१. नेपालका सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवा र डा. आरजु राणा देउवा भारतका पधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा २३ देखि २७ अगस्तसम्म भारत भ्रमणमा
जानुभयो । भ्रमण दलका नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, नेपालका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपालका सँस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीतेन्द्रनारायण देव, वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा, सांसदहरु तथा नेपाल सरकार अन्य उच्च पदस्थ अधिकारीहरु संलग्न हुनुहुन्थ्यो ।
२. नेपालका प्रधानमन्त्रीलाई
राष्ट्रपति भवनको प्रांगरणमा अगस्त २४ मा विशिष्ट सम्मान साथ स्वागत गरिएको थियो । देउवाले सोही दिन महात्मा गान्धीको समाथिस्थलमा पुगेर गान्धीप्रति श्रद्धा प्रकट गर्नुभयो । नेपालका प्रधानमन्त्रीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बेन्किया नायड्ड, विदेशमन्त्री सुष्मा स्वराज, अर्थमन्त्री अरुण जेट्लीसँग पनि भेटवार्ता गर्नुभयो ।
३. नेपालका पधानमन्त्रीले
भारतका उद्योग वाणिज्यसम्बन्धी विभिन्न निकायहरुले संयुक्त रुपमा आयोजित कार्यक्रममा त्यहाँको
व्यापारिक समुदायसँग कुराकानी गर्नुभयो । उहाँले दिल्लीमा थिंकवाकहरुलाई समेत सम्बोधन गर्नुभयो । दिल्लीमा
औपचारिक भेटघाटपछि उहाँको
हैदरावाद, तिरुपाती र बोधगया समेत जानुभएको थियो ।
४. दुई प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धमा सबै पक्षबारेमा सघन छलफल गर्नुभयो । नेपाल र भारत बीचको निकट र आत्मीय सम्बन्ध प्रतिबिम्बित गर्न हार्दिक न्यानो वातावरणमा वार्ताहरु सम्पन्न भए । भ्रमणमा संलग्न अतिथिहरुको सम्मानमा भारतीय प्रधानमन्त्रीले औपचारिक भोजको समेत आयोजना गर्नुुभयो ।
उच्च स्तरीय आदानप्रदानको माध्यमबाट सहकार्य
५.भारतीय पधानमन्त्रीले नेपालको प्रधानमन्त्रीलाई आफ्नो भारत भ्रमणको निम्ता स्वीकार गरेकोमा धन्यवाद दिँदै सन् २०१७ को जुनमा पद सम्हालेदेखि पहिलोपटक यहाँ आउनु भएका देउवालाई न्यानो स्वागत गर्नुभयो । प्रधानमन्त्रीका रुपमा देउवाको यो चौथो महत्वपूर्ण भ्रमण हो र नेपाल–
भारतबीचको कुटनीतिक सम्बन्ध स्थापित भएको सत्तरीऔं बर्ष पूरा हुदै गर्दा यो भ्रमण भएकोले यसले विशेष अर्थ राखेको छ । नेपालका प्रधानमन्त्रीले भारत सरकार र यहाँका जनतालाई स्वतन्त्रताको ७० आं बर्ष पूरा गरेकोमा बधाई दिनुभयो । उहाँले भारतीय प्रधानमन्त्रीलाई आफू र आफ्नो टोलीलाई भ्रमण निम्ता दिएको र आतिथ्य प्रदान गरेकोमा धन्यवाद दिनुभयो ।
६. भारतीय प्रधानमन्त्रीले भारत र भारतीय जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनतालाई बाढीका कारण भएका अमूल्य जीवन, सम्पत्ति र पूर्वाधार क्षतिबारेमा गहिरो समवेदना र सहानुभति पकट गर्नुभयो । उहाँले सम्भव भएसम्म सहायता प्रदान गर्न भारत तयार भएको धारणा व्यक्त गर्नुभयो नेपालका पधानमन्त्रीले नेपालको सहायता प्रयासमा भारतले गरेको सहयोगका निम्ति धन्यवाद दिनुभयो । उहाँले भारतीय पक्षबाट भएका जीवन र भौतिक पूर्वाधारहरुको क्षतिका विषयमा पनि गहिरो समवेदना र समानुभूति प्रकट गर्नुभयो ।
७. दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्ध अघि बढाउने गरी हुने गरेका नियमित उच्चस्तरीय भ्रमणमा भएका आदनप्रदानबारे सराहाना व्यक्त
गर्नुभयो । उहाहरुले सहकार्यका विविधि क्षेत्र सम्बन्धी बैठकप्रति सराहाना व्यक्त गर्नुभयो । दुवै प्रधामन्त्रीले नेपालको व्यवस्थापिका संसदका सदस्यहरुको भ्रमणलाई स्वागत गर्नुभयो र दुवै देशका संसदबीच यस्ता खालका भमणमा बृद्धि हुने आशा व्यक्त
गर्नुभयो ।
८. दुवै प्रधानमन्त्रीले दुई देशबीच रहेको गहिरो, वृहत् र वहुआयामिक उत्कष्ट सम्बन्धबारे सन्तुष्टि व्यक्त गर्नुभयो । दुवैले दुई देशको हितनिम्ति द्विपक्षीय सम्बन्धलाई अझै गहिरो पार्न नयाँ सम्भावना खोज्ने र विद्यमान संयन्त्रहरुलाई पुनजीर्वित पार्ने विषयमा समेत संकल्प गर्नुभयो । दुवै प्रधानमन्त्रीले दुवै देशका आकांक्षा, संवेदनशीलता र स्वार्थहरुलाई ख्याल राख्दै द्विपक्षीय विश्वास, हार्दिकता, द्विपक्षीय हितका पक्षमा हुने गरी दुई देशीय सम्बन्धलाई मजबुत पार्ने विषयमा आÏनो अडान दोहो¥याउनु भयो ।
९. दुवै प्रधानमन्त्रीले शान्ति, विकास र समृद्धिका लागि प्रजातान्त्रिक संस्थाको अपरिहार्यतामा जोड दिनुभयो । नेपालका प्रधानमन्त्रीले नेपालमा हालै विकसित राजनीतिक घट्नाक्रमबारे भारतीय प्रधानमन्त्रीलाई जानकारी
गराउनुभयो । भारतीय प्रधानमन्त्रीले दुई चरणमा सम्पन्न स्थानीय तहको चुनावको सफलताको स्वागत गर्दै त्यसका लागि नेपाली प्रधानमन्त्रीलाई बधाई दिनुभयो । संविधान कार्यान्वयन प्रक्रियामा जाँदै गर्दा तथा नेपाललाई संघीय लोकतान्त्रिक व्यवस्थामा स्थापित गर्दै गर्दा यसमा संलग्न समाजका सबै तहलाई समेट्न नेपाल सरकारले गरेको प्रयासको प्रशंसा गर्नुभयो । स्थानीय तहको चुनाव सम्पन्न गर्न भारतले गरेको सहयोगको लागि नेपालका प्रधानमन्त्रीले धन्यवाद व्यक्त गर्नुभयो ।
१०. दुवै पधानमन्त्रीले सन् २०१५ को फ्रेबुअरीमा स्थापना भएदेखि नेपाल भारत सम्न्धमा प्रबुद्ध व्यक्तिहरुको समूहले गरेका चार चरणका बैठकहरुको प्रगतिबारेमा सन्तोष व्यक्त गर्नुभयो । दुवै पधानमन्त्रीले तोकिएकै अवधिमा दुई देशबीचको निकट र बहुआयामिक सम्बन्ध अझै सुमधुर पार्ने खालका सुझाव समेटेर उक्त समूहले कार्यविधि र क्षेत्राधिकारअनुसार विगतका जुनसुकै द्विपक्षीय सन्धि र सम्झौताहरुको समीक्षामा आधारित आÏनो प्रतिवेदन बुझाउने अपेक्षा व्यक्त गर्नुभयो ।
प्रतिरक्षा र सुरक्षा सहकार्य
११. दुवै प्रधानमन्त्रीले जारी रक्षा सहकार्यबारे सन्तुष्टि व्यक्त गर्नुभयो र
भारतीय सेना र नेपाली सेनाबीच अझै सहकार्य बृद्धि गर्नेबारे प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालका प्रधानमन्त्रीले नेपाली सुरक्षाकर्मीको तालिम र क्षमता अभिवृद्धिमा जारी सहयोगको लागि भारत सरकारलाई धन्यवाद दिनुभयो ।
