गायक देवेन चम्जोङको एकल एल्बम विमोचन

धरान, गायक देवेन चेम्जोङको एकल एल्बम बिमोचन भएको छ ।
शब्द, संगीत र स्वर गायक चेम्जोङकै रहेको “स्पर्श” नामक सो एल्बमको बिमोचन कबि कार्यक्रमका सभापति कबि तथा पत्रकार दिवा चेम्जोङ, प्रमुख अतिथी किरात याक्थुम चुम्लुङ केन्द्रिय सचिव धु्रब मेन्याङ्बो, बिशेष अतिथी संगीतकार एवं संगीत प्रशिक्षक बिनोद राई “प्रियदर्शी”, अतिथीहरु किरात याक्थुम चुम्लुङ केन्द्रिय सदस्य विजय लुङ्फुङ्वा, पूर्व मेयर ध्यान बहादुर राईले गरेका
छन् ।
आईतबार धरान–९ स्थीत न्यु धरान गीत गजल तथा लोक दोहोरी साँझमा भएको बिमोचन कार्यक्रममा गायक चेम्जोङको आफनो एल्बममा समावेश हाक्पारे, आधुनिक, पप लगायतको गीत गाएका थिए । भने म्युजिक भिडीयोको पनि प्रदर्शनी
गरिएको थियो । कबि, साहित्यकार, पत्रकार तथा प्रगतिशील युवाहरुको समुह हुन्डरी ग्रुपद्धारा आयोजित सो बिमोचन कार्यक्रममा ग्रुपका सदस्य अनुल चेम्जोङले स्वागत मनतव्य
राखेका थिए भने उद्घोषण सन्जु
राईले गरिन् । यसैगरी कार्यक्रममा कलाकार तथा निर्माता भिष्मा चेम्जोङ, किरात याक्थुम चुम्लुङ केन्द्रि सदस्य विजय लुङ्फुङ्वा, पूर्व मेयर ध्यान बहादुर राई, गरिमा डान्स सेन्टर धरानका प्रबन्धक तथा नृत्य निर्देशक मणिकुमार लिम्बु, लिम्बुवान् आईडलका सेकेन्ड रनर अप एल बी लिम्बुलगायतको उपस्थीति रहेको थियो ।
त्र

तपाईको प्रतिक्रिया