चिनिया तस्करको नेपालमा फैलदो सञ्जाल

नेपालको उत्तरी छिमेकी मुलुक चिनियाँ तस्करहरुको सञ्जाल नोपलमा नेटवर्किङ्ग धन्दाको रुपमा फैलन थालेको प्रहरीको केन्दं्रीय छानबिन व्युरो सिविआइको पछिल्लो अनुसन्धानले देखाएको छ ।
सिविआइ अनुसन्धन अनुसार पछिल्ला बर्षमा नेपालमा चिनियँ तस्करहरुले गतिलैसँग जरा गाडेका छन् । विभिन्न अवरण्मा नेपाल प्रवेश गर्ने चिनियाँहरुको तस्करीको धन्दा एकातिर देखिन्छ भने नेपालका राजनीतिक दल, उच्च कर्मचारीतन्त्रहरुसँग साँठगाँठ गरी उनीहरुको गतिविधिको निगरानी गर्नु दािणको छिमेकी भारतीयहरुको गतिविधिको निगरानी गर्नु दोस्रो कार्य हुने गरेको अनुसन्धान व्युरो सिआइवीको अनुसन्धानले देखाएको छ ।
पर्यटन भिषामा छोटो समयका लागि नेपाल आउने चिनियाँहरु विभिन्न आवरामा होटल, रेष्टुराँ तथा अय व्यवसायमा समेत देखिन थालेका छन् । पछिल्लो पटक ८८ केजी सुन प्रकरणलाई समेत प्रहरीको अनुसन्धानले यही रुपमा प्रमाणित गरेको छ । केरुङ्ग नाका हूँद्यै काठमाण्डौको क्षेत्रपार्टीसम्म ल्याइएको ८८ केजी अवैध सुनको वास्तविक मालिम चिनियाँ नागरिक वान विई मिङ लामो समयदेखि ठमेलमा होटल व्यवसाय गर्दै आएका व्यक्ति हुन् । प्रहरीले केही कडाई गर्न थालेपछि चिनियाँ तस्करहरु न्यूनमात्रामा प्रक्राउ पर्न थालेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले ०६७ जेष्ठ ८ गते ४६ केजी सालकको खपटासहित दुई चिनियाँ, २०६९ कार्तिक ६ गते २ हजार ६ सय अवैध युअन सहित दुई, २०७० जेष्ठ २३ गते मयुरको प्वाँख र रक्तचन्दनसहित दुई, २०७२ चैत्र २२ गते ४ लाख डलरसहित १४ जना, २०७० माघ १ गते ८ केजी सुनसहित एक, २०७१ जेष्ठ १७ गते १० हजार अमेरिकी डलरसहित एक, २०७१ भदौ २२ गते ६४ केजी रक्तचन्दनसहित दुई,, २०७१ चैत्र १२ गते १ लाख १३ हजार डलरसहि एक, २०७४ सउन १४ गते कछुवाको हड्डी र मुखुण्डोसहित एक, २०७४ असार २१ गत २ सय ९६ जथान यार्सागुम्बासहित तीन, २०७३ चैत्रब २० गते ८० हजार डलर, दुई हजार नौसय २५ चाइनिज युआन र ३४ हजार भारतीय रुपयाँसहित १, २०७३ माघ १ गते साढे २ लाख अमेरिकी डलर, १ ला १८ हजार २ सय १० युआनहित ६ जना, ०७३ जेष्ठ १६ ते तीनकिलो एकसय ७७ ग्राम कोकिन सहित एक, २०७२ भदौ १० गते ६० हजार अमेरिकी डलरसहित एक, २०७२ माघ १९ ते जडिबुटी र रक्तचन्दन सहित तीन जनालाई प्रहरीले प्रक्राउ ग¥यो ।
अभिलेखमा रहेका यी र सामान्य उद ाहरणमात्र हुन् । चिनियाँ नागरिकहरु उत्तरका दर्जनौ नाकाहरु आवत जावतका लागि प्रयोग गर्छन् । कतिपयले भरिया मार्फ नै आफ्नो धन्दा सञ्चालन गर्ने गरेका छन् । सुन सहित अन्य तस्करीका समान ल्याउने र डलर लैजाने गर्छन् । २०७१ चैत्रमा काठमाण्डौ विमन स्थलबाट चिनियाँ महिला यिङ लु १ लाख १३ हजार २ सय ५० अमेरिकी डलरसहति प्रक्राउ परिने । रक्तचन्दन, सुन र डलरको कारोबारबाहेक चिनियाँहरु लागू औषध, वन्य जन्नुका अंग, जडिीबुटी तस्करी, यौन कोटीहरु सञ्चालनमा समृेत संलगन भएको प्रहरीको सिविआइ अनुसन्धानले देखाएको छ । २०६६ कार्तिकम १८ गते ठमेलमा घरको Ïलाइट नै भाडामा लिएर कोठी सञ्चालन गर्दै आएकी चिनियाँ नागरिक प्रक्राउ परिन् । त्यसरी कोठी सञ्चालन गर्ने महिलाको नाम प्रहरीले सार्वजनिक गरेन । चौध बर्ष यहाँ चिनियाँ तस्करहरल्े राजधानीसहित काभ्रे, सिन्धुपपाल्चोक, ठूलो मात्रामा रक्तचन्दनको अड्डा बनाएका छन् । ती दुई जिलबाट चियनाँ तस्करबाट पप्रहरीले १८ हरोड २ लाख बराबरको रक्तचन्दन बरामद गर्नुले पनि चिनियाँ तस्करहरुको सञ्जाल झाँगिदै गएको पुष्टि हुन्छ । सतहमा आएर उजागर भएका बाहेक अरबौको चिनियाँ तस्करी धन्दामा मन्त्री, प्रहरकिा उच्च पदस्थहरु नै संलग्न हुने गरेका छन् । पछिल्लो पटक समाचिएको ८८ केजी सुनमा पनि संललग्नताको गन्ध आइरहेको छ । नत्र किन गृह र प्रहरीको उच्च निकायबाट प्रतिक्रिया आएन ?

तपाईको प्रतिक्रिया