प्रधान सेनापतिको पूर्वी क्षेत्रको भ्रमण

धरान÷कानुन त मुलुक संघीयतामा प्रवेश गरेपछि नेपाली सेनाका प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्रीले पूर्वी क्षेत्रको सुरक्षा अवस्था बुझ्ने अभिप्रायले दुई दिने स्थलगत भ्रमण गर्नुभएको छ ।
प्रधानसेनापति महारथी क्षेत्रीले माघ १३ गते पूर्वी पृतना मुख्यालय अन्र्तगत सुनसरी जिल्लाको कोशी टप्पुस्थित श्री सत्रुभञ्जन गुल्म, इलामस्थित पशुपति प्रसाद गण र सुनसरीको इटहरीस्थित गौरी बक्स गुल्मको निरीक्षण भ्रमण गर्नुभएको थियो । महारथी क्षेत्रीले निरीक्षण भ्रमणको क्रममा गण तथा गुल्मको स्थलगत वस्तुस्थिति लगायत अन्य विविध पक्षका बारेमा जानकारी लिनुका साथै सकल दर्जालाई सम्बोधन समेत गर्नुभएको थियो ।
त्यसैगरी प्रधानसेनापति
महारथी क्षेत्री माघ १४ गते
इटहरीस्थित राजदल गण, सिरहा जिल्लाको चोहर्वा स्थित २७ नं. बाहिनी अड्डा, बारा जिल्लाको जितपुर स्थित २८ नंं बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गरी सोही दिन काठमाण्डौ फर्कनु भएको थियो ।

तपाईको प्रतिक्रिया