धरान, २९ माघ ः धरानको बीच बजारमा स्कारपियो दुर्घटनामा परेको छ ।
धरान १२ महेन्द्र पथ जिएस मार्केट छेउमा बा १५ च ८४८५ नम्बरको स्कारपियो आज राति करिब १ बजे दुर्घटना हुदा त्यसमा सवार चालक प्रविण ताम्राकारसहित ७ जना घाइते भएका छन् ।
घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको र घाइते मध्य ५ जनाको सामान्य रहेकोले डिष्चार्ज भइसकेको अस्पतालले जनाएको छ । धरान १२ का विवेक श्रेष्ठ र चालक धरान ९ निवासी प्रवीण ताम्राकारको अहिले प्रतिष्ठानमा उपचार भइरहेको छ । विवेक अवस्था सामान्य भएपनि चालक ताम्राकारको भने बाया आखामा गम्भीर चोट लागेको प्रतिष्ठान चिकित्सकले बताएका छन् ।
धरान १५ बगरकोटबाट जिरोप्वाइन्ट हिडेको स्कारपियो विजुली ठोकिदै पुन माथिल्लोपटि रहेको पसलको सर्टरमा ठोकिन पुग्दा स्कारिपयो उत्तानो परेको हो । स्कारपियोको ठक्करबाट विजुलीको पोल लडेको छ भने तारहरु भुईमा लत्रिएका छन् भने पसलको सर्टरमा सामान्य क्षति पुगेको छ ।
स्कारपियो धरान १६ निवासी सुवास मगरको रहेको बुझिएको छ । बगरकोटबाट जिरोप्वाइन्ट जाने क्रममा अनयिन्त्रत भइ दुर्घटना भएको गाडी धनीका आफन्त किशोर मगरले बताउनुभयो ।
दुर्घटना के कसरी भयो भन्ने कुरा अनुुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानमा डिएसपी रामेश्वर पौडेलले बताउनुभयो ।
