बसन्तराज भट्टराई
धरान–८, बरगाछी
यदि नया मुलुकको निर्माण गर्ने हो भने, यदि नया समाजमा उभिने होभने पुरानो मानसिकता त त्याग्नै पर्छ । यहि बिचार बिपिको थियो ा त्यसैले उनी व्यवस्था परिवर्तन भन्दापनि समाज परिवर्तनमा जोड दिन्थे । किन्तु उनका विचारहरू, उनका सोचहरू र उनका भावनाहरू छताछुल्ल भै कहि पोखिएका होलान् । सायद काूग्रेशीहरूलाई अहिले फुर्सद छैन । चुनावले गर्दा उनीहरू व्यस्त छन् ।पछि खाली भएको बेला उठाउलान् ।
कस्ता–कस्ता व्यक्तिहरूको भीड हुनपुग्यो नेपाली काँग्रेशमा आज ।अब नेपाली काग्रेश एउटा मुल्यमा हिडेको पार्टी हो भन्ने कुरापनि सकियो । अनि नेपाली काग्रेशको पृप्ंठभूमी र इतिहाँस भन्दै गर्भगर्ने विषयपनि सिथिल भैसक्यो । अनि कहिलेसम्म २००३ साल, २००४ साल, २००७ साल, २०१५ साल, २०३६ साल, २०४६ साल भन्दै गर्भगर्ने त ? अनि कहिलेसम्म मरेको बाघको जुघाू उखेलेको कथा सुनाई हिड्ने त? बितेका दिनहरुको कहानी सुनाएर तर्साउने समय त गैसकेको छ । त्यसैले सर्वप्रथम वर्तमानमा बाूच्ने प्रयत्न गरौं । पक्कैपनि वि.पी.का कार्यकर्ताहरु क्रान्तीकारी नै थिएहोलान् । चरित्रवान नै थिएहोलान् । अनि स्वच्छ छवी भएका राजनैतिक सूस्कार बोकेका नै थिए होलान् । किन्तु आजको राजनैतिक माहौलमा ती कार्यकर्ताहरु फगत खोटासिक्का भुमीकाको निर्वाह गर्दैछन् । किन कि खोटासिक्का बजारमा चल्नेवाला छैन । वास्तवमा भन्ने होभने मनुस्य कहीलेपनि वीर हुूदैन । केवल उसको समय बलवान भै हिडेको हुन्छ। त्यसैले सारा जीवन दर्शनहरु समयसंगै जोडिएका छन् । समय कै आरोहावरोहमा व्यक्तिएका छन् । अनि समयसंगै हिडेका छन्् । त्यसैले गान्धी, हिटलर, बुद्ध, ईषुक्राईस्ट, हजरत मोहम्मद अनि विपी कोइरालाजस्ता महामानवहरु समयकै उपलब्धीहरुबाट माथी उठेका छन् । अतः समयसंग पौंठेजोरी खोज्ने व्यक्ति, समयभन्दा अघि हिड्नखोज्ने व्यक्ति र समयले पछि छोडेको व्यक्ति, यी सबै गलत छन्। जस्तै माओवादी पार्टी समयभन्दा अघि हिड्ने क्रममा दिशाविहीन हुनपुग्यो । त्यस्त्यै नेकपा एमाले समयको गतिलाई बुरुन नसकि समयसंगै पाखुरासुर्की पौंठेजोरीखोज्दा भ्रमित हुनपुग्यो । अनि नेपाली काूग्रेश सदैव इतिहासमा बाूच्ने प्रयत्नले चिसिन पुग्यो । निश्चय पनि जसको पृष्ठभूमी सुनौलो हुन्छ, त्यसले प्रत्येक घडीमा गर्वगर्ने मौका पाउूछ । यहाूसम्म त ठीकै छ । किन्तु भूतकालको स्मरणमा वर्तमान खेरफाल्ने मनुस्य होस् वा संस्था नै किन नहोस् यी दुवै सही छैनन्।नेपाली जनताले पटक(पटक नेपाली काूग्रेशलाई विश्वाशगर्नुको पछाडी केहि कारण छन् । जो आजका काूग्रेशीहरुले सोच्नपनि सक्दैनन् । वि.पी.ले आङ्खनो पार्टी र आङ्खना कार्यकर्ताहरुलाई आङ्खनै व्यक्तित्व प्रदान गरेका थिए । त्यसैले वि.पी. भनौं या नेपाली काूग्रेश भनौं कुरा एउटैहो । वि.पी.लाई नेपाली जनताले पुर्ण विश्वाश गर्नुमा धेरै कारण छन् । जस्तै उदार नीति, समतामूलक समाजको निर्माण, गरीब, पिडित, शोषित र निमूखा जनताको प्रतिनिधित्व, क्रान्तीकारीछवी र व्यवहारवादी नीति, प्रजातान्त्रिक यात्रा र समाजवादी सोच, राष्टूप्रति इमान्दार र संस्थाप्रति समर्पित भावना, सम्पुर्ण मुलुकमा शिक्षा एवं स्वास्थ्यको विकाशहेतु राष्टिूय अभियान, किसानहरुको त्रृmणमुक्ति अभियान, विर्ता जमिन्दारी उन्मूलन, भूमीहीन किसानलाई जमिन वितरण, मोहीयानी हक लागु, बनज¨लको राष्टिूयकरण अर्थात मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक एवं व्यवहारिक पक्षहरुको पुर्ण रुपान्तरण केवल नेपाली काूग्रेशले मात्र गर्नसक्छ भन्ने विश्वाश नेपाली जनतालाई राम्रोसंग थाहाथियो । त्यसैले २०१५ सालमा नेपाली काूग्रेशलाई दुई तिहाई बहुमत दिई सरकार बनाउने हैसियत प्रदान ग¥यो । २०३६ सालमा पनि नेपाली जनताले काूग्रेशलाई पुर्ण सहयोग गरेको थियो। किन्तु परम्परावादी शक्ति र आजका एमाले भनाउूदाहरु एक भै नेपाली जनतालाई हराउन सफल भए । २०४६ सालको महाक्रान्तीमा पनि यो खेल दोहोरिन सक्थ्यो । त्यसैले लौह पुरुष गणेशमान सिंहले २०१७ साल र २०३६ साललाई स्मरणगर्दै वामपन्थीहरुलाई हातमा लिई आन्दोलनमा उत्रिए । नेपाली काूग्रेशको नेतृत्वमा भएको उक्त महाक्रान्तीमा वामपन्थीहरुलाई लिएर अघि बढ्दा गणेशमान सिंहलाई धेरै आरोप पनि लागे । विपीले नगरेको काम गणेशमान सिंहले ग¥यो भनेर । किन्तु गणेशमान सिंहलाई सत्यताको बोध थियो । जो अरुले सोच्नै सकेनन् । यथार्थमा भन्दा गणेशमानसिंह उक्त आन्दोलनमा रिक्सलिन चाहादैन थिए । त्यसैले इमानदारीपुर्वक नेपाली राजनैतिक आकाशमा चलिरहेको कार्यशैली उनलाई राम्रोसंग जानकारी थियो ।जब–जब
राजनैतिक क्षेत्रमा दुईशक्ति मिलेका छन् तब–तब तेश्रोशक्तिलाई पतन गराइएको छ । जस्तै राजदरबार र नेपाली काूगे्रश मिलेर राणाशासन समाप्त गरियो । राजदरवार र मातृका प्रसाद कोइराला मिल्दा काूगेशलाई गारो पारियो । २०१७ साल र २०३६ सालमा राजदरबार र एमाले मिल्दा नेपाली जनताको प्रजातन्त्र गुम्यो । २०४६ सालमा काँग्रेश र वामपन्थी मिल्दा राजदरबार पतन भयो । त्यसपछि पुनः काूग्रेश र वामपन्थि मिल्दा राजालाई पतन गराइयो । अनि राष्ट्रिय काँग्रेश र प्रजातान्त्रिक काँग्रेश एकहुँदा राणाशासन विरुद्ध शसस्त्र क्रान्तीको रुपरेखा तैयार भयो । यी सारा अनुभवहरु बोकेर हिडेका गणेशमानसिंहलाई कहिले, कुनबेला, के गर्ने र नगर्ने भन्ने विषयमा राम्रो अनुभव थियो । त्यसैले उनले वामपन्थी शक्तिलाई पनि काखी च्यापेर हिंडेका थिए ।आज
राष्ट्र जर्जरावस्थाबाट गुज्रीरहेको छ । कुनैपनि क्षेत्र भ्रष्टाचार मुक्त छैन । सम्पुर्ण समाजलाई विकृति र विसंगतिले ढाकिसकेको छ । बजारव्यवस्था नियन्त्रण गर्न नसक्दाआधारभूत सामाग्रीहरु किनेरखान जनतालाई धाऊ(धाऊ परेको छ ।
राष्ट्रको सुशासन व्यवस्था कमजोर
र ङ्खयातलो भएकोले सामाजिक सुरक्षामा दरार पारिरहेको छ । दैनिक हड्ताल र नेपालबन्दको आरुवानले निम्नवर्ग, निम्न मध्यमवर्ग र मध्यमवर्गलाई हातमुख जोर्न पनि गारो परिरहेको छ । यातायातका साधनहरु बन्दहुनाले मजदुरहरुलाई जीवन ज्ञापनगर्न अप्ठ्यारो परिरहेको छभने व्यापारीहरु उद्योगधन्दा बन्द भएकोले सासलिनपनि उनीहरुलाई गारो परिरहेकोछ । एकातर्फ विद्यार्थीहरुको पढाई बिग्रिरहेकोछभने अर्कोतर्फ अस्पतालमा विरामीहरुको सही टूीटमेन्ट नहुनाले फगतमा ज्यान गुमीरहेको छ । जनताका प्रतिनिधिहरुको अनुपस्थितिमा सारा कर्मचारी तन्त्रले