१२. दुवै देशका प्रधानमन्त्रीले सुरक्षा सम्बन्धी विषयमा उत्कृष्ट सहकार्यको निम्ति सन्तुष्टि व्यक्त गर्नुभयो । दुवै पक्षले
भारत–नेपालको द्विपक्षीय सम्बन्धमा विशेष चरित्रको रुपमा रहेको र दुवै देशका
नागरिकको विनारोटतोक आवागमन सम्भव तुल्याउने खुला सीमानाको अवाञ्छित तत्वबाट दुवैतर्फको सुरक्षामा चुनौति पर्ने गरी दुरुपयोग नगरिएको बारे प्रतिबद्धता व्यक्त गर्नुभयो । दुवै पक्षले आफ्नो देशको भुभाग अर्को पक्षको अहित हुने गरी प्रयोग नगर्ने विषयमा जोड दिनुभयो ।
दीगो विकासका लागि सहकार्य
१३. दुवै प्रधानमन्त्रीले सन् २०१६ मा स्थापित ‘निरीक्षण संयन्त्र’ र संयन्त्रमार्फत असमझदारी हटाउन भएका प्रगति र द्विपक्षीय आर्थिक र विकास सहयोग अन्तर्गत भएका जारी योजनाहरुको द्रुत कार्यान्वयनका बारेमा सन्तुष्टि व्यक्त गर्नुभयो ।
१४. भारतीय प्रधानमन्त्रीले भुकम्पपश्चातको पुनर्निर्माण प्रतिबद्धतालाई नेपाल सरकारसँग मिलेर शीघ्र अघि बढाउने विषयमा जोड दिनुभयो । दुवै प्रधानमन्त्रीले भारतले गर्ने पुननिर्माण सहयोग कार्यान्वयनको लागि प्रारुप चयन र पहिचान गरिएका चारवटा क्षेत्रमा योजना पहिचान बारेमा सन्तुष्टि व्यक्त गर्नुभयो । भुकम्पपछिको पुनर्निर्माणको लागि ७५० मिलियन
अमेरिकी डलर अनुदान सहयोग अन्तर्गत सबैभन्दा अघिल्ला योजनाहरु पहिचान गर्ने सहमति भयो ।
१५. दुवै पधानमन्त्रीले नेपालको सडक निर्माण र विद्युत पूर्वाधारको लागि एक सय मिलियन र ३५० मिलियन अमेरिकी डलर अनुदान सहयोग उपयोगबारे सन्तुष्टि व्यक्त गर्नुभयो । दुवै प्रधानमन्त्रीले दुई सय
अमेरिकी डलर सिँजाई परियोजना र लाइन अफ कन्ट्रोलबाट ५५० मिलियन अमेरिकी डलरमध्ये ३३० मिलियन अमेरिकी डलर सडकको लागि छुट्याइएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो ।
१६. दुवै प्रधानमन्त्रीले प्रत्येक देशको परिवर्तनीय प्रकृतिका सामाजिक र आर्थिक प्रयासबाट सिक्ने गरी दीर्घकालीन प्रभावका रचनात्मक विकाससम्बन्धी एजेन्डाको लागि आवहान गर्नुभयो । यो लक्ष्य प्राप्त गर्न बार्षिक रुपमा भारतको नीति आयोग तथा नेपालको राष्ट्रिय योजना आयोगबीच नीतिगत छलफल शरु गर्नेबारे सहमति गरियो ।
पूर्वाधार विकासमार्फत अन्तरदेशीय कनेक्टिभिटी बृद्धि गर्ने
१७. दुई देशका प्रधाानमन्त्रीले
भारत र नेपालबीचको सहज सम्पर्कले नागरिक–नागरिकबीच सम्पर्क र आर्थिक बृद्धि गर्नेबारेमा समान धारणा राख्नुभयो । द्विपक्षीय कनेक्टिभिटीका योजना कार्यान्वयनबारेमा भएका प्रगतिबारेमा समीक्षा गरियो । दुवै पक्षले जारी निम्ति अन्तरदेशीय रेल सञ्जालसम्बन्धी दुई योजनालाई शीघ्र कार्यान्वयन गर्नुपर्ने आवश्यकतारबारे महसुस गरियो ः (क) जयनगर–विजलपुर–बर्दीबास र (ख) जोगबनी–विराटनगर रेल सञ्जाल । दुवै प्रधानमन्त्रीले जयनगरदेखि जनकपुर जोगबनीदेखि विराटनगर भन्सार नाकासम्म सम्पन्न हुने रेललाइनबारे सन्तुष्टि व्यक्त गर्नुभयो । दुवै योजना छिटो सक्न यससँग सम्बन्धित सबै समस्या समाधान गर्ने प्रतिबद्धता
जनाइयो ।
१८. दुवै प्रधानमन्त्रीले रेल सञ्जालले बढ्दो व्यापार र पर्यटकीय सञ्जालमार्फत विकास र समृद्धिमा
सकारात्मक असर पर्ने उल्लेख गर्दै यसको महत्वमा जोड दिनुभयो । दुई पंधानमन्त्रीले बाँकी निमन ती अन्तरदेशीय रेल सञ्जालको फिल्ड लोकेसन सर्भे शीघं सम्पन्न गर्नेबारे सहमति जनाउनुभयो
(क) नयाँ जलपाइगुढीदेखि काँकडभिट्टा
(ख) नौतनवादेखि भैरहवा र (ग) नेपालगञ्ज रोडदेखि नेपालगञ्ज ।
१९. दुवै प्रधानमन्त्रीले विराटनगरमा एकीकृत चेकपोष्टको थालनीलाई स्वागत गर्दै त्यहाँका अधिकारीहरुलाई यसको निर्माण काय थाल्न र सन् २०१७
डिसेम्बरभित्र कार्य सञ्चालन गर्न निर्देशन दिनुभयो ।
२०.दुवै प्रधानमन्त्रीले तराई सडक परियोजनाअन्तर्गत नौवटा सडक समेटिने २४० किमी लामो सडकको १२ प्योजकको ठेक्काबारे सुन्तुष्टि व्यक्त गर्नुभयो । आयोजना शीघ्र सम्पन्न गर्ने जग्गाको स्वामित्व, वन तथा अन्य विभिन्न
संरचना हटउनेबारे नेपालीपक्षले आश्वासन दियो ।
२१. दुवै प्रधानमन्त्रीले पशुपतिनाथ मन्दिरको प्रांगरणमा निर्माण भइरहेको धर्मशालाको सन्दर्भमा सन्तुष्टि व्यक्त गर्नुभयो । धर्मशालासँगै हेटौडमा निर्माणाधीन नेपाल–भारत मैत्री पोलिटेक्निक निर्माण छिटै सम्पन्न
हुनेबारेमा दुवै प्रधानमन्त्रीले आशा व्यक्त गर्नुभयो ।
२२. नेपालका प्रधानमन्त्रीले नेपाल सरकारले मोतीहारी पेट्रोलियम लाइनलाई प्राथमिकतायुक्त भएको बताउनुभयो । दुवै प्रधानमन्त्रीले योजनाको विस्तृत इन्जिनियरिङ रुट सर्भे र इन्जिनियरिङ डिजाइन रिर्पे बनेकोमा त्यसको स्वागत गर्नुभयो । दुवै प्रधानमन्त्रीले सम्बन्धित अधिकारीहरुलाई बाटोको अधिकार, जग्गाको स्वामित्व, वातावरणीय र नीतिनियमसँग सम्बन्धित सबै समस्या शीघं निाकरण गरी छिटो काम सम्पन्न गर्ने वातावरण बनाउन निर्देशन
दिनुभयो ।
२३. दुवै प्रधानमन्त्रीले तेल र ग्याँस क्षेत्रमा सहकार्य गर्न संयुक्त कार्यदल बनाउने निर्णयलाई स्वागत गर्नुभयो । कार्यदलले निम्न क्षेत्रमा सहकार्य अभिबृद्धि गर्नेबारे राय दिनेछ–(क) मोतीहारीदेखि अमलेखगञ्जसम्म एलपिजी पाइपलाइनको निर्माण (ख)
गोरखपुरदेखि सुनवलसम्म प्राकृतिक ग्याँसको पाइपलाइन निर्माण (ग) इन्डियन आयल निगमको सहयोगमा अमलेखगञ्जदेखि नेपालको चितवनसम्म पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार तयार गन डिपिआर तयार गर्ने ।
नेपालका राष्ट्रिय प्राथमिकताका
परियोजनाहरुमा सहयोग
२४. नेपालको समृद्धि र विकासका लागि नेपालका प्रधानमन्त्रीले जोड दिनुभएकोमा भारतका प्रधानमन्त्रीले त्यसको लागि सहयोग गर्ने आफू तयार रहेको बताउनुभयो । दुवै पक्ष नेपालको सुदूरपश्चिममा प्राविधिक संस्थान स्थापना गर्न र तनहुँमा श्वास–प्रसास सम्बन्धी जीपी कोइराला राष्ट्रिय केन्द्र स्थापना गर्ने सम्बन्धी अनुदान सहयोगबारे मूल सहमतिमा पुग्नुभयो । त्यसका साथै दुई प्रधानमन्त्रीले दुवै
