धरान सडक उत्सव सकियो

धरान÷ धरानको पर्यटकीय गन्तव्य स्थानको पहिचान गराउदै स्थानीय परिकारका विषयमा आगन्तुकहरुलाई जानकार होस् भन्ने उद्देश्यले आइतबारदेखि शुरु भएको धरान सडक उत्सव सम्पन्न भएको छ ।
होटल एसोसिएसन अफ धरानको आयोजनामा भएको सो सडक उत्सवमा विभिन्न जातीय तथा स्थानीय परिकार, स्थानीय उत्पादन, हस्तकलाका सामाग्रीका साथै अन्य विभिन्न प्रकारका ८५ वटा स्टलहरु रहेका थिए ।
धरान १२ चतरालाइनमा लागेको सो उत्सवको उद्देश्य धरान
वरपरका पर्यटकीय गन्तव्य स्थलको पहिचान गराउदै यहाको परिकारका विषयमा जनमानसमा पु¥याउनु नै रहेको होटल एसोसिएसन अफ
धरानका सचिव एवम् उत्सव संयोजक सचिन्द्र राईले बताउनुभयो ।
१३ औ सडक उत्सव सफलतापूर्वक सम्पन्न गरेको एसोसिएसनले १४ को सडक उत्सवमा उत्सव अवधिभर ३ लाख भन्दा वढी आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गरेको आयोजकले बताएको छ र
‘घुम्न जाउ धरान’ भन्ने नाराका साथ आयोजना भएको सो मेलाले आफूहरुलाई धेरै ज्ञान भएको र आफूहरुको व्यापार प्रवद्र्धन गर्न पाएको व्यवसायीहरुले समेत बताएका छन् ।
समय समयमा हुने गरेका सडक उत्सवमा राखिएका स्टलहरुमा धरानको पहिचान झल्कने तथा पर्यटकीय गन्तव्य स्थलका बारेमा जानकारी पाउन सकिने भएकोले होटल एसोसिएसनले लगाउन गरेको सडक उत्सव अत्यन्तै सान्दर्भिक भएको अवलोकनकर्ताहरुले समेत बताएका थिए् । उत्सवको उद्घाटन मेयर तारा सुब्बाले गर्नु भएको थियोे ।

तपाईको प्रतिक्रिया