१४ औ अमर डिपो कप मंसिरको दोस्रो साता

१४ आंंै ललित अम्बर डिपो कप २०७४ आगामी मंसिरको दोस्रो सातामा हुने भएको छ ।
सानै उमेरदेखि खेलकुदको विकास गर्दै भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रत्येक बर्ष आयोजना गर्दै आएको विद्यालय स्तरीय प्रतियोगिता आगामी मंसिर ८ देखि १५ गतेसम्म हुन लागेको हो ।
आयोजक डिपो माविले धरानमा पत्रकार सम्मेलनका आयोजना गरी डिपो प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।
प्रा.वि स्तरीय प्रतियोगितामा सुनसरीका १६ वटा विद्यालयले प्रतिष्पर्धामा भाग लिने विद्यालयका प्राचार्य राजकुमार
राईले बताउनुभयो । उहाँले विद्यालय
स्तरदेखि नै खेलकुद प्रतियोगिता आयोजना गर्दै राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले विगत १३ बर्षदेखि लगातार यो प्रतियोगिता आयोजना गदै आइरहेको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
प्रतियोगितामा विजेता हुने टिमलाई नगद १० हजार, रनिङ्ग शिल्ट तथा प्रमाणपत्र प्रदान गरिने भएको छ भने दोस्रोे र तेस्रो हुने विद्यालयलाई क्रमश ः ५ हजार, ३ हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने जानकारी गराइएको छ । त्यस्तै प्रतियोगितातामा प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुने, सर्वाािधक गोलकर्ता र उदयीमान खेलाडीलाई समेत प्रोत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिएको समेत जानकारी गराइएको छ ।
डिपो माविको खेल मैदानमा आयोजना हुन लागेको सो प्रतियोगिताको १३ औं संस्करणमा आयोजक डिपो माविले प्रथम, पूर्व क्षेत्रीय प्रहरी आवासीय माविले दोस्रो र होलिल्याण्ड इन्टरनेशनल बोर्डिङ्ग स्कुलले तेस्रो स्थान हासिल गरेका थिए ।
नक आउटको आधारमा खेलाइने सो प्रतियोगितामा नक आउटबाट बाहिरिएका टिमहरुबीच प्रतिष्पर्धा
गराई दिलकुमार प्लेट च्याम्पियन समेत खेलाइदै आइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको
छ । यसपटक प्लेट च्याप्यिनका लागि प्रथम हुनेले ३ हजार र दोस्रो हुनेले २ हजार नगद, शिल्ड तथा प्रमाणपत्र पाउने समेत आयोजकले जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया