महिलाको केश काटिएको विषयमा धरानमा चर्चा

 

धरान, २३ भदौ ः धरान १४ की एक महिलाको केश काटिएको विषयम अहिले चर्चाको विषय बनेको छ ।
धरान १४ विजयपुरमा रहेकी शान्ति जोगीको केश सुतेको समयमा काटिएको विषयले धरानमा चर्चा पाएको हो ।
धरान १४ विजपुरकी जोगीको विहीबार साझ ७ः ३० बजे सुतेको समयमा केश काटिएको केश काटिएकी ती जोगी वेहोस् भएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका लागि लगिएको विषयलाई लिएर धरानेहरु समेत आश्चर्य चकित भएका छन् ।
विहीबार साझ अदृश्य शक्तिले केश काटिएर बेहोस भई उपचारबाट धरान १४ को एक घरमा डेरा गरी बस्ने गरेकी ती पीडित महिलालाई यस विषयमा सोध्दा सुतेको समयमा किराजस्तो आवाज आएको र लामखुट्टे करायो भनेर उठेर बत्ती बाल्न खोज्दा आफू्नो पछाडिको चुल्टो काटिएको अवस्थामा पाएपछि आफू वेहोस भएको बताउनुहुन्छ ।
यस विषयमा उहाका श्रीमान गणेश जोगीले साझ ४ बजेको समयमा श्रीमति जोगी चिया नास्ता खाई फर्केकी श्रीमति खाना खाइसकेपछि सुत्ने क्रममा केश अदृश्य शक्तिले केश काटिदिएको बताउदै केश काटिएपछि श्रीमति वेशकोस भएको बताउनुभयो । पुस्तौपुस्ता गाउ घरमा फेरी लगाइ जोगीको काम गर्दै आउनु आएका श्रीमान् जोगीले अहिले आफू बजार निस्कनै नमिल्ने बताउनुभयो ।, उहाले श्रीमतिको केश आफैले काटेर हल्ला फिजाएको भन्दै आफूलाई अनावश्यक सोध्ने काम गरेको प्रति उहा दुःख मान्नुहुन्छ ।
काटिएको केश अहिले पनि जोगी श्रीमान श्रीमतिले सुरक्षित राखेका छन् । यस विषयमा इलाका प्रहरी कार्यृालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले यो कुनै भूत प्रेत अदृश्य शक्ति नभई चर्चा कमाउनका लागि अभिनय गरेको हुनुपर्ने बताउनुभयो ,। उहाले यस विषयमा अनुसन्धान शुरु भइसकेको र निष्कर्षमा पुग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया