धरान÷विजयपुर आध्यात्मिक मञ्च धरान १४ सुनसरीको आयोजनामा वार्षिक रुपमा गरिदै आएका समुहिक ब्रतबन्ध, बेलविवाह, गुन्युचोली, छेवर लगायतका कार्यक्रमहरु यो वर्ष पनि हुने भएको छ ।
मञ्चले आगामी २०७४ फाल्गुन ६ गते आइतबारको शुभ मुर्हुतमा गने ेनिर्णय गरेको जनाएको छ ।
कार्यक्रमलाइ भव्यतापूर्वक सम्पन्न गर्न श्रीमती शुभद्रा सुवेदीको संयोजकत्वमा १५१ सदस्यीय सामुहिक संस्कार व्यवस्थापन समिति गठन
गरिएको अध्यक्ष पितरुमल अग्रवालले बताउनु भयो ।
उक्त कार्य सम्पन्न गर्न १० वटा विभागीय समितिहरु गठन गरी प्रचारप्रसार संयोजक पंकज घिमिरे, पूजा व्यवस्था संयोजक शान्ता अधिकारी, भोजन प्रसाद व्यवस्था संयोजक कमलप्रसाद भट्टराई, मण्डप सजावट संयोजक हरीप्रसाद ढकाल, स्वयम्सेवक परिचालन संयोजक अरुणा पोखरेल, खानेपानी तथा सरसफाई संयोजक हिमप्रसाद ओझा, आपूर्ती व्यवस्था संयोजक प्रेमप्रसाद पौडेल, स्वागत सत्कार संयोजक दुर्गा काफ्ले, गुरुपुरोहित व्यवस्था संयोजक धर्मराज तिम्सिना, अनुगमन तथा मुल्याङ्कन संयोजक इन्द्रनाथ वास्तोला रहनु भएको मञ्चकी
वरिष्ठ उपाध्यक्ष नैनकला न्यौपानेले बताउनु भयो ।
फजुुल खर्च नगरौं, मितव्ययी बनौं, सामुहिक कार्यमा सहभागी बनौं भन्ने मूल उद्देश्यका साथ यो संस्थाले विगत २०४८ साल देखि नै निरन्तर रुपमा यी संस्कारहरु गर्दै आईरहेको महासचिव उद्धवप्रसाद अधिकारीले बताउनुभयो ।
