बाढीपीडिष्तलाई सहयोग

धरान, २३ भदौ ः सनसरीमा आएको बाढीका कारण पीडित भएका लोहोरुङ परिवारका ६ जनालाई किरात लोहोरुङ राई समाज सुनसरीले सहयोग प्रदान गरेको हो ।
धरानमा आज आयोजित कार्यक्रममा गत साउन २७ गते आएको अविरल बर्षाका कारण पीडित बनेका इटरीका बालकृष्ण राई, लालबहादुुर राई, देउकी राई, जयबहादुर राई, गोपाल राई र अजय राईलाई जनही १ हजार १ सय का दरले सहयोग प्रदान गरिएको हो।
संस्थाका अध्यक्ष शिवकुमार लोहोरुङ्गले पीडितहरुलाई एक कार्यक्रमका बीच सहयोग प्रदान गर्नुभएको हो । विगतदेखि नै जातीय पहिचानलाई कायम राख्दै आएको समाजले इटहरको तरहरामा रहेको धार्मिक स्थल संरक्षणका लागि युके लोहोरुङ राई समाजले लोहोरुङ राई समाज सुनसरलाई ३ लाख ७६ हजार ८ सय ९९ रुपैया प्रदान गरेको छ । लोहोरुङ समाज युकेका कोषाध्यक्ष मणि लोहरुङ र संखुवासभा लोहोरुङ समाजका अध्यक्ष भरत लोहरुङले सुनसरीका अध्यक्ष शिवकुमार लोहरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया