धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी कल्याण समाज आफूहरुको १९ बुँदे माग व्यवस्थापनले सम्बोधन नगरेको भन्दै आइतबारदेखि चरणवद्ध आन्दोलनमा उत्रिएको छ ।
प्रतिष्ठानको वैधानिकता प्राप्त समाजले कर्मचारीहरुको सेवा सुविधा बृद्धि, प्रतिष्ठानबाट पाउने सेवा सुविधाको गुणस्तर र दक्षता विस्तार तथा मितव्याय र पादरदर्शी आर्थिक प्रणाली, विकाससँग सम्बन्धित माग ज्ञापनपत्रमार्फत पेश गरिए पनि कुनै सम्बोधन नगरिएको भन्दै दैनिक तीन घण्टा उपकुलपतिको कार्यालय अगाडि पहिलो चरणको आन्दोलनमा उत्रिएका छन् ।
धर्नामा नर्सिङ, प्रशासनिक,
परामेडिक्स, चिकित्सक, विद्यार्थीहरुको सहभागिता रहेको समाजकी कार्यवाहक महासचिव जमुनादेवी भुर्तेलले जानकारी दिनुभयो । समाजले एक विज्ञप्ती प्रकाशित गरी आम कमचारी र प्रतिष्ठानको वृहत्तर हितलाई ध्यानमा
राखी समाजले अगाडि सारेको जायज मागहरुलाई पूरा गराउन प्रतिष्ठानका शिक्षक, विद्यार्थी लगायत सरोकारवाला सबै सक्षम सहयोग र ऐक्यबद्धाका लागि अनुुरोध समेत गरेको छ । समाजद्वारा जारी विज्ञप्तीमा भनिएको छ
कर्मचारीहरुको मैलिक हक–अधिकारका लागि शान्तिपूर्ण दबाबमुलुक कार्यक्रम गर्न पाउने हकलाई चुनौति दिँदै उपकुलपतिको निर्देशनमा प्रतिष्ठानभित्र र बाहिरबाट कर्मचारीहरुलाई धाकधम्की दिने जस्ता कार्यहरु समेत हुने गरेको गुनासाहरु समाजमा आएको हुँदा त्यस्ता कार्यको घोर निन्दा गर्दै कुनैपनि
कर्मचारीमाथि अप्रिय घट्ना भएमा त्यसको जिम्मेवारी स्वयम् उपकुलपति हुने समेत विज्ञप्तीमार्फत समाजले सचेत गराएको छ ।
यसै सम्बन्धमा हामीले प्रतिष्ठानका उपकुलपति प्रा.डा.
राजकुमार रौनियारसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो उच्च स्तरीय तलबमान आयोगको प्रतिवेदन अनुसार सेवा सुविधा तथा तलब बद्धि हुन्छ । हाल तीन सदस्यीय पुनरावोलकन कमिटी समेत बनिसकेको रौनियारले बताउनुभयो । प्रतिष्ठानका डिन सिवी झाको संयोजकत्वमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठ, डेपुटी रजिष्टार अमित श्रीवास्तव सदस्य सचिव रहेको पुनरावलोकन कमिटी गठन गरिएको रौनियारले बताउनु भयो । उहाँले भन्नुभयो प्रतिष्ठानमा फ्रेस भएर कम गर्ने वातावरण नै भएन । समाजको माग र आन्दोलनका सम्बन्धमा बुझ्न प्रतिष्ठानका प्रवक्ता पशुपति चौधरीसँग सम्पर्क राख्दा उहाँसँग सम्पर्क हुन सकेन ।
