प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा दश महिना अगाडिको पाँचबुदे सहमति अनुसार राजीनामा नेपाली नेपाली काँग्रेसभित्रै प्रधानमन्त्री को बन्ने भन्ने कुरामा बहस ः दोस्रो चरणको निर्वाचन प्रभावित हुने काँग्रेसभित्रै प्रधानमन्त्री को बन्ने भन्ने कुरामा बहस ः दोस्रो चरणको निर्वाचन प्रभावित हुने

धरान÷गत बर्ष अर्थात साउनमा प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो पदबाट राजीनामा गर्नुभएको छ । नेपाली काँग्रेस र माओवादीबीचमा ९÷९ महिना सरकारको नेतृत्व गर्ने पाँचबुँे लिखित सहमति अनुसार अबको नेतृत्व काँग्रेसलाई सुम्पने गरी
रजीनामा दिनुभएको हो ।
संविधान त नेपाली काँग्रेसमा प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने प्रावधान रहेको छ । यतिबेला पार्टी सभापति र संसदीय दलको नेता शेरबहादुर
देउवा रहेकोले देउवा प्रधानमन्त्री बन्न लालायित भएका छन् । तर पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सभापति देउवाले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा नेपाली काँग्रेसले प्रदेश नं. ३, ४ र ६ मा लज्जास्पद हार व्यहोर्नुपरेको भन्दै पार्टीभित्रै बहस शुरु भएको छ ।
नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला एउटै व्यक्तिले पार्टी सभापति र प्रधानमन्त्रीको जिम्मेवार पाउनु नहुने भन्दै लबिङ्ग शुरु
गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नहुँदै कार्यकारी झै अधिकार प्रयोग गरी प्रधान न्यायाधीश सुशिला कार्कीमाथि महाअभियोग लगाउने, प्रहरी ऐन, विधानलाई मिचेर प्रहरी महानिरीक्षक नियुक्ति गर्ने, आÏनै सासुलाई राजदुतमा नियुक्ति गर्ने, माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने लगायतका कार्यबाट नेपाली काँग्रेसका कार्यकर्ता रुष्ट हुन पुगेका छन् । जसका
कारण नेपाली काँग्रेसले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा लज्जास्पद हार व्यहोरेकोले पनि अब शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नहुने भन्दै पार्टीभित्र बहस शुरु भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता शेखर कोराला भन्नुहुन्छ, दोस्रो तरणको निर्वाचनको मुखमा आएर
सरकार परिवर्तन हुँदा निर्वाचन नै प्रभावित हुनसक्छ । एउटै निर्वाचन दुईवटा सरकारले गरेको उदाहरण संसारमै कही नभएको भन्दै उहाँले भन्नुभयो सरकार परिवर्तन गर्दा तुरुन्तै अर्को सरकार बनिहाल्दैन । १५÷२० दिन लाग्न सक्छ । त्यसबेला निर्वाचन सुरक्षामा प्रभाव पर्छ र निर्वाचन नै हुन नसक्ने अवस्था आउन सक्छ । पार्टी सभापति एवम् संसदीय दलको नेताको हैसियतले शेरबहादुर देउवा प्रधानमन्त्री बन्न दुई महिना अगाडि देखि नै हौसिदै आएका छन् । प्रचण्डले राजनैतिक इमान्दारिता देखाउँदैनन् कि भन्ने पिरलो उनलाई थियो । यद्यपि, अब पनि देउवालाई प्रधानमन्त्री बन्न सहज देखिएको
छैन । नेपाली कँग्रैेसको प्रभावशाली नेता रामचन्द्र पौड्याललाई प्रधानमन्त्री बनाउन यतिबेला अभियान नै चलाएका छन् । सोमबार पौडेल पक्षको छुट्टै भेलामा नेताहरुले तत्काल सरकार परिवर्तन गर्न नहुने अडान राख्ने र त्यसो गर्दा सभापति देउवाले नै पौड्याललाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्न सक्ने सम्भावना केलाएका थिए । स्थानीय तहको निर्वाचन पश्चात आगामी मंसिर सम्ममा प्रदेश र माघ सात गतेभित्रमा केन्द्रको निर्वाचन गर्नैपर्ने प्रावधान सधिानमा रहेको छ । यस्तोमा पौडेलले अहिले आफूलाई सहयोग हुने विश्वास लिएका छन् । यो विषय देउवाका लागि उदारो हुन सक्छ । संसदको निर्वाचनमा ठूलो दल भएमात्र सरकार बनाउन पाइने भएकोले सत्ताका खेलाडी देउवाले पौड्यालको यो आकांक्षालाई पूरा गर्लान् जस्तो देखिदैन ।
देउवा तीन पटक प्रधानमन्त्री भइसकेका छन् । तर पौड्याल अहिलेसम्म प्रधानमन्त्री बन्न सकेका छैनन् । त्यसकारण जसरी भएपनि एकपटक प्रधानमन्त्री बनेरै छाडने ध्याउन्नमा पौड्याल रहेका छन् । यसभन्दा अगडि १७ पटक सम्म प्रधानमन्त्रीको दौडमा आफूलाई उभ्याउँदा समेत उनी प्रधानमन्त्री बन्न सकेका थिएनन् ।

तपाईको प्रतिक्रिया