अब अस्पतालबाटै जन्म दर्ता प्रमाणीकरण

धरान÷प्रविधिको विकाससंगै अब जन्म दर्ताका लागि अभिभावकहरुले स्थानीय सरकारको रुपमा रहेको धरान उपमहानगरपालिकासम्म धाउन नपर्ने भएको छ ।
पछिल्लो समय प्रदेश नंं १ मै पहिलो पटक धरान उपमहानगरपालिकाले एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरेर प्रतिष्ठानबाट नै सÏटवेयरमार्फत जन्मदर्ता गराउने र प्रमाणिकरण गरेर अभिभावकलाई प्रदान गर्ने थालनी आइतबारबाट शुरु गरेपछि भने जन्मदर्ताका लागि अनावश्यक झन्झट हटेर गएको हो ।
यो प्रविधिमार्फत पहिलो जन्मदर्ताको प्रमाणपत्र लिने भाग्यमानी अभिभावक बनेका छन् उदयपुर र बेलका नगपालिका–९, का मानबहादुर राइ र श्रीमति मीना राई । उनीहरुले प्रारम्भ गरेकै पहिलो दिन प्रतिष्ठानबाट नै प्रमाणीकरण गरेको जन्मदर्ता प्रमाण प्रँप्त गरे ।
छोरी जन्मेकै दिन आफूले जन्म दर्ता पाउछु भन्ने मानबहादुरलाई लागेकै थिएन । सोच्दै नससोचेको कुरा आफूले पाएकोप्रति अत्यन्तै आश्चर्यचकित र खुसीको सीमा र्नै नरहेको मानबहादुर बताउनुहुन्छ ।
यो प्रक्रियासंगै नक्कली जन्मदर्ता बनाउने, जन्म दर्ता बनाउन जादा स्थानीय निकायबाट पाउने झन्झट समाप्त भएर गएको छ ।
संघीय मामिला तथा स्थानीय विकास केन्द्रीय पञ्जिकरण विभाग, काठमाडौंको अभियानलाई साकार बनाउन पहिलोपटक प्रदेश नंं १ को धरानबाट शुरुवात गरेको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताउनुभयो । उहाले जन्मदर्ताको अनावश्यक झमेला हट्ने विश्वास व्यक्त गर्दे प्रतिष्ठानलाई समेत रेकर्ड राख्न सहज हुने बताउनुभयो ।
यो प्रक्रियाले जन्मिएका बालबालिकाको तथ्यांक राख्न सहज हुनका साथै धरान उपमहानगरपालिकाले अघि सारेको वालमैत्री सहरको अवधारणलाई समेत सार्थक बनाउने धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारीले बताउनुभयो । उहाले उहाले ग्रामीण भेगका महिलाहरु बच्च जन्माउन अस्पतालसम्म नआइपुग्ने र अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था भएको अवस्थामा यो प्रक्रियाले अब बच्चा जन्माउन अस्पतालमै पुग्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न पनि सहयोग पुग्ने बताउनुभयो ।
सफ्टवेयरको माध्यमबाट तथ्यांक राखिने भएकोले जन्मतर्दा प्रमाणिकरणमा हुने कानुनी अड्चन तथा व्यवधान अब हटेर जाने बताउदै सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले सहज र सरल ढंगबाट सेवाग्राहीले समेत सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
भविष्यमा यसलाई अझ परिस्कृत गर्दे लाने योजना राखेको यो प्रवृधिलाई भविष्यसम्म प्रतिष्ठानले सहयोग गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गारीशंकर रौनियारले बताउनुभयो ।
प्रतिष्ठानमा मात्र हैन धरान उपमहानगरपालिकाले धरानलार्ई ‘बालमैत्री सहरलाई सार्थक तुल्याउन सुत्केरी गराउने धरानमा रहेका नीजि अस्पतालमा समेत समन्य गरेर अगाडि बढ्ने भएको छ ।
सफ्टवेयरको माध्यमबाट दर्ता गरिने यो प्रक्रियाबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहानगरपालिकाको पञ्जिकरण शाखामा समेत रेकर्ड रहने भएकोले पनि यो प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ । यसलाई अझै विस्तृत गरेर लाने सोचमा धरान उपमहानगरपालिका लागेको छ ।

तपाईको प्रतिक्रिया