धमाधम जनसरकर गठन गर्दै

धरान÷संसदीय व्यवस्थाबाट जनआकांक्षा पूरा हुन नसक्ने, वर्गीय हित विपरीत हुने भन्दै नेपाल कम्युनिष्ट पार्टी
(नेत्रविक्रम चन्द) ले स्थानीय तह निर्वाचन खारेजीको अभियानसँगै गाउँ नगर तथा जिल्लाहरुमा जनसरकार गठनलाइ तिब्रता दिएको छ ।
पहिलो चरण अन्तर्गत वैसाख ३१ गते भएको प्रदेश नं. ३, ४ र ६ को स्थानीय तह निर्वाचन विथोल्न उक्त पार्टीले ती प्रदेशमा एकदिने आम हड्ताल, सहरका व्यस्त स्थानहरुमा बम राख्ने, मतदातालाई त्रसित बनाउने लगायतका कार्यहरु गरेको थियो ।
आगामी जेष्ठ ३१ गते हुने दोस्रो चरण अन्तर्गतको प्रदेश नं. १, २, ५ र ७ को स्थानीय तहको निर्वाचन विथोल्न सहरी तथा ग्रामीण क्षेत्रमा उसले गोप्य रुपले आफ्नो अभियानलाई अगाडि बढाएको छ । नेपाल कम्युनिष्ट पार्टी सुनसरीका एक जिल्ला सदस्यका अनुसार राज्यले सम्पूर्ण शक्ति परिचालन गरेर निर्वाचन गरेपनि त्यो स्थायी नहुने ठोकुवा
गरे । उनले भने निर्वाचन विथोल्ने आफूहरुको अभियान अझ सशक्त ढंगले अगाडि बढेको छ । यो सबै जनसरकारकै निर्देशनमा परिचालित हुन्छ । यतिबेला नेपाल कम्युनिष्ट पाटीले ताप्लेजुङ्ग, इलाम, झपा, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, ओखलढुंगा, सिराहा, सप्तरी, सिन्धुलीलगायतका स्थानमा जनसरकार गठन गरिसकेको छ । क–कसको नेतृत्वमा ती स्थानमा जनसरकार गठन भयो त भन्ने सवालमा उनले खुलाउन चाहेनन् ।
पहिलो चरणमा भएको निर्वाचनमा सुरक्षा कमजोरीलाई सुधार गरी दोस्रो चरणको निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति गराउने उद्देश्यले मातहतका प्रहरीहरुले विप्लवका कार्यकर्ताहरुमाथि निगरानी, गिराफ्तारलाई अभियानकै रुपमा सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पोखे्रलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया