भ्रष्टाचारीलाई फा“सी या मृत्यु दण्ड

भर्खरैमात्र नेपालको उत्तरी छिमेकी चीनमा १४ जनालाई गोली हानी मारिएको छ । त्यसभन्दा अगाडि पनि सात जनालाई मृत्यु दण्ड दिइएको थियो । हत्या गर्नु र मृत्यु दण्ड दिनुको प्रमुख कारण भ्रष्टाचार हो ।
संसारको कडा कानुन भएको मुलुकमध्ये चीन दोस्रो देश हो । कानुन मात्र कडा होइन कार्यान्वयन पक्ष अत्यन्तै प्रभावकारी समेत छ चीनमा । भ्रष्टाचार गरेको आरोपमा हालै ८ जना पुरुष र ७ जना महिलालाई राज्यले गोली हानेर हत्या गरेको छ । सरकरी कार्यालयमा काम गर्ने उनीहरुले २० करोड भ्रष्टाचार गरेको बताइएको छ ।
२० करोड भ्रष्टाचार गरेर उनीहरु भागेर जापान पुगेका थिए । तरचीन सरकरले उनीहरुलाई जापान सरकारको सहयोगमा आफ्नै देशमा ल्लाई गोली हानेर हत्या ग¥यो । सजायका अरु पनि धेरै पाटाहरु हुन सक्थे तर गोली हानेरै हत्या किन गरियो भन्नेमा त्यहाको सरकारले कुनै संसय बाँकी राखेको छैन । समृद्धिसागै पछिल्ललो समयमा चीनमा भ्रषचार सुसुप्त ढंगले मौलाउन थालेको छ । नेपालमा जस्तो भ्रष्टाचार संस्थागतचाहिँ भइसकेको छैन । हत्यामा संलग्न अधिकारीहरुका अनुसार भ्रष्टाचारीहरुलाई निरुत्साहित गर्न र एक प्रकोको मनोवैज्ञानिक त्रास सिर्जना गर्न पनि ती १४ जना भ्रष्टहरुलाई गोली हानेर हत्या गरिएको हो ।
तर नेपालमा भ्रष्टाचारीहरुलाई राष्ट्रिय स्तरबाट नै सम्मान
गरिन्छ । जसले राज्यका स्रोत साधनहरुलाई दुहेर खरबौ भ्रष्टाचार गर्छ ऊ सम्मानित बन्छ । आज नेपालमा भ्रष्टाचार कहाँ छैन । पदीय आड र रवाफमा यहाँ भ्रष्टाचार हुने गरेको छ । भ्रष्टाचारको पहिलो केन्द्र सिंहदबार नै हो । संहदरबारले भ्रष्टहरुलाई प्रोत्साहन गर्नेै गरेको छ । भर्खरैमात्र नेपालका मुख्य सचिवले मुख खोेले मैले पनि मुख्यमन्त्री बन्न आरजु देउवलाई बुझाएको हुँ । मुख्य सचिव जस्तो मान्छेले समेत नजराना बुझाएको सार्वजनिक गर्दा अन्यको हालत के होला ? सत्ता र शक्तिकै आडमा यहाँ भ्रष्टाचार हुने गरेको छ । प्रहरी महानिरीक्षक नियुक्ति गर्दा, सविचहरुको बढुवा गर्दा, प्रहरीको बढुवा गर्दा, मालदार ठाउँमा कर्मचारी पंजनी गर्दा हरेक ठाउँमा भ्रष्टाचार हुने गरेको छ । अर्थात भ्रष्टाचार नेपालमा संस्थागत भएको छ ।
स्थानीय निकायदेखि सिंहदरबारसम्म भ्रष्टाचारमात्र व्याप्त छ । भ्रषचार रोक्छौं, भष्टाचारीलाई कारबाही गर्छौ भनेर जनताको अभिमत लिएर सत्तामा पुगेकाहरु मुलुकको समृद्धि र विकासभन्दा भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार, सम्पत्ति सुद्धिकरण आयोगका पदाधिकारीहरु खरबौ भ्रष्टाचार गर्ने राजनीतिक दलको इशारामा नाच्छन् । उनीहरुलाई तिनै भ्रष्टहरुले नियुक्ति गर्ने गरेका छन् । जसका कारण ती निकायका पदाधिकारी ठूला भ्रष्टाचारी लाई प्रक्राउ गर्ने, कारबाही गर्ने हिम्मत जुटाउन सक्दैनन् । अख्तियार त पछिल्लो समय यति निरीह भएको छ कि उसले जन सरोकारका कर्यालयहरुमा कार्यरत कर्मचारीले सेवा ग्राहीबाट ५÷१० हजार घुस खाँदा मात्र प्रक्राउ गर्ने, निलम्बित गर्ने काम मत्र गरेको छ । यहाँ निर्मिाण हुँदै गरेका ठूला ठूला आयोजना, आर्थिक गतिविधि हुने भन्सार, राजस्व आदिमा आँखा पु¥याउनै सकेको छैन ।
वास्तवमा भन्ने हो भने नेपालमा विगतका शासन व्यवस्थाहरुमा भन्दा लोकतन्त्र र गणतन्त्रमा भ्रष्टाचार मौलाएको कटु सत्य कसैले अश्विकार गर्न सक्दैन । हिजोका खोया विर्के, सडक छाप र एउटा गतिलो टाउको लुकाउने झोपडी समेत नभएका नेताहरुको जीनस्तर उच्च सम्भ्रान्तको कोटीमा पुगेको छ । कसरी उकालो लाग्यो उनीहरुको आर्थिक हैसियत ? कारबाही गर्ने कसैको दबाब र प्रभावमा नपर्ने हो भने राजधनीमा भएका नेता, तिनका आफन्तको घर, गाडी, बंगलाहरुको स्रोत खोज्दा मात्र पर्याप्त हुन्छ । भ्रष्टाचार समाज र देशका लागि अभिषाप हो । चीनमा झै यहाँ पनि भ्रष्टहरुलाई फाँसी या मृत्यु दण्डको व्यवस्था हुनुपर्छ ।

तपाईको प्रतिक्रिया