लाखौंको अबैध कपडा बरामद

मोरङ ÷ मोरङको सुनवर्षी नगरपालिका–५ स्थित अमरदह बजारबाट प्रहरीले ठूलो परिमाणमा अबैध कपडासहित तस्करीमा संलग्न २ जनालाई पक्राउ गरेको छ । प्रहरीले करिव १७ लाख मूल्य बराबरको अबैध कपडा बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीले डाइनिया हुँदै पथरीशनिश्चरेतर्फ मे १ च ४३०५ नम्बरको पिकअप भ्यानमा नक्कली विल बनाएर अबैधरुपमा कपडा तस्करी गरिरहेको अवस्थामा उनिहरुलाई सामान सहित पक्राउ गरेको हो । प्रहरीले अबैध धन्दामा संगलग्न रहेको आरोपमा विराटनगर महानगरपालिका ६ बस्ने अशोक सहनी र दमक नगरपालिका ९ बस्ने सुमन शेर्पालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार बस्नेत सप्लार्यस विराटनगरको नामबाट करिव १७ लाख मूल्य बराबरको बिल बनाएर ठूलो परिमाणमा कपडा लैजाँदै गरेको अबस्थामा चेकजाँच गर्दा बिल बमोजिमको सामान नभेटिएकाले पक्राउ गरिएको हो । प्रहरीले पिकअप भ्यान सहित नियन्त्रणमा लिइएका २ जना र कपडा आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया