शिक्षण संस्था, कलकारखाना, बजार पसल, यातायात ठप्प हु“दा पूर्वाञ्चलको जनजीवन प्रभावित

धरान÷आफ्ना नेता तथा कार्यर्काहरुको गिराÏतारीका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले गरेको बन्दको प्रभाव मुलुकभर नै परेको छ ।
विराटनगरमा आइतबार हुने नेकपाको भातृ संगठन राष्ट्रिय युवा जनस्वयम्सेवकको तेसो राष्ट्रिय सम्मेलनमा भाग लिन आएका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले कार्यक्रम गर्न नदिई गिराÏतार
गरी मञ्च भत्काएको थियो । प्रहरीले पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुर्शन, पोलिटव्युरो सदस्य पदम राई सहित दुईसय नेता तथा कर्यकर्ताहरुलाई गिराफ्तार गरेको थियो ।
पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विराटनगरबाट मात्र नभएर इटहरी, धरान, लगायत अन्य स्थानबाट समेत प्रक्राउ
गरेपछि सोको विरुद्धमा नेकपाले मंगलबार नेपाल बन्दको आवहान गरेको थियो । पार्टीका केन्द्रीय महासचिव नेत्रविक्रम चन्दले फागुन ६ गते एक प्रेस विज्ञप्ती प्रकाशित गरी युवाहरुको संगठन
राष्ट्रिय युवा जनस्वयमसेवक नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन विराटनगरमा रहेको र सम्मेलनको उद्घाटन गर्न हाम्रो पार्टीका स्थायी समिति सदस्य सुदर्शन, पदम राई लगायतका नेताहरु जाँदै गर्दा
गिराÏतार गरियो ।
विज्ञप्तीमा अगाडि भनिएको छ चार दिन अगाडिमात्र गठन भएको कथित सामाजिक दलाल पूँजीवादी केपी ओलीको सरकारले बिना कारण नेता सहित दर्जनौ युवा कमरेडहरुलाई गिराÏतार गरेको छ । यो गिराफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पूँजीवादी संसदीय व्यवस्थाको दमनकारी,जनघाती चरित्रलाई उदांगो
पारेको छ । साथै कम्युनिष्ट नामबाट सरकारमा पुगेको ओली पाखण्डी एवम् दमनकारी चत्रिले पनि नांगो बनाइदिएको छ । हामो पार्टी यो गिराÏतारीको घोर भत्र्सना गर्दछ । आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिराफ््तारी गरिएका बरिष्ठ नेताहरु लगायतलाई विना शर्त मुक्त गर्न माग र आग्रह गर्दछौं । अन्यथा ओली सरकारको दिनगन्ती यहीबाट शुरु भएको चेतावनी समेत दिन चाहन्छौं । ऐतिहासिक सम्मेलनमा जुट्नु भएका युवाहरुलाई दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवम् जुझारु नेतृत्व निर्माण गर्न आवहान पनि गर्दछौं । यदि भोलि सरकारले हाम्रो आग्रहलाई बेवास्ता गरेमा यही फागुन ८ गते नेपाल बन्द हुने जानकारी गराउँदछौं । बन्दलाई सफल गर्न युवाहरुलाई सम्मेलनलाई संघर्षमा बदल्न आग्रह गर्दछौं । साथै आम नेपाली न्यायपे्रमी जनतालाई राज्य आतंक विरुद्ध साथ दिएर नेपाल बन्दलाई सहयोग गर्न आवहान गर्दछौं, विप्लवद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टीले मंगलबार गरेको बन्दका कारण पूर्वाञ्चलमा मात्र नभएर मुलुकभरिकै जनजीवन प्रभावित भएको छ । सुनसरीको धरानमा हल्का सवारी साधनहरु मोटर साइकल, टेम्पो चलेका थिए भने दोकान पसल बन्द रहेका थिए । धरानबाट पहाडी भेगतर्फ जाने कुनै पनि सवारी साधनहरु चल्न सकेनन् । धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुंगा, खोटाङ्ग, उदयपुर लगायतको जनजीवन प्रभावित भएको थियो । त्यहाँका शैक्षिक संस्था, कलकारखाना, बजार, पसल सबै बन्द रहेका थिए । बन्दकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै पूर्वका विभिन्न स्थानमा दर्जनौ गाडीहरु तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए । झापामा विहान खोलिएका विद्यालयहरु केही क्षणमै धमाधम बन्द गरिएका थिए । बन्दकर्ताहरुले झापामा मात्र १६ वटा सवारी साधनमा तोडफोड  गरेका थिए । सुरुङ्गा, बिर्तामोड, केर्खा, चारपाने, मेचीनगर, काँकडभिट्टा लगायतका स्थानमा बन्दकर्ताहरुले आफ्नो पार्टीका नेताहरुलाई बिना कारण गिराÏतार गरेको आक्रोस पोख्दै तोडफोड र आगजनीलाइ तिब्र बनाएका थिए । झापाको दमकमा बन्दकर्ताहरुले सबैभन्दा बढी १३ वटा गाडी तोडफोड गरेका थिए । दमक प्रधानमन्त्री केपी शर्माको गृह नगर समेत हो ।

तपाईको प्रतिक्रिया