मानबहादुर विक दियाली–प्रादेशिक महोत्सव ०७४ झाँकी व्यवस्थापन संयोजक

द्दप्रादेशिक महोत्सव २०७४ लाई सफल बनाउन र महोत्सवको महत्व दर्शाउन सनसरी उद्योग वाणिज्य संघले तपाईलाई झाँकी व्यवस्थापन संयोजकको जिम्मेवारी दिएको छ । तपाईले व्यवस्थापनलाई कसरी अगाडि बढाउनु भएको छ ?
–धरानले पूर्वाञ्चलको पर्यटकीय क्षेत्रको प्रतिनिधित्व गर्छ । धरान पहिला कस्तो थियो भने नुन किन्न कहाँ जाने धरान, सुन किन्न कहाँ जाने धरान, सबैभन्दा रामो सहर बजार कहाँ छ धरान, भन्ने थियो । अहिलेचाहिँ विशेष के भइदियो भने बाहिर हेर्दा सुकिलो मुकिलो जस्तो देखिने तर भित्रभित्र धरान आर्थिक रुपमा उत्पादनका दृष्टिले खोक्रो बन्दै गएको छ । यथार्थ पनि त्यही हो । त्यसलै यसलाई चिर्न पनि सुनसरी उद्योग वाणिज्य संघले पहिलादेखि नै प्रयत्न गरिरहेको थियो । लगभग यो सायद तेस्रो महोत्सव हो । त्यसकारण १ नं. प्रदेशको विशेष
गरी कृषि, हयाण्डीक्राफ्ट, अर्गानिक सामानहरुलाई एकै थलोमा भेला गरेर महोत्सवमार्फत देश विदेशमा पु¥याउने लक्ष्य राखिएको छ । यहाँका अर्थात प्रदेश नं. १ का उद्योगी व्यवसायीहरुले आÏनो उत्पादनलाई सहज ढंगले बजारीकरण र निर्यात गर्न सकिन्छ भन्ने हेतुले राज्यलाई समेत ध्यानाकर्षण गर्न महोत्सवको आयोजना गरिएको हो । त्यसो हुनाले महोत्सवसलाई सफल बनाउन पचार प्रसारको महत्वपूर्ण अंगको रुपमा झाँकी पनि हो । आफनो पहिचान सहितको भेषभुसा, जातीय अथवा धार्मिक सँस्कृतिलाइ उजागर गर्नु आवश्यक छ । १ नं. प्रदेशमा बस्ने हामी कस्ता कस्ता संस्कार सस्कृतिमा रहेका छौैं त्यसलाई प्रदर्शन गर्नु उपयुक्त हुन्छ । यसको लागि झाँकीको व्यवस्थापन गर्न संयोजकको भूमिमा निर्वाह गर्न सुनसरी उद्योग वाणिज्य संघले मलाई जिम्मेवारी दिएको छ । म आÏनो जिम्मेवारीलाई सफल बनाउन यहाँका विभिन्न संघ संस्थाहरुसँग कोअर्डिनेट गर्ने, सहकार्य गर्ने गरिरहेको छु । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, त्सैगरी धरान नगर समन्वय परिषदसँग समन्वय गरेर धरान उपमहानगरपालिकाभित्र नेपाल आदिवासी जनजाति महसंघसँग बसेर छलफल गरिसकेको छु । १३ आदिवासीहरुको नगर समन्वय समितिले गर्ने र विद्यालयदेखि लिएर हरेक खालका धर्मिक क्षेत्रतिर म र मेरो टिमले पत्राचार गर्ने, मौखिक रुपले भन्ने काम गरिरहेको
छु । त्यसो हुनाले मैले आशा गरेको छु वास्तवमा यो प्रादेशिक महोत्सवलाई नमूनाको रुपमा सपफल गर्न सकिन्छ ।
द्दप्रदेश स्तरीय औद्यागिक महोत्सव भनिएको छ । झाँकीचाहिँ अन्य जिल्लाहरुबाट पनि ल्याइन्छ कि यहाँको अर्थात धरानको मात्र रहन्छ ?
