बाढी पीडितका लागि राहत सामग्री गाउ“–गाउ“मा

सप्तरीका बाढी पीडितका लागि राहत सामग्री लिएर एमालेको टोली सप्तरी आइपुगेको छ । एमालेको केन्द्रीय निर्देशन अनुरुप अनेरास्ववियुको टोली राहत सामग्री लिएर सोमबार सप्तरी आएको हो ।
एमाले टोलीले बाढी प्रभावित ५९८ पारिवारलाई ६ ठाउँमा केन्द्र बनाएर मंगलवार राहत सामग्री वितरण गरेको छ । तिलाठी वडा नम्बर १, ३, ४ र ५ का १०५ पारिवारका लागि तिलाठीमा राजविराज नगरपालिका वडा नम्बर ९ का २१३
परिवारका लागि राजविराजमा, हनुमाननगर वडा नम्बर १ र ३ का ६५ परिवारका लागि हनुमानगरमा, कृष्ण सवरन गाउँपालिकाका ५१
परिवारका लागि कृष्णसवरनमा, कञ्चनरुप नगरपालिकाका ४ परिवारका लागि कञ्चनरुपमा राहन वितरण हुनेछ । यस्तै रुपनी गाउँपालिका वडा नम्बर २, ५ र ६ का ७६ परिवारका लागि रुपनी र तिरहुत वडा नम्बर २ र ६ का ८४ परिवारका लागि तिरहुतमा राहत वितरण गर्ने तयारी एमालेले गरेको छ ।
राहत समग्री स्वरुप एमालेले ९०० थान टेन्ट र पाल, एक हजार थान झुल र म्याट, एक हजार थान रेनकोट र आवश्यक कपडा लिएर आएको छ । पीडित परिवारका लागि एक लाख ५० हजार रुपैयाँको खाद्यसामग्री एमालेले ल्याएको अनेरास्ववियुका सचिव समिक बडालले पाथिभरा न्युजलाई बताए एमाले केन्द्रीय कार्यालयबाट आइतबार राहत वितरणको लागि टोली खटिएको थियो । टोलीमा अनेरास्ववियु अध्यक्ष नवीना लामा, उपाध्यक्षहरु, महासचिव र सचिवहरु छन् । एमाले सप्तरी जिल्ला कमिटीले राहत वितरण ब्यवस्थापनको जिम्मा लिएको छ । एमाले सप्तरीका इन्चार्ज सुमन प्याकुरेल पनि टोलीमा सहभागि छन् ।
असार १९ गते आएको अविरल वर्षाका कारण सप्तरीका ५९८ परिवार पीडित बनेका हुन् । त्यस लगत्तै बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले आफ्ना मतहत कमिटीहरुलाई सप्तरीको बाढी पीडितको उद्धार र राहतमा खट्न निर्देशन दिएको थियो । निर्देशन अनुरुप अनेरास्ववियुको टोली राहत लिएर सप्तरी आएको हो ।

तपाईको प्रतिक्रिया