इटहरी÷आÏना ग्राहकहरुको मागलाई ध्यानमा राखेर स्वदेशका उत्पादन देखि विदेशका ब्राण्डेड सामानहरु उपलब्ध गराउँदै आएको
गोरखा डिपार्टमेन्ट स्टोरले ग्राहकहरुकै मागलाई ध्यानमा राखेर गोरखा किचनमा थकाली खानाको सेवा सुरु गरेको छ । इटहरी स्थित स्टोरको छैठौ तलामा २० दिन अगाडिदेखि थकाली खानाको स्वाद आफ्ना गा्रहकहरुलाई पस्कदै आए तापनि हाल उसले यो सेवा आÏना अन्य शाखहरु मोरङ्गको विराटचौक,
पथरी र झापाको दमकबाट समेत शुरु गरिसकेको छ ।
स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ, सञ्चालनमा आएको छोटो समयमै ग्राहकहरुले अत्याधिक मन पराइदिनु भएको छ । उहाँ भन्नुहुन्छ हाल हामीले चारवटै शाखामा थकाली खानाको सेवा शुरु गरिसकेका छौं । थकाली खानाकै लागि विराटनगर, धरान तथा आसपासका क्षेत्रहरुबाट परिवार सहित ग्राहकहरु गाडी लिएरै गोरखा किचनमा पुग्ने गरेका छन् । विराटनगरका व्यवसायी अरुण राठी आइतबार परिवारसहित
इटहरीस्थित गोरखा किचनमा भेटिनुभयो । गोरखामा आउनुको उहाँको उद्देश्य थियो थकाली खानाको स्वाद लिनु । आफ्ना पाँचजना परिवारका साथ आउनु भएका राठीले भन्नुभयो मैले त थकाली खाना धेरै पटक खासकेको छु, परिवारलाई पनि खुवाउँ भन्ने हो । खानाको सम्बन्धमा जिज्ञासा राख्दा उहाँका परिवारको कथन थियो, असाध्यै स्वादिलो ।
गोरखामा पाइने थाकाली खाना
राजधानी तथा अन्यन्त्रको भन्दा स्वादिलो हुनुको प्रमुख कारण मुस्ताङबाट मगाइएका दाल, मुस्ताङकै टिम्बुर, मुस्ताङकै फापरको पीठो, कोदोको पीठो आदि प्रयोग
गरेर तयार भएकोले पनि हुन सक्छ । यस सम्बन्धमा सञ्चालक आचार्य भन्नुहुन्छ मुस्ताङ जस्तो चीसो ठाउँमा उत्पादन भएको खाद्य सामाग्री जुन आर्गनिक पनि हुन्छ स्वादिलो हुनु त स्वभाविक हो । इटहरीका अर्का व्यवसायी शम्भु थापा भन्नुहुन्छ
गोरखामा थकाली खाना शुरु भएको छ भन्ने सुनेपछि म पनि परिवारका साथमा खाना खानकै लागि गएँ । खानाको स्वादको कुरै नगरौ सम्झदा पनि त्यसै मुख रसाएर आउँछ । अकबरे खोर्सार्नी, चार पाँच प्रकारका अचार चटनी, गुन्द्रुक भटमासको झोल, घ्यु (जुन गोरखाको आफनो उत्पादन हो), तीन चार थरिको तरकारी, दही तथा मही समेत थकाली खानाका आकर्षक हुन् । सञ्चालक आचार्य भन्नुहुन्छ थकाली खानामा सदा २ सय २०, चिकेन २ सय ५०, मटन र लोकल कुखुराको मासुसँग ३ सय कायम गरिएको छ । आचार्य अगाडि भन्नुहुन्छ अब चाँडै नै ढिकीमा कुटेको चामल, जाँतोमा दलेको मुस्ताङ्गी दाल खानामा प्रयोग गर्दैछौं । थकाली खानाको अर्को विशेषता भनेको फापरको पीठो र कोदोको पीठोको ढिडोसँगै अन्य परिकार समेत रहेका छन् ।
धरानका व्यवसायी विनोद अग्रवाल भन्नुहुन्छ म पनि परिवारका साथमा थकाली खाना खानै आएको हुँ ।
गोरखा किचनमा थकाली खानाका सम्बन्धमा जस्तो सुनेको थिएँ मैले त्यो भन्दा राम्रो पाएँ । खानाको स्वादको त कुरै नगरौ त्यसमाथि वेटरहरुबाट पाइने आतिथ्य सत्कार, रमणीय वाततावरण, अत्यन्तै सफा आदिले ग्राहकलाइ थप लोभ्याएको आफूले महसुस गरेको अग्रवालले
बताउनुभयो ।
स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ हाल प्रत्येक दिन इटहरीस्थित गोरखा किचेनमा सदरदर २ सय भन्दा बढी ग्राहकहरु थकाली खानाकै लागि आउन थाल्नुभएको छ । स्टोरका अन्य शाखामा पनि ग्राहकको संख्या दिन प्रतिदिन बढीरहेको छ ।
