धरान÷सुख्खा मौसमको शुरुवातसँगै यहाँस्थित अन्तर्राष्ट्रिय स्तरको बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खानोपानीको हाहाकार भएको छ ।
प्रतिष्ठानमा पानी आपूर्तिका लागि तीनवटा स्रोत भएपनि ड्राइ सिजनको शुरुवातसँगै खानेपानीमा समस्या देखिएको इन्जिनियरिङ्ग शाखा प्रमुख मदन कुमार साहले जानकारी दिनुभयो । प्रमुख साहका अनुसार एक बर्ष अगाडि प्रतिष्ठानमा डिप बोरिङ्ग गरिएको थियो आठ इन्चको पाइप बोरिङ्ग गरेर दुई इन्चको पाइपबाट पानी तान्ने गरिएको छ । जसबाट प्रतिदिन चार लाख लिटर पानी आपूर्ति हुन्छ । हाल शिवजट्टाबाट सात लाख लिटर, जंगलबाट दुई वटा डिप बोरिङ्गबाट १० लाख गरी जम्मा २१ लाख लिटर पानी आपूर्ति भइरहेको छ ।
इन्जिनियरिङ्ग शाखाका अर्का इन्जिनियर विकास बस्यालका अनुसार प्रतिष्ठानलाई प्रति दिन ३२ लाख लिटर पानीको आवश्यकता छ तर हाल २१ लाख लिटरमात्र पानी आपूर्ति भइरहेकोले समस्या देखिएको छ । बर्षादको समयमा शिवजट्टाबाट दैनिक १२ लाख र जंगलको पम्पबाट १६ लाख र भालु खोलामा १ इन्टेक राखिएको छ । खानेपानीको समस्यालाई कसरी मिट गर्दै हुनुहुन्छ त भन्ने सवालमा शाखा प्रमुख साह भन्नुहुन्छ आवास क्षेत्रमा हाल पानी आपूर्तिमा कटौति गरेका छौं । पहिला आवास क्षेत्रमा विहान, दिउँसो र बेलुका सप्लाइ दिइन्थ्यो भने हाल विहान र बेलुका थोरै समय दिएर अस्पताल तर्फ बढी सप्लाई दिएका छौं । पानीको आपूर्ति अझ कम भए आवास क्षेत्रमा एक टाइममात्र सप्लाई दिनुपर्ने अवस्था आउन सक्छ । पानीको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न प्रतिष्ठानले के सोच बनाएको छ त भन्ने सवालमा साह भन्नुहुन्छ शिवजट्टामा पानीको स्रोत बढाउन वृक्षारोपण, सेकेन्डरी लाइनको व्यवस्था गर्न सकिन्छ । वृटिशको पालामा गाडिएका पाइपहरु धेरै थिचिएका होलान्, ठाउँ ठाउँमा फुटेर लिक भएका छन्, प्रतिष्ठानसम्म पानी ल्याउँदा बीच बीचमा गाउँलेहरुलाई दिएका धारा बन्द गर्ने, खानेपानी संस्थासँग भएको १० लाख लिटरको औषध सम्झौतालाई २० लाख लिटरको लागि पुनरावालोकन गर्नुपर्र्छे । प्रतिष्ठानमा पानीको हाहाकार हुन थालेपछि गत हप्ता प्रतिष्ठानका पदाधिकारीहरु उपकुलपति प्रा.डा. राजकुमार रौनियार, शिक्षाध्यक्ष प्रा.डा्. गुरु बराल, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, कुलसचिव तुलबहादुर श्रेष्ठ र इन्जिनियरिङ्ग शाखाका पदाधिकारीहरुको टोलीले शिवजट्टाको स्थलगत अवलोकन गरेको थियो । प्रतिष्ठानमा आगामी दिनमा मातृ शिशु केन्द्र, क्यान्सर अस्पताल, मुटु अस्पतालको चार सय सैøयाको लागि पानीको दीर्घकालीन स्रोतहरु अहिले नै खोज्नुपर्ने भएको छ । अहिलेकै आपूर्तिले अब धान्न सक्दैन । यसका लागि पतिष्ठानले
तरहरामा एक डिप बोरिङ्गको योजनालाई अगाडि सारेको छ । भविष्यमा प्रतिष्ठानले ५० लाख लिटर पानीको जोहो गर्नुपर्न देखिएको इन्जिनियर साहले बताउनुभयो ।
