शवराज श्रेष्ठ–सचिवालय व्यवस्थापन प्रादेशिक महोत्सव–०७४

मिहोत्सवका लागि दौडधूप गरिरहनु भएको छ । कस्तो छ अवस्था ?
–अवस्था एकदमै राम्रो छ । हामीले सोचेभन्दा धेरै राम्रा राम्रा स्टलहरु आएका छन् । हाम्रो यहाँ पर्यटन, कृषि, सूचना प्रविधि, शिक्षा, ऊर्जा औद्योगिक र व्यापारको महोत्सव हुदैछ । हामीले जस्तो सोच बनाएर महोत्सवको आयोजना गर्ने सोच बनाएका थियौ आज त्यही ढंगलको स्टलहरु धमाधम बुकिङ्ग भइरहेकोले हामी उत्साहित भएका छौं ।
मिहोत्सव लगाउनुको प्रमुख कारण के हो ?
–महोत्सव लगाउनुको प्रमुख कारणचाहिँ सुनसरी उद्योग वाणिज्य संघले धेरै बर्षपछि प्रादेशिक महोत्सवको जुन आयोजना गर्दैछ त्यो भनेको यसबाट प्राप्त आम्दानी यही ठाउँमा कोसेली घर निर्माण गर्नका लागि हो ।
किस्तो आम्दानीको अपेक्षा गर्नु भएको छ ?
–आम्दानी त हामीले धेरै गर्न सकिन्छ कि भन्ने छ । त्यसमा हामी कति सफल हुन्छौं त्यो चाहिँ कार्यक्रम समाप्त भएपछि नै थाहा हुन्छ ।
प्रिादेशिक महोत्सवमा कहाँ कहाँका उद्योगी, व्यवसायीको सहभागिता रहन्छ ?
–हामीले सकेसम्म प्रदेश नं १ का १४ वटा जिल्लालाई छाडेका छैनौं । यहाँका १४ वटै जिल्लाका उद्योग वाणिज्य संघहरुलाई अनुरोधसहित पत्राचार गरेका छौं । त्यहाँका विशेष उत्पादनहरु प्रदर्शनीका लगि ल्याइदिनुस्, विक्री वितरणका लािग ल्याइदिनस् भनेका छौंै । त्यसपछि अन्य प्रदेशहरुबाट पनि त्यस्ता वस्तुहरु ल्याउनका लागि
अनुरोध गरेका छौं  । अन्य प्रदेशबाट पनि धेरै आउनु भएको छ ।
किे के रहन्छने औद्योगिक महोत्सवमा ?
–हामीले प्रदेश नं. १ का चौधवटा जिल्लामा जस्तै सुनसरीबाट बेसारको प्रमोट गर्न लागेका छौं । झापाको सुपाडी, इलामको चियापत्ति, ओखलढुंगाको राडी पाखी, संखुवासभाको औलोको कपडा, भोजपुरको खुकुरी, ताप्लेजुङ्गलाइ हामीले पर्यटनका लागि प्रवद्र्धन गरेका छौं । जहाँ विख्यात देवी पाथीभर माताको मन्दिर छ । जुन उत्पादन जहाँ हुन्छ त्यसलाई प्रोत्साहन गर्न हामीले महोत्सवको आयोजना गरेका हौं ।
आिठ बर्षपछि तपाईहरुले यस प्रकारको प्रदर्शन वा महोत्सव गर्दै हुनुहुन्छ । बीचमा किन महोत्सव गर्न सक्नु भएन ?
–त्यो टिमवर्कको कुरा पनि हुँदो रहेछ । विशेष गरेर देशको राजनैतिक अवस्थाले पनि महोत्सवको आयोजना गर्न सकेनौं । पहिला वातावरण थिएन । अहिले देशमा तीनै चरणको निर्वाचन सम्पन्न भएर सरकार गठन पनि भइसकेको छ । वातावरण अहिले सहज बन्दै गएको छ । शान्ति सुरक्षा हिजो राम्रो थिएन अहिले शान्ति सुरक्षा सवल हुँदै गएको छ । त्यो बीच ग्याप त्यसैले हुन गयो ।
अिहिलेसम्म तपाइहरुको कतिवटा स्टलहरु बुकिङ्ग भइसकेका छन् ?
–हाल ११० वटा बुक भइसकेका छन्  । हामीले लगाउन चाहेका थियौ १९३ वटा तर त्यो पब्लिक स्कुल मैदानमा  अटेन । त्यसपछि अहिले हाम्रो टोटल स्टल १२० वटा बन्ने भयो । त्यसमध्ये ११० वटा बुक भइसकेको छ । अब १० वटा बाँकी छ त्यसमा पनि धेरै उद्योगी, व्यवसायीहरुले चाहना राख्नुभएको छ । १० वटा स्टलचाहिँ हामील्े मुख्य प्रायोजक, प्रायोजक, सह–प्रायोजक, प्रवद्र्धकहरुलाई दिनुपर्छ भनेर राखेका छौं । यस हिसाबले हाम्रा स्टलहरु फूल भइसकेका छन् ।
औिद्योगिक प्रदर्शनीमा स्टल राख्ने उद्योगी व्यवसायीहरुको सुविधाका लागि के के व्यवस्था गर्नुभएको छ ?
–सबैभन्दा ठूलो सुरक्षालाई हेरेका छौं । सुरक्षालाई हामीले २४ सै घण्टा अलर्ट गर्ने नीति बनाएका छौं । त्यसमा पनि सुरक्षा अझ मजबुत होस् भनेर सिसी क्यामेरा पनि जडान गर्दैछौं । सायद महोत्सवमा सिसी क्यामेरा जडान गरेको नेपालमै पहिलो होला । हरेक सुरक्षा गार्डलाई वाकीटकी देखि लिएर सुरक्षाका अन्य साधानहरुको पनि हामीले व्यवस्था गरेका छौं ।
अिरु केही भन्नु छ ?
–सम्पूर्ण महानुभावहरुलाई यो औद्योगिक महोत्सवमा उपस्थित भएर भ्रमण गरिदिनु हुन आग्रह गर्दछु । देशका कुन ठाउँमा कस्ता सामान उत्पादन हुन्छन्, त्यसको ज्ञान पनि हासिल हुने र त्यस्ता सामान खरिद गरेर सहयोग गरिदिन अनुरोध गर्दछु ।
त्र

तपाईको प्रतिक्रिया