ज्यान गए पाइदैन
सुशिला आमै माने पूर्व न्यायाधीशले अस्तिका दिन बडो चित्त दुखाउनु भयो । मान्छेको चित्त त हो दुखिहाल्छ नि । सत्तामा बस्नेदेखि दलका नेता तिनका आड भरोसामा बाँचेका नेता, आउरे भाउरे सबै यतिबेला खाने, लुड्याउने, ठग्ने धन्दामा लाग्या छन् । खाने, ठग्ने, लुँड्याउनेहरुको सञ्जाल केन्द्रदेखि तलो तहसम्मै छ । यस्तो गजबको देशमा आमैले म खान्न, म लिन्न म इमान्दर बन्छु भन्दा पनि नपाइने भयो भनेर गुनासो गरिछन् । लहे आमै यहाँ त जस्तो देश त्यस्तै भेष र केश बनाउनुपर्छ क्या । अन्धाको बीचमा पुग्दा आँखा बन्द गर्नुपर्छ, लंगडाको बीचमा पुग्दा खुट्टा खोज्याउनुपर्छ नत्र आँखा फुटाइदिन्छन् । खुट्टामा भाटाले हानेर ठनक्कै बनाइदिन्छन् । यहाँ त खान्न भन्न ज्यान गए नि पाइँदैन माथिदेखि तलसम्म नै खन्चुवा मात्र छन् । खान नमान्दा कसरी महाअभियोग लगाए ? हेक्का छ आमै ? अब बाँकी कुराचाहिँ आफै बुझ्नु है ।
पहिलो बन्ने होड
प्रदेश नंं. २ को स्थानीय चुनावमा यतिबेला सबै राजनैतिक दल पहिलो हुने लिगलिगे दौडामा सामेल भएका छन् । काँग्रेस जसरी नि पहिलो हुने भन्दैछ, माउवादी अर्काको बुइँ चढेर वैतरणी तर्न खोज्दैछ, झालेमाले कसैको बुइँ नचढी एक्लै दौडेर पहिलो हुन खोज्दैछ, मधेशीहरुको पार्टी राजपा मधेश हमरा हम पहिला होगे भन्दैछ । उता पशुपति शमशर राणाले जखरिएको हातले चड्कन लगाएका कमलाउ पिरोलिएर भुटभुटी खेलिरहेका छन, संघीय समाजादी र लोकतान्त्रिक च्याँखे हान्ने दाउ कुरेर बस्या छन् । अरु अइरे गैरे नत्थु खैरेको गणनै छैन । भोट तान्न प्रचण्डाउ ग्याँसकन सिलिण्डर र चामल धमाधम बाँडिरहेका छन, आफै फूल किन्न लगाएर आफैलाई माला
भिराउन लगाइरा’छन् । । उस्तै पहिरन पहिरिएर चिया दोकानमा बसेर गफ चुट्न थाल्या छन् । माने नोटको हरेक भूमिका मञ्चान गरिरा’छन । जे होस पहिलो बन्ने होड गजबकै छ ।
बिचरा बाउराम
मुलुकमा यतिबेला लोकल, ब्रोइलर र गिरिराजको चुनाउ हुँदैछ । माने स्थानीय लोकल, प्रदेश ब्रोइलर अनि संसदको गिरिराज । पहिलो भएको दुईवटा लोकक चुनाउमा भुत्लासुत्ला उखेलेर जनताले उत्तनो बनाइदिएका बाउरामको यतिबेला हलचल चालचुल केही छैन । निर्वाचन आयोगले एक्लै चुनाउ लडौ न त भने पनि चुनाउ चिन्ह दिएन । अरुसँग मिलेर लौ न त भन्दा कसैले पत्याउँदैन । क्या फसाद । फेरि यतिबेलै आÏनाहरु ताँती लागेर खोडेर पुरानै घर फर्किएसी अब बाउरामसँग तिनै हिस्स हिसिला बाँकी छन् । बाउरामलाई जस्तो दशा त शत्रुलाई नि नलगाहोस. । हुन त के गर्छस् मंगले आÏनै ढंगले भन्छन् । आफै सनक्क सन्किएर नयाँ पार्टी खोलेर हिडे अहिले पुर्पुरोमा हात राखेर के गर्नु बाबै ।
सबै काम रातमा
अस्तिका दिन खै तिन्का पार्टीको नाम के जाति हो कुन्नी केशरबहादुर विष्टले एउटा गजबैको कुरा गरे । यो
सरकार भन्या रात्री सरकार हो रे ।
सरकार पनि कही रात्री हुन्छ र ? एकछिन् त हैन ती केशरबहादुरको मथिंगल बिगे्रछ कि क्या हो जस्तो पनि लाग्या थ्यो । तर तिन्ले त ठीक कुरा पो ग¥या रै’छन् । उन्ले भन्या डिआइजी बनाउँदा राती निर्नय गद्धर्छन्, धर्मनिरपक्षे राती घोषणा गर्छन्, राजा फाल्ने निर्नय राति गर्छन् । प्रधान न्यायाधीशमाथि महाअभियोग लगाउने निर्नय राति गर्छन्, सविधान
राति घोषणा गर्छन्, माफियाहरुलाइ मेडिकल कलेज खोल्न दिने निर्नय राति गर्छन् केशरबहादुर विष्टले भन्या । त्यसैले यो सरकार रात्री सरकार हो रे । विष्टले खै कुरा बुझ्या ? विचारा सरकार दिनभरि काम ग¥याग¥यै हुन्छ अनि राति निर्नय गर्नु परेन त ?
