माघका अन्तिम सातामा हुने मेयरकप स्कुल ओलम्पिकको तयारी पूरा

धरानका सामुदायिक तथा नीजि विद्यालय तथा सामुदायिक विद्यालयलाई एकै स्थानमा राखेर प्रतिष्पर्धा गराउने र धरानको खेलकुदको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागेको मेयर कप ओलिम्पिको प्रतियोगिताको सम्पूर्ण तयारी भएको आयोजक धरान उपमहानगरपालिका मेयर स्कुल ओलम्पिक २०७४ आयोजक समितिले आइतबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
माघ २९ देखि धरान रंगशालामा हुने सो प्रतियोगितामा ११ खेलमा ५४ विद्यायका १ सय ८ विद्यार्थीले प्रतियोगितामा भाग लिदैछन् ।
प्रतियोगिताको उद्घाटनको दिन चित्रकार धरान १२ निवासी प्रनोद दत्तले तयार गरेको लोपोन्मुख एक सिंगे गैडाको मस्कट प्रदर्शन समेत गरिने धरान उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत गणेश खतिवडाले जानकारी दिनुभयो ।
१४ लाख ३१ हजार लाग्ने सो प्रतियोगितामा प्रथम हुने विद्यालयलाई १ लाख, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई ४० हजार नगद प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया