इनरुवा÷ अविरल बर्षाले तराईका अधिकांश भूभाग डुबानमा परेकोे दुई साता भन्दा बढी पुगिसक्यो । अहिलेसम्म न गाँस छ न बास छ न त आफले लगाएको खेति नै खानको लागि रहयो । सबै डुबानमा परेपछि सुनसरीका बासिन्दाहरु राहतको पर्खाईमा धेरै कुरे । तर राहतको नाममा केही नआएपछि उनीहरुको धर्यताको बाध फुट्यो र राहत नपाएको भन्दै सुनसरीका पीडितहरुलेसुनसरीको सदरमुकाम इनरुवादेखि ३ किलोमिटर पश्चिम पूर्वपश्चिम लोकमार्ग अन्तर्गत भोक्राहामा करिव दुईघण्टा ठप्प पारे । अवरुद्ध यातायात हटाउन जाने क्रममा प्रहरी र सर्वसाधारणबीच झण्डै झडप भएको थियो ।
शुक्रबार करिव १ बजेदेखि ३ बजेसम्म सुनसरीको भोक्राहा गाउ पालिकाका डुबान पीडितहरुले सडक नै अवरुद्ध पारे । सडक अवरुद्ध पानुृको मुख्य कारण थियो डुबानमा परी घरबारविहीन भएको दुई साता भन्दा बढी भइसक्यो तर राहत कतैबाट आएन । आजित भएर उनीहरुले प्रशासनलाई झक्झयाउन दुई घण्टा सडक अवरुद्ध पारेका हुन ।
यातायात अवरुद्ध भएका
कारण पश्चिमबाट पूिर्व उत्तर, दक्षिणतर्फ जाने सवारी साधन ठप्प भए पनि काठमाण्डौबाट धरान, काकडभिटटा र विराटनरतर्फ आएका रात्री बसहरु समेत बाटैमा रोकिए ।
राहत अहिलेसम्म नपाउनुको मुख्य कारण राहतमा समेत
राजनीतिकरण भएको उनीहरुको बुझाई छ ।
आक्रोसित पीडितहरुले केही समय अगाडि सरकारले झुक्याउनका लागि केही चामल, भुजा, चाउ दिए पनि पुनस्र्थापना तथा उद्धआक्रोसित पीडितहरुले केही समय अगाडि सरकारले झुक्याउनका लागि केही चामल, भुजा, चाउ दिए पनि पुनस्र्थापना तथा उद्धारका लागि केही जिल्ला प्रशासन कार्यालय सुनसरी अन्तर्गतको दैवी प्रकोप उद्धार समितिले केही नगरेको भन्दै आक्रोस समेत पोखे ।
आक्रोसित पीडितहरुले सडक अवरुद्ध बनाएपछि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको टोली अवरुद्ध सडक खुलाउन जादा त्यहा झण्डै झडप भयो । अन्त्यमा प्रहरीले दुई घण्टापछि अवरुद्ध सडक खुलाउन सफल भयो ।
यस भन्दा अगाडि उनीहरुले
राहतको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा घेराउ गरे । घेराउ गर्दा पनि कुनै आश्वासन नपाएपछि उनीहरुले सडक अवरुद्ध गर्न बाध्य भएको बताउछन् स्थानीय
पीडितहरु ।
पीडितहरुले राहतको माग गर्दै आन्दोलन चर्काइरहेका बेला जिल्ला प्रशासन कार्यालयको दैवी प्रकोप उद्धार समिति भने उद्धाकारको विषयमा छलफलमा व्यस्त हेको थियो । सुनसरीका उद्योगी व्यवसायी, जननिर्वाचित नगरपालिका, गाउपालिकाका प्रमुखहरु तथा सरोकारवालाहरु छलफलमा व्यस्थ देखिन्थे । उनीहरुले धेरै ठाउमा राहत नपुगेको, पुगेको स्थानमा पनि कमसल लत्ताकपडा, कुहेको चामल लगायतका सामाग्री पुगेकोप्रति प्रमुख जिल्ला अधिकारी गोपाल आचार्यलाई गुनासो गरेका राखेका थिए । छलफलकै क्रममा प्रजिअ पराजुलीले कमसल सामाग्री र सडेगलोक सामाग्री वितरण नगर्न नवनिर्वाचित गाउपालिका प्रमुखलाई अनुरोध समेत छलफलमा गर्नुभयो । उहाले आक्रोसित मुद्रामा यदि त्यस्तो कमसल सामाग्री वितरण गरेको खण्डमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने धम्की समेत गाउ प्रमुखलाई दिनुभयो ।
यो अवस्था हेर्दा नेपालीहरुले सरकारको उपस्थिति छ कि छैन भन्ने प्रश्न गर्नुपने अवस्था आएको छ । साउन २७ गते को दैवीप्रकोपबाट पीडितले अझै राहत नपाउनु र पाउनले समेत कमसल सामाग्री र कुहेको चामल पाउनुले जनप्रमुख निर्वाचित भएर आएपनि त्यसको महसुस सर्वसाधारणल गर्न नसकेको स्पष्ट हुन्छ । सुनसरीमा डुबानमा
परी ३ हजार घर परिवार विस्थापित भएको १२ जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालय सुनसरीको तथ्यांकमा उल्लेख छ । यिनीहरुको पुनस्र्थापना, राहतका लागि प्रशासनकै मातहतमा रेस्क्यु टोली गठन गरे पनि यो टोली पीडितसम्म पुग्न सकेको छैन । सरकारले दैवी प्रकोपमा
परेकालाई राहत दिन रकम निकासा भइसकेको अवस्थामा पनि पीडित सम्म नपुग्नुलाई बिडम्बबना नै मान्नुपर्छ । भुकम्प गएको २ बर्षभित्र भइसक्दा पनि अझै राहत र पुनस्र्थापना हुन नसकेको मुलुकमा बाढी पीडितले पनि समयमै राहत पाउलान् भन्ने अवस्था भने छैन ।

