लप्रादेशिक महोत्सवको आयोजना गर्दै हुनुहुन्छ । यसको मुख्य उद्देश्य के हो ?
–यसको मुख्य उद्देश्य भनेकै प्रदेश नं. १ मा उत्पादन भएका सामानहरुको प्रचारप्रसार र प्रवद्र्धन गर्नु हो । उत्पादन गरेर मात्र हुँदैन त्यसको सहज ढंगले बजार सम्मको पहुँच पनि हुनुपर्छ । महोत्सले यहाँका उत्पादनलाई ग्राहकसम्म पहुँच विस्तार गर्नेमा म विस्वस्त छु ।
लआठ बर्ष सम्म नभएको महोत्सव तपाईको कार्यकालमा लगाउदै हुनुहुन्छ हैन ?
–हो । विगतमा विविध कारणले औद्योगिक महोत्सव हुन सकेका थिएनन् । यद्यपि, आठ बर्ष अगाडि दुई वटा औद्योगिक महोत्सवकहरु भएका थिए । अब मुलुक संविधान कार्यान्वयनको दिशामा अगाडि बढेको छ । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन भएर दीगो शासन, शान्ति सुव्यवस्था कायम हुँदै गएको छ । अर्को कुरा के छ भने अब हरेक प्रदशेले आर्थिक समृद्धितर्फ आफै अगाडि बढ्नुपर्छ । औद्योगिक प्रदर्शनीले समेत केही हदसम्म आर्थिक गतिविधिको प्रतिनिधित्व गर्ने भएकोले महोत्सव यही दिशामा केन्द्रित रहने छ ।
लमहोत्सवले कुन क्षेत्रलाई लक्षित गर्छ ?
–महोत्वले मुख्यतया यस क्षेत्रमा प्रचुर सम्भावना रहेका क्षेत्रलाई नै लक्षित गर्ने छ । जस्तै पूर्वाञ्चल अर्थात प्रदेश नं. १ खाद्यान्नको भण्डार पनि हो । यहाँ प्रसस्त मात्रामा चिया, कफी, सुपाडी, अलैची, अदुवा, बेसार, फलफुल समेत उत्पादन हुन्छन् । त्यसैले कृषि क्षेत्रलाई महोत्सवले लक्षित गरेको छ । यसका अलावा प्रदेश न. १ धार्मिक पर्यटकको लागि अत्यन्तै महत्पूर्ण ठाउँ हो । यही प्रदेशमा पाथीभरा माता, हलेसी महादेव, छिन्ताङ्गदेवी, निसानथान देवी, विष्णुपादुका, बराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर आदि महत्वपूर्ण धार्मिक मठमन्दिरहरु छन् । प्रदेश नं. १ धरान शैक्षिक हव पनि हो । यहाँका विद्यार्थीहरु राजधानी लगायत विदेशमा समेत अब्बल भएका छन् । शिक्षाको प्रचार प्रसारका लागि समेत स्टल रहने छ जसले गर्दा यहा आउनेहरुले बुझ्ने मौका पाउने छन् । उद्योग र व्यापार, ऊर्जा आदिका सम्बन्धमा समेत स्टलहरु रहने हुनाले महोत्सव आर्थिक गतिविधिमा लक्षित रहने छ ।
