देउवाले देखाइदिए
बुढानिलकण्ठे काजी नसक्नुका रै’छन् । कम नचलाउ भन्दा काम चलाउ भएसी’ देउवाले कान्तिकारी कार्जे नै गरे । आÏना नन्दीभृंगीहरुलाई ह्रवार्र ह्वार्ती पैसो बाँडे्, ठाउँ कुठाउँमा दिनैपिच्छे मन्त्रिपरिषदको बैठक बसालेर डयाङ्ग ड्याङ्गती नियुक्ति दिए, ६५ बर्षकै उमेरमा वृद्धभत्ता खाने बनाइदिए, युवाहरुलाई बेराजेजवारी भत्ता, बालबालिकालाई भत्ता, अण्डकोष र पांग्रा सुन्निएकाहरुलाई भत्ता, भुकम्प पीडितहरुलाई माथिबाट एकलाख थपिदिए । यत्रा क्रान्तिकरी कार्जे त पाँच बर्षे स्थायी सरकारले नि गर्न सक्दैन । अन्तेमा उन्ले राष्ट्रिये सभामा तीन जना मनोनितलाई पनि छाडेनन् । झापा, काठमाण्डौ र तनहुँकालाई
राष्ट्रिये सभामा पठाउन रातारात सिफारिस गरे । माउवादी, झालेमाले र आफूले एक एक सिटमा कुरा मिलाउलान् भन्ठ्यान्या त काजीले सबैलाई चिल्लै बनाइदिए ।
अध्येक्षेले झुक्याए रे
झालेमालेकी नेतृ अष्टलक्ष्मी शाक्य यतिबेला पाहा पछारिए जस्तै पछारिएकी छन् । विचरीले ख्याल सानो सपना देखेकी थिइन त ? मुख्ये मन्तरी वनमला, खामला, पामला भनेर विचरीले देखेको सपना खप्रओले छ्यान्न व्यान्न पारिद्या छन् । मुख्ये मन्त्री बनामनलाई विचरीलाई प्रदेशसभामा उठाइयो क्यारे । तर घण्टाघरलाई भुत्लो भाङ्ग पत्यार लागेन । आइमाइहरु कचकच गर्छन्,जिद्धी गछन् । अन्त कही ठाम नपुगेसी शाक्यलाई प्रदेशसभामा लगेर मिल्यकाइएको चाहिँ हो । खप्रओले गर्दा, खप्रओले धोका दिँदा, खप्रओले बेइमान गर्दा आफू उत्तानो प¥या भनेर शाक्य यतिबेला जोर हात पारेर बालकोटतिर फर्केर सारपी रा’छिन्, चिच्याइ रा’छिन् । झिाँगाले सरापेर डिंगा मने भए पो ? खप्रओलाई त्यसरी दिनैपिच्छे सारप्ने कति छन् कति ? अर्काको बुई चढेर मुख्येमन्त्री पड्काउने सपना देख्ने शाक्य उल्लु नै रै’छिन् ।
झण्डै दनादन
पूर्वीली कांङ्ग र पश्चिमेली वामको अस्तिका दिन झण्डै झण्डै दनादन परेछ भोजपुरका लिखुरे ज्ञानेन्द्र र अछामका जब्बरे भीम बीचमा हाललाई दनादन पर्ने खड्को टरेको छ । कुरो के परेछ भने भुकम्प पीडितलाई लाख रुपैये थप्दिने कुरामा स्यालबहादुर निवासमा हल्का फुल्का विवाद हुँदै रै’छ । स्याल बहादुरले आफूले आवेगमा आएर निर्नय गरेको स्वीकारेछन् । त्यसैबेला भोजपुरे काजीको के छन्द विग्रियो कुन्नि जुरुक्क उठेर अछामे जब्बरेमाथि जाई लागेछन् । जब्बरे भीम पनि के कम जुरुक्क उठेर तनक्क कुखुरै छाती तन्काएर हुटिट्याउँका खुट्टी जस्ता हात बटारि हालेछन् । दुवैबीच दनादन हुन के आट्या थ्यो स्यालबहादुरले भोजपुरे काजीलाई सम्हाली हालेछन् । क्या बोर भयो कमसेकम ती दुवैका बीचमा धमासान नभए नि हल्काफुल्का हानाहान नभएनी तानातान त हुनै पथ्र्यो ।
चारवटा जन्म मिति
एउटा मान्छेको जन्म मिति कतिवटा हुन्छन् ? आखिरी मान्छे एकपटक जन्मन्छ अनि जन्म मिति पनि एउटै हुन्छ भनेर बुझेको घण्टाघर अहिले आएर फेलियर भएको छ । अब हेरौ न हाम्रा प्रर्धानन्यायाधीश गोपाल पराजुली बाजेको चारवटा जन्म मिति फेला परेछन् । यो त संसारमै नवौं आश्चर्य हो । एउटै मान्छे चार चार पटक जन्मनु भन्या चानचुने कुरा हुनै सक्दैन । चार चार पटक जन्मने पराजुलीलाई गिर्निज बुकमा नाम लेखाएर टन्नै पुरस्कार दिनुपर्ने हो । हरेक नेपालीले उनी चारपटक जन्मेकोमा बधाइ दिनुपर्ने हो । चार चार पटक जन्मेकोले पराजुली पर्धान न्यायाधीश भा’ रै’छन् । अरुले टाउको ठोकेर रिस गरेर भुत्रो हुन्छ ? चार चार पटक नजन्मेको मान्छे लत्तरो हुने त कुरै आउँदैन । नत्र गोविन्द काका जस्ता मान्छेलाई आधा रातमा प्रक्राउ गरेर थुन्ने आँट कस्ले गथ्र्यो ? घण्टाघरलाई एउटा कुरामा चाहिँ साह«ै फसाद प¥या छ । कहिलेकाहँी झुक्केर ह्याप्पी वर्थ डे ट्यु भन्नु प¥यो भने गोपाल बाजेलाई कहिर र कुन मितिमा भन्ने होला ? लौन यसको गाँठो कसैले फुकाइदिनु प¥यो ।
संगठन गर्ने रे
चुनाउमा जरै हल्लने गरी निमोठिएको काँग्रेसले अब पाँच बर्षसम्म संगठन गर्ने रे † घण्टाघरलाई त पत्यारलागेन । पत्यार नलागेर के गर्नु ? टेक्ने र समाउने कतै नभएसी’ काँग्रेसका एकथरि नेताहरु यस्तै भाषन ठोक्दै हिड्या छन् । काँग्रेस संगठन गर्ने जातै होइन भन्ने कसलाई थाहा छैन । मेरा वाउले घ्यू खा थे नपत्याएर हात सुँघ भनेझै बाउ काँग्रेस भएर छोरो काँग्रेस, छोरो काँग्रेस भएर नाति काँग्रेस हुदै आएको न हो । काँगेसले संगठन कहिले पो ग¥या छ र ? असारे काँग्रेसलाई चैते काँग्रेसले पछारेको छ, बँचे खुचेको काँग्रेसलाई घरबाटै लघारेको छ । अनि पाँच बर्ष संगठन गर्छु भनेर फुइँ लगाएर हुन्छ । पाँच बर्ष सत्ताबाट बाहिर बसेपछि बचेखुचेका चाहिँ काँग्रेस हुन् । सत्तामा पुग्न नसकेपछि चैतेहरु छाता ओढेर साइड लागि हाल्छन् नि ।
माकुने झलु चैट
