धरान÷इटहरीको रोयल रिसोर्टमा पौष १६ गते भएको बालिका बलात्कार घट्नामा नियतबस आर्थिक चलखेल गरी मिलापत्र गराएको घट्नामा प्रहरीले गठन गरेको छानबिन समितिले सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझी समेत छानविनको दायरामा परेका छन् ।
गुपचुपको घट्ना एक महिनापछि सार्वजनिक भएपछि मिलापत्र गर्न जोरबल गर्नेहरुबीचमा यतिबेला भागदौड मच्चिएको छ । गुपचुपको घट्ना सार्वजनिक भए लगत्तै क्षेत्रीय प्रहरी कार्यालय विराटनगका एआइजी पशुपति उपाध्यायको निर्देशनमा संघीय
प्रहरी इकाई कार्यालय धरानका एसएसपी हरिबहादुर पालको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।
इटहरी २० की कक्षा १० मा अध्ययनरत १४ बर्षिया बालिकालाई पौष १६ गते राति इटहरी २ स्थित
रहेको रोयल रिसोर्टमा ब्याइफ्रेन्ड
धरानका जोकम लिम्बु र उनका साथी विराटनगरका मनिष भनिने जीवन श्रेष्ठले वाइन खुवाएर बलात्कार गरेका थिए । घट्नामा अर्का एक जना समेतको संलग्नता रहे पनि छोटो समयमै उनी निस्केर हिडेकाले ती व्यक्तिका सम्बन्धमा यतिबेला प्रहरीले अनुसन्धान तिब्र बनाएको छ । एसएसपी पालको संयोजकत्व गठित पाँच सदस्यीय छानविन समितिमा प्रहरी गणका एसपी भीम ढकाल, संघीय
प्रहरी इकाई कार्यालयका डिएसपी भीम दाहाल, प्रहरी नायव निरीक्षक लेखनाथ दाहाल र प्रहरी सहायक निरीक्षक
सरस्वती राई रहेका छन् ।
प्रहरीले बलात्कृत बालिकाका ब्वाइफ्रेन्ड जोकम लिम्बुलाई प्रक्राउ गरिसकेको छ भने जीवन श्रेष्ठ फरार रहेका छन् । विराटनगरको होटल पासन श्रेष्ठकै रहेको र उनी जग्गाको कारोबार समेत गर्ने गरेको अनुसन्धानमा खुलेको छानविन समितिका अध्यक्ष हरि बहादुर पालले जानकारी दिनुभयो । पहिला रिसोर्टमा बाहिर बसेर खानपिन गरेपछि व्याइफ्रेन्ड लिम्बुले श्रेष्ठलाई घर पु¥याइदिन भनेपछि निजले कोठामा लगेर बलात्कार गरेको अनुसन्धानमा देखिएको एसएसपी पालले बताउनुभयो । बलात्कार जस्तो घट्नामा प्रहरीले तत्काल उजुरी लिएर मुद्धा अगाडि बढाउनुपर्नेमा प्रहरीले त्यसो नगरी मिलापत्र गराएर सामसुस पारेको थियो । घट्नाका समयमा इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय
राउत र एसएसपी पाल विदामा हुनुहुन्थ्यो । एसएसपी पालले निमित्तको जिम्मेवारी एसपी विद्यानन्द माझीलाइ र डिएसपी राउतले प्रहरी निरिक्षक चिरन्जिवी दहाललाई दिनुभएको थियो ।
बलत्कृत्त बालिकाका आफन्तले पहिला इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिन खोजेका थिए । तर घट्ना इलाका प्रहरी कार्यालय इटहरीको कार्यक्षेत्र भित्र पर्ने भएकोले एक जना महिला प्रहरीलाई साथ लगाएर इटहरी पठाइएको थियो । उता रातभर इलाका प्रहरी कार्यालय इटहरीमै राखेर पनि प्रहरीले जाहेरी नलिई मिलापत्र गराएपछि घट्ना लेनदेनको घेरामा देखियो अध्यक्ष एवम् एसएसपी पालले भन्नुभयो । उहाँले भन्नुभयो जघन्य अपराधमा प्रहरीको काम कर्तव्य र भूमिका के हो ? जाहेरी परेन त्यसैले मुद्धा अगाडि बढाइएन भन्नै मिल्दैन । अपराधीले आज एउटी बालिका बलत्कार गरेका छन्, उन्मुक्ति पाए भने भोलि अर्की बालिका बलत्कार गर्छन् । पीडितले न्याय पाउनुपर्छ भनेर हामी दिनरात छानविनमा जुटेका छौं, पीडितले पनि कसैको प्रलोभन, धाक धम्कीमा पर्नुभएन, उहाँले भन्नुभयो ।
प्रहरीले माघ १२ गते १० नं. डायरीमा जिल्ला अदालत सुनसरीमा मुद्धा दर्ता गरिसकेको छ । घट्नाको छानविन गरी प्रतिवेदन तयार गर्न उसलाई माघ २६ गते सम्मको समायावधि दिइएको छ । माघ २६ सम्ममा हामी सम्पूर्ण छानविन सिध्याएर प्रतिवेदन सार्वजनिक गछौ एसपी पालले भन्नुभयो । अपराधीलाई कारबाहीका लागि इटहरीमा दैनिक जसो, अधिकारकर्मी विभिन्न सामाजिक संघ सस्थाहरुले दबाबमुलक कामहरु,¥याली, कोणसभाहरु गर्दै आएका छन् भने प्रहरी निरीक्षक चिरिन्जवी दहाल र सई भिम खत्रीलाई आवश्यक अनुसन्धानका लागि क्षेत्रीय प्रहरी कार्यालय विराटनगर तानिएको छ । घट्नालाई सामसुम पार्ने कार्यमा केही कथित सञ्चारकर्मी, स्थानीय दलका नेता तथा भातृ संगठनका कार्यकर्ताहरुले समेत विचौलियाको भूमिका निर्वाह गरेका थिए भन्ने हल्ला नि छ नि भन्ने सवालमा छानविन समितिका अध्यक्ष एवम् एसएसपी पालले मैले त्यो हल्ला सुनेको छु । विस्तृत प्रतिवेदन सर्वाजनिक नभई यस सम्बन्धमा यसै भन्न सकिदैन उहाँले भन्नुभयो ।
यसैबीच नेपाल पत्रकार महासंघ सुनसरीले घट्नामा पत्रकारको नाम मुछिएर सामाजिक सञ्जालनमा अनावश्यक टिकाटिप्पणी भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघ सुनसरीका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले माघ २२ गते जारी गरेको विज्ञप्तीमा घट्नाको छानविन भइरहेकोले यसको सत्यतथ्य बाहिर आउने उल्लेख गर्दै यदि कुनै पत्रकार आर्थिक प्रलोभनमा परेको प्रमाण पुगे महासंघको विधान अनुसार कारबाही गर्ने समेत उल्लेख
गरिएको छ ।