सरकारलाई द्विपक्षीय हितमा हुने खालका निम्न परियोजनाहरु सम्भाव्यताबारे छलफल गर्न सहमत हुनुभयो ः कुशीनगर–लुम्बिनी–कपिलवस्तु र बर्दिबास वीरगञ्ज रेल्वे, बीरगन्ज–पथलैया–नारायणगढ र बुटवल–पोखरा सडकलाई एक्सप्रेस सडकमा स्तरोन्नति, निजगढ अन्तर्राष्ट्रिय विमान स्थल, महाकालीमा मोटर चल्ने पुलहरु,
बीरगन्ज–रक्सौल सस्मा मैत्री पुल, दोधारा र चाँदनीमा खुल्ला बन्दरगाहको विकास, नेपालका विशेष आर्थिक क्षेत्रको विकास, नयाँ १३२ केभी प्रसारण लाइनको विकास, बुटवल (नेपाल)– गोरखपुर
(भारत) अन्तरदेशीय प्रसारण लाइन, लम्की (नेपाल)–बरेली (भारत) अन्तरदेशी प्रसारण लाइन ।
जलस्रोतको उपयोग र ऊर्जासम्बन्धी सहयोग अभिवृद्धि
२५. दुवै प्रधानमन्त्रीले पञ्चेश्वर परियोजनामा भएका सकारात्मक र ठोस छलफललाई ख्याल गर्दै सम्बन्धित अधिकारीहरुलाई एक महिनाभित्र यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न निर्देशन दिनुभएको छ ।
२६. नेपालका प्रधानमन्त्रीले नौ सय मेगावाटको अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत परियोजना सम्बन्धी सबै विषय परियोजना विकास सहमति (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट) अनुसार प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता दोहो¥याउनुभयो ।
२७. भारतीय पक्षले टनकपुर
ब्यारेजबाट नेपालतर्फको हेड रेगुलर
र लिंक निर्माण सम्बन्धमा नेपाली पक्षलाई विस्तुत परियोजना प्रतिवेदन हस्तान्तरण ग¥यो ।
२८. दुई प्रधानमन्त्रीले हालसालै सम्पन्न पानी सम्बन्धी विशेष समितिहरुको बैठक र डुबान र बाढी व्यवस्थापनसम्बन्धी संयुक्त समिति र विज्ञहरुको संयुक्त समूहको बैठकप्रति सन्तोष व्यक्त गर्नुभयो । यस्ता बैठकले पानीसँग सम्बन्धित सिँचाई, बाढी व्यवस्थापन र नदीसँग सम्बन्धित विभिन्न तालिमहरुमा द्विपक्षीय सहयोग अभिबृद्धि गर्ने आशा पनि उहाँहरुले व्यक्त गर्नुभयो । दुई प्रधानानमन्त्रीहरु सप्तकोशी उच्च बाँध र सुनकोशी स्टोरेज र डाइभर्सन स्किमका विस्तुत परियोजना प्रतिवेदन बनाउने विषयलाई गति दिन पनि सहमति हुनुभयो । सीमा क्षेत्रमा हुने डुबान र बाढी व्यवस्थापनजस्ता तत्कालै सम्बोधन गर्नुपर्ने महत्वपूर्ण विषयमा आपसी सामञ्जस्य र सल्लाहलाई थप प्रभावकारी बनाउन पनि दुवै प्रधानमन्त्री सहमति हुनुभयो । यो समस्याको दिगो समाधान खोज्न संयूक्त अलोकन भमण लगायतका तत्कालै काम थाल्न दुवै पक्षबीच सहमति भयो ।
२९. दुई प्रधानमन्त्रीहरुले ऊर्जा क्षेत्रका संयुक्त कार्य दलका बैठकहरु नियमित रुपमा भइरहेकोमा र भरतबाट नेपालतर्फ विद्युत प्रसारणका लागि मुजÏफपुर–ढल्केबर, कटैया–कुसाहा,
रक्सौल,–परवानीपुर अन्तरदेशीय विद्युत प्रसारण लाइन कार्यान्व्यनमा ल्याउन दुवै पक्षले चालेका हालैका कदमप्रति सन्तुष्टि ज्यक्त गर्नुभयो । नेपालमा प्रधानमन्त्रीले सन् २०१७ जनवरीमा मुजÏफर सवस्टेशनमा थप ट्रान्सफरमर राखी नेपाललाई थप विद्युत दिन भारतीय निकायहरुले देखाएको तत्परताका लागि भारतका प्रधानमन्त्रीलाई धन्यवाद दिनुभयो । भारतका प्रधानमन्त्रीले नेपालका तर्फबाट भविष्यमा पनि विधुत माग भइआएमा भारतले सहयोग गर्ने आश्वसन दिनुभयो ।
३०. दुवै पक्षबीच सन् २०१४ मा सम्पन्न ऊर्जा व्यावासर सम्झौता
(पावर ट्रेड एग्रिमेट) का सबै पक्षलाई कार्यान्वयनमा लैजान कदमहरु चाल्ने सहमति भयो । २०३५ सम्ममा
अन्तरदेशीय ऊर्जा प्रसारणका लागि गुरुयोजना बनाउन दुवै पक्षले चालेका कदमप्रति दुवै प्रधानमन्त्रीहरुले सन्तोष व्यक्त गर्नुभयो ।
व्यापार र लगानी अभिवृद्धि
३१. सकेसम्म धेरै क्षमतामा द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गर्ने विषयमा दुवै प्रधानमन्त्रीहरुले उच्च प्राथमिकता दिनुभयो । उहाँहरुले भारत सरकार र नेपाल सरकारबीच २०१६ अक्टोबरमा व्यापार र साझेदरी सन्धि सात बषएको लागि नवीकरण भएकोमा स्वागत गर्दे त्यसले अनधिकृत व्यापार नियन्त्रण गर्ने आशा गर्नुभयो ।
३२. नेपालका प्रधामन्त्रीले नेपालको भारतसँगको बढ्दो व्यापार घाटाबारेमा चासो व्यक्त गर्नुभयो । अहिले विद्यमान द्विपक्षीय व्यापारको अवस्थालाई मध्यनजर गर्दै दुवै प्रधानन्त्रीहरुले द्विपक्षीय व्यापार अझै अभिवृद्धि गर्न सकिनेमा जोड दिनुभयो । भौतिक पूर्वाधारमा रहेका कमजोरी सुधारेर, व्यापारमा व्यवधान ल्याउने प्रक्रियाहरुलाई सरल बनाएर र व्यापार अभिवृद्धि गर्न अरु कदम जस्तै–कृषिजन्य र अैद्योगिक उत्पादनलाई बजारको पहुँच सहज बनाइदिएर व्यापार अभिवृद्धि गर्न सकिने विश्वास पनि प्रधानमन्त्रीहरुले व्यक्त गर्नुभयो । दुवै पक्ष परीक्षण र प्रमाणित गर्ने प्रयोगशाला बनाउन, क्वारेन्टाइनको सुविधा स्थापना गर्न र वस्तुहरुको गुणस्तर निर्धारण एक रुपता ल्याउन पनि सहमत भए ।
३३. दुवै प्रधानमन्त्रीहरु विभिन्न किसिमका यातायातका साधनबाट नेपालमा ठूलो मात्रामा कार्गो लैजाने र नेपाललाई ट्रान्जिट बनाएर यातायाका साधनहरु चल्न दिन र रेल सेवा सम्झौतामा सुधार गर्न पनि सहमत भए । दवै पक्ष दुई देशका व्यापारिक विन्दुहरु धनगढी–
गौरीफाँटा, गुलरिया–मुर्थिया, जटही–पिरो र पशुपतिनगर–सुखयापोखरीलाई स्तरोन्नति गरी प्रयोगमा ल्याउन कदम चाल्ने विषयमा सहमत भएका छन्र । भारतमा प्रगयोगमा आएकाको ‘गुड्स एण्ड सर्भिस ट्याक्स
( वस्तु सेवा कर) का कारण द्विपक्षीय र ट्रान्जिट व्यापारमा पर्ने असरहरुका बारेमा द्रुतरुपमा अध्ययन गर्न सहमत भएका छन् । दुई पक्षबीच द्विपक्षीय र ट्रान्जिट व्यापार सहज बनाउन र अनधिकृत व्यापार नियन्त्रण गर्न सन् २०१७ को अन्तिमसम्म सचिवस्तरको अन्तनरसरकारी कमिटी बैठक बस्ने सहमति भयो ।
३४. नेपालमा भारतबाट हुने प्रत्येक्ष वैदेशिक लगाननी वृद्धि गर्नुपर्नेमा दुवै देशका प्रधानमन्त्रीहरुले जोड दिनुभयो । नेपालका प्रधानमत्रीेले नेपालमा लगानी गर्ने विददेशी लगानीकर्ताको विश्वास बढाउन आर्थिक क्षेत्र सुधारमा नेपाल सरकारले भर्खरै चालेका कदमहरुको बारेमा जानकारी दिनुभयो ।
साँस्कृतिक सम्बन्धमा र जनता तहमा हुने सम्पर्कको प्रवद्र्धन
३५. बीपी कोइराला नेपाल–भारत प्रतिष्ठानले डिसेम्बर २०१६ स्थापनाको २५ बर्ष पूरा गरेकोमा दुवै प्रधानमन्त्रीहरुले प्रसन्नता व्यक्त गर्नुभयो । प्रतिष्ठानले जनता–जनताबीचको सम्बन्धलाई थप बलियो बनाएको र दुवै देशका जनतामा एक अर्काप्रति सदिच्छा जागृत गराउन सफल भएको उहाँहरुको विश्वास छ ।
३६. काठमाण्डौ–दिल्ली, काठमाण्डौ–वाराणसी, महेन्द्रनगर–नयाँदिल्ली र
पोखरा–नयाँदिल्ली जस्ता रुटहरुमा बस सेवा सञ्चालनमा आइसकेकोमा दुवै प्रधानमन्त्रीहरुले सन्तुष्टि व्यक्त गर्नुभयो । अन्तरदेशीय यातायात सुविधा अभिवृद्धिका लागि अहिले चलेका रुटहरुको अवस्था र भविष्यमा थप्नुपर्ने रुटहरुका बारेमा छलफल गर्न संयुक्त कार्य दल (जोइन्ट वर्किङ ग्रुप) को बैठक बस्नेछ ।
३७.पर्यटन र आयुर्वेदिक स्वस्थ्य प्रणाली क्षेत्रमा हुने सहकार्यलाई अगाडि बढाउनुपर्ने विषयमा दुवै पधानमन्त्रीहरुले जोड दिनुभयो । यसै सन्दर्भमा दुवै पक्षबीच परम्परागत औषधि र पर्यटन साझदारीमा आपसी सहयोगका विषयमा समझदारीपत्र पूर्णरुपमा कार्यान्वयनमा ल्याउन कदमहरु चाल्ने र तीर्थयात्रामा सर्किटहरु विकास गर्ने विषयमा पनि सहमति भए । दुई प्रधानमन्त्रीहरुले साँस्कृतिक र पर्यटकीय सम्बन्ध बढाउन, पर्यटन, नागरिक उडड्यन र यातायात क्षेत्रमा काम गर्ने संयुक्त कार्यदलको बैठक सकेसम्म चाडै बस्ने आशा गर्नुभयो ।
३८. पशुपति क्षेत्रको पुनर्निर्माण र पुनरोत्थानका लागि दवै देशका प्रधानमन्त्रीहरुले आ–आÏना देशका
अधिकारीहरुलाई पशुपति क्षेत्र विकास कोष र भारतीय पुरातत्व सर्वेक्षणबीचको समझदारीपत्रलाई अन्तिम रुप दिन दिर्नेशन दिनुभयो ।
अन्तर्राष्ट्रिय क्षेत्रीय र उपक्षेत्रीय संस्थाहरुमा सहकार्य गर्ने
३९. दुवै प्रधानन्त्रीले विमस्ेक र सार्कजस्ता क्षेत्रीय र उपक्षेत्रीय तहका संस्थाहरुको सहकार्यले फाइदा हुनेमा जोड दिनुभयो । विमस्टेकको अध्यक्षको नाताले नेपालमा प्रधानमन्त्रीले अक्टोबर २०१६ मा भारतले आयोजना गरेको विमस्टेकका नेताहरुको रिटिङट र बिक्स–विमस्टेक सम्मेलनको लागि भारतका प्रधानमन्त्रीलाई धन्यवाद दिनुभयो । स्थापनाको २० बर्ष मनाउदै गरेको विमिस्टेकको अवधारणभित्र जागृत भएको साझेदारीको प्रयासप्रति दुई प्रधानमन्त्रीहरुबाट सन्तुष्टि व्यक्त
भयो ।
४०. दक्षिण एसियाली भुउपग्रहको सफल प्रक्षेपणलाई दुवै प्रधानमन्त्रीले अन्तरिक्ष क्षेत्रमा क्षेत्रीय सहयोगको अनुपम उदाहरणको रुपमा लिँदै सन्तुष्टि व्यक्त गर्नुभयो । यसले अन्तरिक्ष प्रविधि प्रयोगबाट दूरसञ्चार, प्रसारण, दूरशिक्षा, टेलिमेडिसिन, ई गर्भनेन्स, बैंकिङ र एटोएम, मौसमसम्बन्धी तथ्यांकहरुको प्रवाह, दैवीप्रकोपका समयमा प्राज्ञिक र अनुसन्धान केन्द्रहरुको सञ्जाल निर्माण गरेर यस क्षेत्रको जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने विषयमा सहमति भयो ।
४१. संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरुमा भारत र नेपालले साझा चासोका विषयमा सहकार्य गरेको दुवै प्रधानमन्त्रीहरुले स्मरण गर्नुभयो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा भारतको स्थायी सदस्य राष्ट्रको लागि उम्मेदवारीलाई नेपाललले समर्थन गरेको नेपालका प्रधानमन्त्रीले दोहो¥याउनुभयो ।
४२. आतंकवाद यस क्षेत्रमा शान्तिन र स्थिरताको लागि सबैभन्दा ठूलो चुनौतिको रुपमा पहिचान गर्दै जुनसुकै प्को आतंकवादविरुद्ध लड्ने बलियो प्रतिबद्धता दुवै पधानमन्त्रीले गर्नुभयो । उहाँहरुले अन्तार्राष्ट्रिय समुदायलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध वृहत सन्धि अनुमोदनको लागि आवहान गर्नुभयो ।
हस्ताक्षर भएका सहमति र समझदारी पत्रहरु
४३. दुवै प्रधानमन्त्रीले निम्नलिखित दस्तावेजहरु आदानप्रदान भएको अवलोकन गर्नुभयो ।
–५० हजार घरहरु पुनर्निर्माणका लागि भारतले दिने आवास अनुदानको मोडालिटीमा भएको समझदारीपत्र
–भुकम्पपछिको पनुर्निर्माण प्याकेजमा शैक्षिक क्षेत्रमा भारतीय अनुदान कार्यान्वयन बारेमा
समझदारीपत्र ।
–भुकम्पपछिको पुननिर्माण प्याकेजमा साँस्कृतिक सम्पदा पुननिर्माण क्षेत्रमा भारतीय अनुदान कार्यान्वयन बारेमा समझदारीपत्र ।
–भुकम्पपछिको पुनर्निर्माण प्याकेजमा स्वास्थ्य क्षेत्रमा भारतीय अनुदान कार्यान्वयन बारेमा समझदारी पत्र ।
– भारतीय मानक व्युरो (व्युरो अफ इन्डियन स्ट्यान्डर्डस्) र नेपाल गुणस्तर तथा नापतौल विभाग (नेपाल ब्युरो अफ स्टान्डर्डस एण्ड मेट्रोलोजी) बीच साझददारी सहमति ।
–लागू औषधको गैरकानुनी ओसारपसार र साइक्रोट्रोपिक वस्तुहरु र तिनको उपादनमा प्रयोग हुने
रासायनिक पदार्थ ओसारपसारमा
राक्ने समझदारी ।
–मेची पुल निर्माणमा
सझदारीपत्र ।
–भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकान्टेन्ट्स अफ इन्डिया र इन्स्टिच्युट आफ चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था) बीचको समmदारीपत्र ।
४४. दुई प्रधानमन्त्रीले कटैया
(भारत) र कुसाहा (नेपाल) र रक्सौल (भारत) परवानीपुर (नेपाल) बीचको अन्तरदेशीय विद्युत प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । यसले भारतबाट नेपालतर्फ थप सय मेगावाट विद्युत प्रसारण गर्न सक्छ ।
४५. दुई प्रधानमन्त्री यो भमणलजे नेपाल र भारतका जनताबीचको ऐतिहासिक सम्बन्धलाई थप बलियो बनाउने र दवै देशका जनताहरुलाई हित गर्ने बताउदै यसले दुई देशको बहुआयामिक सम्बन्धलाई अर्को उचाइँमा पु¥याउने सहमत हुनुभयो ।
४६. नेपालका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको लागि दिनुभएको निम्तो भारतका प्रधानमन्त्रीले स्वीकार गर्नुभयो । दुवै पक्षलाई मिल्ने समयमा भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण हुने सहमति पनि भयो । नयाँदिल्ली
१४ अगस्त २०१७ (८ भदौ २०७४)

