धरान÷सुनसरीमा राष्टिूय फोटो पत्रकार समूहको २० औं शाखा गठन गरिएको छ ।
समूहको २० बर्ष पुगेको अवसर पारेर सुनसरीमा समेत एक कार्यक्रमको आयोजना गरी समूह गठन गरिएको हो । सुनसरीका पुराना फोटो पत्रकार यात्रा थुलुङको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय फोटो पत्रकार समूह सुनसरी गठन गरिएको हो । जसको उपाध्यक्षमा पत्रकार वेदराज पौडेल, सचिवमा विकास चाम्लिङ राई, सहसचिवमा उपेन्द्र चाम्लिङ र कोषाध्यक्षमा सुनिता राई केसी रहनु भएको छ । यसैगरी सदस्यहरुमा दिपक कार्की, नरेन्द्र राई, विनय राजवंशी, सागर सिंजाली, सोहन श्रेष्ठ रहनु भएको छ ।
फोटो पत्रकारहरुको क्षमता अभिवृद्धिसंगै व्यवसायिक बनाउन प्रत्येक जिल्लामा राष्टिूय फोटो पत्रकार समूहको शाखा गठन गर्ने उद्देश्य अनुरुप धरानमा २० शाखा गठन गरिएको राष्टिूय फोटो समूहका अध्यक्ष धु्रव आलेले
बताउनुभयो ।
विशेष गरेर काठमाण्डौ अर्थात केन्द्रमा सीमित भएको फोटो पत्रकारितालाई देशव्यापी रुपमा अगाडि बढाउन गरेको शुरुवातप्रति नवगठित अध्यक्ष एवम् सुनसरीका पुराना फोटो पत्रकार यात्रा थुलुङ्गले पूर्वलाई पनि समेटेर लानुपर्नेमा जोड दिनुभयो । समाचार सम्प्रेणका क्रममा फोटोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले गठनसंगै व्यवसायिक फोटो पत्रकारिताको विकास हुनेमा नपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले व्श्विास व्यक्त गर्नुभयो ।
गठनसंगै दक्षजनशक्ति तयारसंगै विभिन्न कार्यक्रमहरु समेत आयोजना गर्ने जनाइएको छ । मुलुकमा भएका परिवर्तनका समयमा होस् या देशमा आएका विपत्तमा समयमा फोटो पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्र्दै संकट समाधान गर्नमा केही हदसम्म सहयोग पुगेको समेत उल्लेख गरिएको थियो ।

