घण्टाघरबाट हेर्दा

खोक्रो र भरिलो
झालेमालेका अध्येक्षे खप्रओलाई अस्तिका दिन साह«ै जंग चलेकछ क्यारे । पश्चिमतिर गएर उन्ले कन्सिरीबाट पत–पत धुँवा निकालेर भने यहाँ मलाई खोक्रो राष्ट्रवादी भनेर काङ्ग माउले आरोप लगाएको सुन्छु । हैन हौ त्यो भरिलो राष्ट्रवाद कस्तो हुन्छ हँ ? पूर्व पश्चिम रेल कुदाउँछु भन्दा खोक्रो
राष्ट्रवाद भन्ने, हावाबाट विजुली निकाल्छु भन्दा त्यसै भने । अहिले रेल र हावाबाट विजुली निकाल्ने काम भइरहेको छ । काङ्ग–माउजतो लम्पसारवादी
राष्ट्रवादी केपी ओली हैन भनेर पटक पटक उन्ले कन्सिरीबाट धुँवा फाले । बोल्नचाहिँ जुनी पाएकै रै’छन् खप्रओले । उखान टुक्का पनि त्यो थुतुनोमा कति झुण्डिया हो । बोल्नलाई आँ ग¥यो अरु हाँसेर हिरिक्क । जे होस् खोक्रो राष्ट्रवाद र भरिलो राष्ट्रवादले यतिबेला राम्रै सनसनी मच्चाएको छ ।
सिद्धिने भयो राजपा
प्रदेश नं. २ मा चुनावको राप ह्वात्तै बढ्या छ । सबै दलहरु आÏनो पार्टी पहिलो हुने घोषणा गर्दै एक अर्काको लगौटी खोल्न व्यस्त छन् । कँग्रेसको बुई चडढेर यसभन्दा अगाडि वैतरणी तरेको माउवादीका अध्येक्षे प्रचण्डाउको ताइन तुइको फूर्ति देख्दा मतदाताहरु मनोरञ्जन हुन थाल्या छन् । गोडा ६ एक बजोटाहरु मिलेर बनेको राजापाको हविगत पनि त्यस्तै छ । आÏना नजिकका मसन्डेहरुलाई मात्र हातमा लिएर आन्दोलन गर्दै आएको राजपाको संविधान संसोधनले हावा खाएपछि लाचार भएर चुनाउ लड्न झ¥या
थ्यो । तर उमेदर चयनमा गोलमाल गरेपछि राम्रा राम्राले राजपालाई लोप्रयाएर झालेमालेमतिर गएपछि मधेश विरोधीको पगरी पाएको झालेमाले तनक्क तंग्रिएर आएको छ । खुबै २ नं. प्रदेशको फुइँ लगाउँथ्यो । राजपा अब इज्जत जोगउान नसक्ने अवस्थामा पुग्या छ आफ्ना गतिला गतिला मान्छेलाई विदा गर्नु कही झालेमाले र राजपाको गठबन्धन त होइन ।
सत्तरी सिट कन्फर्म
अरु बेला टाइसुट लगाएर बोल्दा नि इज्जत जाला जस्तो छुँदा नि दाग लाग्ला जस्तो देखिने माउवादीका अध्येक्षे प्रचण्डाउ मधेशी जन्तालाई वेकुव बनाउन चिया पसलमा बसेर गम्ता भिरेर बाट मार्न थाल्या छन् । उनका कुरा सुनेर गललल हाँसेका मधेशीहरुले मलाई माने मेरो पार्टीलाई वहुमत दिन्छने् भनेर गमम्क फुलेका छन् । तर उन्को तयो फुलाई २ गते पतिछ हावा खुस्केर चिपिक्क हुने देखिदैछ । गम्छा भिरेर चियाँ खाइदिदैमा भोट दिने भए मधेशवादी दलका नेताहरु सधै गम्ता घिरमरेरै चिया खाइदिन्छन्े । यतिबेला झन झालेमालेका सचिव योगेश भट्टराई झनै ठूलो गम्छा भिरेर तराई झरेपछि प्रचण्डाउको टेन्सिन बढ्या छ रे । भट्टराईले झालेमालेले ७० बढी ठाउँमा जित्छ भनेर भाषनै ठोक्न थालेसी’ प्रचण्डाउले रातारात सुईकुच्चा ठोकेछन् । अगुल्टोले हानेको कुति विजुली देख पनि तर्सन्छ भन्थे हो कि क्या हो ? गोडा विशेष बर्ष
बाउरामले तर्साएका प्रचण्डाउ योगेशको अगमनपछि सुइँकुच्छा ठोक्नु त्यस्तै हो कि क्या हो ?