माकुन्याउ र झल्लाझलुको यसपटक खपओले हुर्मतै लिद्या छन् । चार ठामको मुख्यमन्त्रीमा माकुन्याउ र झल्ला झलुका कोही मान्छे नि मुख्येमन्त्री नबन्ने भा’छन् । प्रदेश नं. १ मा खप्रओकै मान्छे, ३ मा खप्रओकै मान्छे चार खप्रओकै मान्छे, ५ खपओकै मान्छे, ४ खपओकै मान्छे । खप्रओले यो चाहिँ अलि ज्यादति नै ग¥या हुन् कि क्या हो ? यसो विचाराहरुलाई चित्त बुझाउने ठाम त दिनुपर्छ । कही छाडेनन् । प्रदेशमा माझलाई सिद्याएसी अब केन्द्रमा पनि उही त होला ? त्यसैले अहिले पूर्व पश्चिम थुतुनो फर्काएर बसेका माझ एकै ठाममा चुचोमा चुचो जोड्न थाल्या छन् । अब केन्दमा आफ्ना मान्छेका लागि दुवैले भाग खोज्ने रे † यसमा अर्का एकजना हरुवा पनि थपिया छन् वाउमदेउ गौतम । खप्रओले आफूहरुको राजनैतिक भविष्य नै डावाडोल बनाइदिने बुझेसी’ तीन जनाले खपओ विरुद्ध मोर्चा बन्दीको शुरुवात गरेका छन् रे । हेरम खप्रओले यिन्लाई घाँस हाल्छन् नि पछाडिबाट जोर लत्ती बजार्छन् ।
गुन्द्रुकको झोलमा...
नेप्लिज काँग्रेसलाई सडकाँ ल्याउन सर्वाधिक महत्वपूर्ण भूमिका खेलेका स्यालबहादुरका एकजना विश्वासीपात्र वुटवलका बालकृष्ण खाँडले प्रदेश र केन्दमा उप सभामुख काँग्रेसलाई दिनुपर्छ भनेछन् । खाँडको कुरा सुन्दा सत्ताका लागि काँग्रेसले गुन्द्रुकको झोलमा जात फालेको उखान घण्टाघरलाई याद आयो । हिजो काँङको बहुमत हुँदा वामलाई द्या थ्यो ? पद भनेको त लडेर पो लिने हो त । मागेर पनि पद पाइन्छ ? वामलाइ नै पद पुगिरा’छैन अनि काँङला कहाँबाट दिन्छन् ? पदका लागि वामहरु आफै आफै भिडन्त गरिरा’छन् । हिजो पदमा छँदा आफनै कार्जेकर्ताको वास्ता नगर्दा आज काङ सडकमा पुग्या हो । यसको डिजाइनकार खाँड नै हुन क्या रे । अनि अहिले रोइकराई गरेर उपसभामुख सम्म त देउ भनेर रोई कराई गर्न मिल्छ ? अब पाँच बर्ष जत्तिसुकै चिच्चाएनि केही लचारपाटो लाग्ने वाला छैन । खाँडेले खै कुरो बुझ्या ?
अन्तेमा
झालेमालेसँग मिलेर सरकरमा जान खुट्टो उचालेर बसेका उपिन्द्र जादवको यतिबेला अपानायु बन्द भा’छ । उनको अपान वायु बन्द गराउने काम चाहिँ माउवादी केन्दका आयाराम गयाराम नेता मातृका जावले गर्दिया रै’छन् । माउवादीलाइ वाइपास गरेरफोरम राजपालाई लिएर झलेमालेले सरकार बनाउने गृह्य कुरो जादवको कानमा पुगेसी उन्ले राजपा, काँग्रेस र माउवादी मिलेर प्रदेशमा सरकारबनाइदिन्छम् भनेर थर्काएछन् । त्यसपछि त उपिन्द्रको अपनवायु बन्द भै गएछन नि । अस्तिका दिन जादवले उहीमाथि कालो आझ कालो अनुहार बनाएर वाम गठबन्धकै सरकार केन्द्रमा बन्नुपर्छ भनेर बोले । आखिरी मातृका जादव न परे । एकताका एलडिओलाई ट्वाइलेटमा हुलेर भकु¥या थे । जादवले त्यही झल्झली सम्झे छन् कि क्या हो ?