रोटीपोल्ने मौका प्राप्त गरेको छ । सम्पुर्ण मुलुकमा सयमा उनान्सय भ्रष्ट छन् । चुनावताका भोज गराउने र रातारात चामल बाड्ने पञ्चायतिशैली आजपनि यथावत देखिन्छ । टीके परम्परा, नातावाद र कृपावाद आजपनि यथावतरुपमा उभिएको छ । त्यसैले नयाू मुलुक निर्माणगर्ने हो भने पुरानो मानसिकता त त्याग्नै पर्नेहुन्छ ।
२०१५ सालमा नेपाली काूग्रेशले दुईतिहाई बहुमत प्राप्त गर्न सफल भयो । २०४६ सालको महाक्रान्तिपछि नेपाली काूग्रेशले स्पष्ट बहुमत प्राप्त गर्छभने २०५१ सालको मध्यावधि चुनावमा नेपाली काूग्रेश सामान्य बहुमत ल्याउनपनि असक्षम हुनपुग्छ । यसको कारण के हो ? विवेकशील पाठकगणहरु यस प्रकारका जिज्ञासाहरु सुन्न र बुझ्न चाहान्छन् । किनभने कुनैपनि परिणाम त कारणबाटै श्रृजना भएका हुन्छन् नि अन्यथा यतिलामो इतिहास बोकेर उभिएको संस्था गर्तमा जानुको पछाडी आखिरीमा के चाहि कारण थियो त ? यी कारणहरु नेपाली जनतालाई थाहाहुनु जरुरी छ । स्वयं नेपाली काँग्रेशका सीदासाधा कार्यकर्ताहरुलाई एवं नेपाली काूग्रेशप्रति अथाहा आस्था र विश्वाशराख्दै हिंडेका नागरिकगणहरुलाई पनि जानकारी हुनु जरुरी छ ।आाखिरीमा कुनचाही कारण हो त्यो जसबाट यतिलामो इतिहाँस रच्न सक्षम संस्था आपmनो मुल्य, मान्यता र अस्तित्व समाप्त गरि खोक्र्र्र्र्रो जीवन विताउन वाध्य भएको छ। दिशाविहीन नेतृत्वकर्ता वा असक्षम कार्यकर्ताहरुको झुण्ड । भ्रष्टाचार वा महत्वाकांक्षीहरुको भीड । अदूरदर्शी नेता वा अपरिपक्व कार्यकर्ता, चाकडी मनपराउने नेता र चाप्लुसी एवं भाटगिरीगर्ने कार्यकर्ता । राजनीतिलाई व्यापार वनाउने नेता र पार्टीलाई सिंडीको रुपमा प्रयोग गर्ने कार्यकर्ता । पार्टीभित्र देखिएको नातावाद, कृपावाद अनि जातीवाद र टीके प्रवृत्ति । असक्षम नेतृत्वले भिœयाएको अनावश्यक वातावरण । विचारविहीन नेता र कहालीलाग्दा कार्यकर्ताहरुका हरकत । सत्तालीप्सामा भिल्लु भएका नेता र पदलोलुप्त कार्यकर्ताहरुको विभत्स स्वरुप, जनतालाई गुमराहगर्ने नेता र सत्यतथ्य रिर्पोट नबताउने कार्यकर्ता ।आज राष्ट्र लोकतन्त्रकमा पुगेको छ । किन्तु पिछिडिएका वर्गहरु अझपनिउही स्थानमा छन् । नत देशको सरकारको दृष्टि पुग्छ न त कुनै दलहरुको दृष्टि नै पुग्छ । आजपनि चुनावताका रातौंरात चामल वाडेर लोकतन्त्रको नाममा खिल्ली उडाउने प्रवृत्ति यथावत नै छ । सम्पुर्ण मुलुक विसंगति र विकृतिमा जकडीएको छ । सारा मुलुकलाइ भ्रष्टूाचारले निल्न आटिसकेको छ । राज्यको शुसासन व्यवस्थामा दरार आएकोले सामाजिक, सुरक्ष्।ामा पनि फगत कठीनाइहरु उत्पन्न भैरहेका छन । सम्पुर्ण पार्टी सत्ताको होडमा दैडेको स्पष्ट देखिन्छ । यदि छातीमा हात राखेर सत्य बोल्ने होभने राजनीतिलाई प्रयोगगरि रातौंरात सम्पन्न बन्ने प्रवृत्ति त निरंकुश पंतायति व्यवस्थामा पनि यति सारो थिएन ।