–अरु जिल्लाबाट झाँकी आउन सक्ने अवस्थाचाहिँ रहँदैन । परिपत्रचाहिँ हामी सुनसरी उद्योग वाणिज्य संघ मार्फत उद्योगी व्यवसायीहरुलाई जिल्लागत रुपमा
गरेका छौंै । तर झाँकी ¥याली चाहिँ बाहिरबाट ल्याउन अनुरोध गरेका छैनौं । किनभने आउने जानेदेखि लिएर अनेकौ खालका अप्ठेरा हुन सक्छन् । त्यसैले झाँकीचाहिँ यहीको रहन्छ ।
द्दझाँकीका लागि अहिलेसम्म कतिवटा संघ संस्थाहरु तयार भइसकेका छन् ?
–२५÷३० वटा संघ संस्था, जातीय संस्थाहरु पुगिसकेका छन् । शिक्षा क्षेत्र, विद्यालयदेखि लिएर जातीय संस्था, धार्मिक संस्था सबैलाई मैले पत्राचार गरिसकेको छु । कतिले पाएर जवाफ दिइसक्नु भएको छ । कतिले पाउनु भएको छैन भने यही मिडियामार्फत अनुरोध गर्न चाहन्छु । विशेष गरेर सरकारी र नीजि आवासीय विद्यालय सञ्चालन गर्नुहुने सबैलाई अनुरोध गर्न चाहन्छु झाँकीका लागि सहयोग गरिदिनुहोस् । हामीले यसका लागि विभिन्न सञ्चारमाध्यममा सूचना, पे्रसमिट आदि गरेर पनि जानकारी गराएका छौं । विशेष गरेर फागुन ११ गते दिनको ११ बजे पब्लिक हाइस्कुलमा सम्पूर्ण आदिवासी जनजाति,गैह जातीयहरुलाई उपस्थित भइदिन अनुरोध गरिरहेका छौं । लोप हुन लागेको सँस्कृति मारुनी नृत्य, बालन, संंगीनि, खस ब्राम्हण जो दलितसँग मिल्छ त्यसलाई पनि सहभागी गराइदिनुहोस् भनेका छौं ।
द्दझाँकी ¥यालीका अलावा नृत्य पनि हुन्छ ?
–हामीले भनेका छौै नृत्य पनि प्रस्तुत गरिदिनुस् । जो इच्छुक हुनुहुन्छ उहाँहरुले जानकारी गराइदिनु भए अझ राम्रो  हुन्छ । झाँकी ¥याली सस्कार संस्कृति अनुसार हुन्छ । हामी पब्लिक हाइस्कुलबाट निस्केर पुररानो बजार भानुचौक परिक्रमा गर्छो । त्यसपछि उद्घाटन समारोहमा सरिक हुन्छौ । उद्घाटन समारोहमा प्रदर्शन गदै निस्कने योजना बनाएका छौं ।
द्दझाँकी गर्नुको प्रमुख उद्देश्य के होला ?
–झाँकीको प्रमुख उद्देश्य प्रदेश नं. १ को धरानमा कस्ता कस्ता खालका सस्कार सँस्कृति रैछन् भन्ने कुरा बाहिरबाट आउनेलाई जानकारी गराउनु हो । बाहिरी जिल्ला र विदेशबाट आउनेले पनि धरानको सँस्कार, सँस्कृति देख्छन् र अर्को प्रचार प्रसार नै हो । कम्तिमा महोत्सवलाई सफल पार्न झाँकीले कोसे ढुंगाको काम गर्छ ।
द्दअरु केही बाँकी छन् ?
–विशेष गरेर १ नं. भरिका उद्योगी व्यवसायी महानुभावहरु जसले महोत्सवमा स्टल लिनु भएको छैन, स्टल बुकिङ्गको लागि आउनुहोस । प्रदेश स्तरीय महोत्सवलाई सफल बनाउन प्रदेश नं. १ का सम्पूर्ण आम जन समुदाय सबैको महत्वपूर्ण भूमिका रहन्छ । यसलाई सफल बनाउन सकेउ भने भोलिका दिनमा यहाँ राज्य, व्यक्ति र विदेशका लगानीकर्ताहरु लगानी गर्न अकर्षित हुनु हुनेछ । स्वदेशबाट विदेश पलायन हुनुपर्ने अवस्था, उद्योगी व्यवसायी अन्यत्र सर्ने क्रम छ  त्यो रोकिन्छ र रोजगारीको अवसर सिर्जना हुनेछ ।
त्र

तपाईको प्रतिक्रिया