विराटनगर महानगर बनेपछि स्थानीय हर्षित

विराटनगर÷नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद्ले विराटनगर उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेपछि स्थानीयबासी हर्षित बनेका छन् ।
लामो इतिहास बोकेको औद्योगिक नगर विराटनगरलाई महानगर पालिका बनाउनका लागि विभिन्न राजैनिक दलका नेता, सांसद, व्यापारी, संघ संगठन, सामाजिक संस्थाले लामो समयदेखि प्रयास गर्दै आएका थिए ।
२ लाख १४ हजार जनसंख्या रहेको विराटनगरमा अब टंकीसिनुवारी गाउँपालिकाका २० हजार र जहदाका ३ हजार जनसंख्यालाई पनि महानगरपालिकाभित्रै समावेश गरिने निर्णय समेत मन्त्रिपरिषद्को वैठकले गरेको छ । यसका अलवा विराटनगर वरपर रहेका अन्य गाउँ पालिकाकोे केही वडालाई समेत समावेश गराउने निर्णयको स्वागत गर्दै मोरङ व्यापार संघले सम्पूर्ण विराटनगरबासीलाई दिपावली गर्न आग्रह गरे बमोजिम मंगलबार साँझ विराटनगरमा दिपावली गरिएको थियो ।
मोरङ व्यापार संघले एक विज्ञप्ती जारी गरी सरकारको उक्त निर्णयको हार्दिक स्वागत गर्नुक साथै महानगर पालिका बनाउन सहयोग गर्ने साथै पहल गर्नुहुने सबैमा हार्दिक आभर प्रकट गरेको छ ।

तपाईको प्रतिक्रिया