आवश्यकता खड्कियो रे
हैन हौ हिजो आज माकुन्याउ माने झालेमालेका बरिष्ठ नेताको होस ठेगानमा छ कि क्या हो ? होस पनि कसरी ? विचरा चुनाउ, प्रचार प्रसारमा मधेश झरेका छन् । जहाँ गयो त्यही लघारिन थाल्याबेला अस्तिका दिन आफ्नै घरेलु बजार गौरतिर पुगेर मञ्चमा मच्चिइ मच्चिइ भाषण ठेकेछन् देशाा राजसंस्थाको आवश्केता खड्कियो । साँच्चै नै खड्किएको हो भने वित्थाँ किन जिब्रो चपाएर बोल्नु ? राजसंस्था चाहियो भनेर उफ्रदा भैहाल्छ नि । चािएको हो भने डा. गोविन्द केसीझै आमरण अनसन बस्नु प¥यो । हैन भने बोल्दै नबोल्नु ? थुतुनोमा जे आएको छ फलाकेको छ । फलाकी सकेसी’ काम पनि गर्नु नि ।
सिध्याउने भए
बीपीको १०३ औं जन्म जयन्ति भर्खरै सिद्धिएको छ । बीपीकै नाम भँजाएर बिल गेट्स बनेकाहरुले बर्ष दिनमा एकदिन फोाम माला र अविर लगाएर हात टक्टक्यए । भापान गर्दा फलाके बीपी बीपीमहान थे, या थे वा थे सम्म भने । त्यसपछि चिल्ला कारमा चढेर दौडिए । बस सिद्धियो बीपी जयन्ति । हे पसाद डुबाउने भए बीपीको विचारलाई । आफूलाई बीपीको सक्कली अनुयायी हुँ भन्नेहरु नै, बीपीका आज्ञाकारी हौ भन्नेहरु नै यतिबेला प्रदेश नं. २ को निर्वाचनमा हँसिया तौडामा भोटमग्दै हिड्न थालेका छ् । मुखमा राम राम बगालीमा छुरा भन्या यही हो । यस भन्दा अगाडिको दुई चरणमा हराएको चुनउामा पनि काँग्रेस मुखियाले हँीसया हतौडामा भोट आल्न भन्दा काँग्रेसको हालत पम्चर भयो । यसपटक फेरि पम्चर मात्र हैन सिध्याउने नै भए ।
राहत मिल्यो
भगवानले खनेको ओखली माने मुख भकारी माने पेट कहिल्यै रित्तो हुँदैन भन्थे हाम्रा गामघरका बूढापाकाहरु हो रै’छ । अब हेरम न बाढीले तहस नहस बनाएको मधेशका जना यतिबेला दिनैपिच्छे भोजमा रमाउन थाल्या छन् । धन्न चुनाउको मिति असोृज २ गतेलाई जुरेछ । नत्र विचराहरु पुका बाँधेर बस्नुपर्नै थियो । असोज २ गते चुानउ हुने एसी’ उमेद्वारहरुले भोट तान्न दिनैपिच्छे भोज खुवाउन थाल्या रै’छन । सरकार राहत मात्र जम्मा गर्छ बाँड्ने हैन । ७० रुपैये बाँड्नु पर्दा ७ हजारको तेल खर्च गरेर आउरे भाउरे अघिपछि लगाएर हिड्छ । दुई नं. प्रदेशका उमेद्वारले बाढी पीडितलाई ठूलो
राहत दिएका छन् । मतदाताहरु पनि बाठा भैदिएछन् । भोज सबैको खाने र भोटचाहिँ आफ्नाने मनले खाकालाई दिने रे ।
जो अगुवा…
जो अगुवा उर्सैले सडकमा विस्ट्याउन थालेसी बााी रहन्छ र ? अगुवाले अरुले बाटोमा विस्ट्याएको फोहोर पनि सफ गर्दै हिड्नपर्नेमा आपै विस्ट्याएपछि सिद्धिएन । अब हेरौ न हाम्रो देशका वाल्वाटारे मुखिया, घरेलु मन्तरी लगायतले आफ्नो सम्पीत्तको विवरण अझैसम्म बुझाएका छैनन् । सम्पत्तिको विवरण बुझाउ भनेर बारम्बार समबनिधत निकायले ताकेता गर्दा नि टेरपुच्छर लगाउँदैनन् । हुन त अक्टोपस जस्तै गरेर भुक्के चप्पल लगाएर काठमाण्डौ ओलिएकाहरुको आज खरबौको सम्पीत देखाउँदा जोरीपारीले मात्र होइन आफन्तहरुले पनि जिब्रो टोक्लान भन्ने डरले नदेखाएका होलान् ? आफ्नै हात जगन्नाथ । कि कसो हौ ?
अन्तेमा
नेपाली जन्ताको हितमा कुनै काम नगरेका तस्करहरुको संरक्षण, बलातकारी रातो पासपोर्ट,बेचुवा, औठा छाप, हरिलठक ६०१ बेकामे सांसदहरु कहिले जालान् भनेर नेपालीजन धुप बहालेर बस्या छन् । तर ती सांसदहरु जाने बेलामा समेत आजीवन नेपाली जन्ताको लाम्टा लुछ्ने नियतले यतिबेला सक्रिय भा’ रैछन् । उनेरले आजीवन सेवा सुुविधा आवास, मासिक तलब, कर्मचारीको व्यवस्था हाम्लाई हुनुपर्छ भनेर संसदमा विधेयक दर्ता गरा छन् रे । पिँधमा अगुल्टो झेस्नुपर्ने । आफ्ना लागि त्यत्रा कुरा माग्ेले जन्तालाइ फलानो फलानो कुरा हुनुपर्छ भनेर पिण्ड खाने माने जाने बेलामा समेत किन नबोल्या होलान् ?

तपाईको प्रतिक्रिया