निकाश पाउ“छ रे
अस्तिका दिन बाल्वाटारे मुखियाले पश्चिमको महेन्द्रनगरतिर गएर दह«ै खोकेछन् । भ्याक भ्याक र भुकभुक गदै उन्ले गफ जोतेछन, सबै तहको निर्वाचन सिद्धिएसी मुलुकले निकास पाउँछ रे । गफ गर्दा नि हुने खाने गफ पो गर्नुपर्छ त हुँदा खाने गफ गरेर नि कही हुन्छ ? सबै चुनाउ सिद्धिएसी संघीय लोकतात्रिक गणतन्त्रको कार्यान्वयन हुन्छ रे । त्यसपछि के हुन्छ फुइøया ? कफनमा जहाज चढेर आएकाहरुबाट चलेको देशा कार्यान्वयन भए नि नेतालाई फाइदा नभए पनि नेतालाई फाइदा । हिजो ६०१ लाई गाँस कटाएर पालेका थिए अब गाउँ नगर प्रदेश र केन्दंैसम्मका लाई पाल्नुपर्ने चिन्ताले जन्ता भुटभुटिएकोचाहिँ काजीले सोचेकै छैनन् । नेता हृष्टपुष्ट, सुकिला, खाइलाग्दा हुँदा मुलुक दह«ो हुने रै’छ क्यारे । कि कसो हौ ?
धुलै काढ्ने भए
झालेमालेका बरिष्ठ नेता माकुन्याउलाई यो महिना साढे सातिले नै छोएको छ कि क्या हो ? विचरा जहाँ जान्छन् त्यहाका जन्ताले भ्याकुरो खेदाएझै खेदाउँछन् । राजविराजमा आए राजपाका कार्जेकर्ताले टिक्नै दिएन, जनकपुर पुगे त्यहाँ पनि त्यस्तै हालत बनाइदिए । हुँदहुँदा सबैतिरबाट लखेटिएर लखतरान परेसी वीरगञ्ज महानरपालिका पुग्या थे त्यहाँ झन उत्पातै मच्चाइदिए । चप्पलको घुएत्रो हान्नेदेखि पार्टीका कार्यालय समेत घेरिदिएछन् । अब माकुन्याउ मधेश झर्दा यसो पशुपतिनाथ गएर स्वास्ती शान्ति गराएर गए बेश हुन्थ्यो कि ?
आचारसंहिताको फसाद
नानीभना आँची ठूलो भन्ने नेपाली उखान यतिबेला निर्वाचन आयोगको आचारसहितासँग ठ्याक्कै मेल खान पुगेको छ । उमेद्वार र दलका नेताहरु छाडा नहुन भनेर सूर्य अंकित चिन्ह लगाउँन पाइदैन भनेर स्पटीकरण नै सोधेछ । भोलि कुनै उमेद्वारको पेन्ट पर्ला अनि के कट्टु लगाएर प्रचार गर्नु, कसैको चुनाउ चिन्ह सर्ट पर्ला नाँंगै प्रचारमा हिड्नु । कसैको टोपी पर्ला अनि खुइलिएको तालु लिएर हिड्नु ? आयोगको आचारसंहिताले यतिबेला कम्ता फसाद पा¥या छैन राजनैतिक दलका नेताहरुलाई ।। जहाँ जहाँ चुनाव हुन्छ त्यहाँ त्यहाका रुख पनि गिड्नुप¥यो, छाता ओढ्नु भएन त्यो पनि कसैको चुनाव चिन्ह नै हो, चश्मा लगाउनु भएन, केरा खानु भएन, बच्चा बोक्नु भएन । यी सबै चुनाउ चिन्ह नै हुन् क्यारे । कि कसो हौ ?
अन्तेमा
आपूर्ति मन्तरी प्रभु शाह पहिला पहिला नेपाल आयल निगमका भ्रष्ट निर्देशक गोपाल खड्कालाई कारबाही गरेरै छाड्छु भन्थे । हिजोआज गोपालको नामै लिदैनन् । खड्का काजीले साहको थुतुनोमा दह«ै बुझो लगाइदिएछन्
क्यारे । जे गर्छ त्यही बुझोले नै गर्छ । कस्ता कस्ता सवासेरहरु थुतुनो बुझिने गरी बुझो परेसी’ त्यसै लल्याकलुलुक हुन्छन् । आखिरी सिजनल मन्त्री न परे । भोलि फेरि मन्त्री भइएला न भइएला ठेगान छैन । अहिल्यै यसो थोर बहुत पड्काए घर परिवार खुसी । कि कसो हौ ?

