धनकुटामा राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता हु“दै

धनकुटा ÷ धनकुटास्थित हिलेमा अगामी भोलिदेखि राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिता कबर्ड हल उद्घाटनको अवसर पारेर हिले ब्याडमिन्टन क्लवले आयोजन गर्न लागेको हो ।
प्रतियोगिता खुल्ला पुरुष, खुल्ला महिला र भेट्रान गरी तीन समूहमा हुने आयोजकले जनाएको छ ।
खुल्ला पुरुषतर्फ प्रथम पुरस्कार कपसहित ५० हजार पाँच सय ५५, द्वितीय पुरस्कार २५ हजार पाँच सय ५५ र तृतीय पुरस्कार १० हजार पाँच सय ५५ रुपैया
राशीको रहेको छ ।
त्यस्तै, भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई कपसहित क्रमशः २५ हजार पाँच सय ५५, १२ हजार पाँच सय ५५ र पाँच हजार पाँच सय ५५ रुपैयाँ रहेको आयोजकको भनाई छ ।
यसैगरी, महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई कपसहित नगद २० हजार पाँच सय ५५, दश हजार पाँच सय ५५ र पाँच हजार पाँच सय ५५ रुपैयाँ छ ।
आयोजकका अनुसार उक्त प्रतियोगिता कार्तिक २३ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया