धरान÷नेपाल नर्सिङ संघ बि.पी.
कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान इकाईले बुधबार भोक्राहाका बाढी पीडितलाई राहत वितरण गरेको छ ।
नेपाल नर्सिङ संघ बि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान इकाईका अध्यक्ष उपेन्द्र यादवको पहलमा भोक्राहाका दुई सय घर परिवारलाई राहत समाग्री
वितरण गरेको हो ।
उक्त कार्यक्रममा बि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपेन्द्र यादव, सुनिता शाह, हरि राई, लक्ष्मी राई, मञ्जु श्रेष्ठ, कृति चौधरी, रम्भा सिग्देल, पन्ना
राई, कृति थापा, सिर्जना प्रधान, बिनिता तामाङ, सजु गुरुङ, अनु थापा, माया श्रेष्ठ, दिप थापा तथा नेविनाको सहभागि थियो भने इनरुवा सुनसरी अस्पतालबाट नेपाल नर्सिङ संघ जिल्ला सुनसरी साखाकी अध्यक्ष करुना तिमिल्सिना र राष्ट्रिय सवास्थ्य कर्मी संघ सुनसरीको अध्यक्ष मैया तामाङ को समेत सहभागी थियो ।
सुनसरी खोलामा साउनको अन्तिम सत्तामा आएको बाढीबाट पीडित बनेका भोक्राहाका बाढी पीडितलाई नेपाल नर्सिङ संघ बि. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान इकाईले खाद्यान समाग्री
वितरण गरेको हो ।
भोक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव र वडा अध्यक्ष
रामचन्द्र यादवको सहभागितामा स्थानीय प्राथमिक विद्यालयमा राहत वितरण कार्यक्रमको आयोजना गरी पीडितलाई राहत वितरण गरिएको नेपाल नर्सिङ संघ बि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान इकाईका अध्यक्ष यादवले बताए ।
सुनसरी खोलामा आएको बाढीले भोक्राहा गाउँपालिकाका सर्वसाधरण बढी प्रभावित बनेको थियो । भोक्राहा गाउँपालिकाका बाढी पीडितले राज्य पक्षबाट उचित राहत नपाएको गुनासोको अधारमा सो गाउँपालिकामा राहत वितरण गरीएको संघले जनाएको छ ।
प्रत्येक बाढी पिडित परिवारलाई चाउचाउ एक प्याकेट, चिउरा १ के. जी., चिनी ५सय ग्राम, भुजा ५सय ग्राम, साबुन १ थान, ब्रस र टुथपेस्ट गरी २ सय बाढी पीडितलाई राहत वितरण गरीएको हो । साथै बि. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टर श्रीमती संघका तर्फबाट २३ थान नयाँ तन्ना समेत बाढी पीडितलाई वितरण गरीएको थियो ।
