इनरुवा÷नेपालको आन्तरिक मामला र जनस्तरमा सम्बन्ध विस्तार गर्न उदासिन देखिएको नेपालको उत्तरी छिमेकी चीन पछिल्ला दिनमा तराईमा समेत प्रभाव विस्तार गर्न उद्धत देखिएको छ ।
झण्डै सात महिना अगाडि
तराइमा आएको बाढी प्रभावितहरुलाई राहत वितरणको वहानामा आफ्नो प्रभाव विस्तार गर्न थालेको सुनसरीका बाढी प्रभावित स्थानीयहरुले बताएका छन् । सोमबार चिनिया टोलीको सहभागितामा गरिबी निवारण तथा सहकारी मन्त्रालयका उप सचिव रमेश अधिकारी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत सुरेन्द्र भट्टराई, युनडिपी प्रदेश नं. १ र २ का संयोजक धनबहादुर चन्द, सुनसरी जिल्ला संयोजक राम नारायण साह, भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ४ का अध्यक्ष हारुन अन्सारी लगायतले सुनसरी खोला किनारमा बसोबास गर्ने बाढी पीडित, गरिब तथा दलित विपन्न
परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।
चीनले उपलब्ध गराएका राहत सामाग्री वितरणमा नेपाल सरकार र युएनडिपीको संयोजनमा व्यवस्थापनको जिम्मेवारी समाजिक न्याय मञ्च इटहरीले गर्दै आएको छ । सुनसरीमा चार हजारलाई राहत सामाग्री वितरण गर्ने मञ्चका अध्यक्ष डिबी साह शंकरले बताए । हाल इनरुवाको वड नं. ३, ४ र ९, इटहरी ८, दुहवी, ६, रामधुनी, बराह नगरपालिकाका पीडितहरुलार्ई राहत सामाग्री वितरण
गरिसकेको साहले बताए । राहत सामाग्रीहरुमा दुई वटा कम्बल, उनीको ओढ्ने आल्मुनियमका ३ थान भाडा, प्लेट ३ थान, कप, थाल, डाडु, पन्यू, धुवारहित चुल्हो, किटाणु नासक झुल र खाद्यान्न लगायतका रहेका छन् । सोमबारसम्म सुनसरीका १२ सय परिवारलाई राहत समाग्री वितरण गरिएको र चार हजारलाई त्यस्ता सामाग्री वितरण गरिने साहले जानकारी दिए ।
