ब्राह्मण समाज नेपाल धरान उपमहानगरसमितिले पाँचौ वार्षिक साधारणसभा गीता भवन धरानको सभाहलमा सम्पन्न गरेको छ । कार्यक्रममा अध्यक्ष उद्धवप्रसाद अधिकारीले वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष ललिता अधिकारीले २०७३÷०७४ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ५ जना वैदिक ब्राह्मण बटुकहरुबाट स्वस्ती वाचन गरिएकोे उक्त कार्यक्रममा विजयपुर आध्यत्मिक मञ्च सुनसरीका अध्यक्ष पितरुमल अग्रवाल , प्रा.डा. भरतप्रसाद भट्टराई, समाजसेवी श्यामा रेग्मी, नेपाल नागरीक समाज सुनसरीका अध्यक्ष प्रेमप्रसाद पौडेल, ब्राह्मण समाज सुनसरीका सचिव केशव अधिकारी,
राप्रपा नेपालका धरान नगर अध्यक्ष जुद्ध लोहनी लगायतले शुभकामना मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।
ब्राह्मण समाज नेपालका केन्द्रीय उपाध्यक्ष डिल्लीराम उपे्रतिको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत अधिकांस वक्ताहरुले जातिय भेदभाव छुवाछुत पहिलेको अनुपातमा धेरै नै न्युनीकरण हुँदै गएको वताउनु भयो । साथै नेपालमा छिटो भन्दा छिटो हिन्दु राष्ट्र नेपाल पुनः स्थापित भएमा मात्र धर्म र संस्कृतिको रक्षा हुने बताउदै देशमा शान्ति सु व्यवस्था कायम हुने कार्यक्रमका वक्ताहरुले बताएका थिए । उपाध्यक्ष सिताराम आचार्यले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको सो कार्यक्रम सञ्चालन ब्राह्मण समाजका पर्शुराम खतिवडाले गर्नु भएको थियो ।

