नव बर्ष २०७४ लाई

घुम्दै फिर्दै आयो नव बर्ष । विगतका घटना अब नआउन् । हास्ने खेल्ने हाम्रा होनेहार युवाको मनोरम नव बर्ष (२०७४) हो । सुस्वास्थ्य जीवन व्यतित गर्न पाउनु हामो मौलिक हक हो । कागजी हक व्यवहारमा उतार्ने दिन प्रेरणाका स्रोत बर्तमान र भविष्य हो । वसन्तले ल्याएको नवयुग हो स्वागत सबैले गर्नुपर्छ । विगतलाई स्मरण गर्दै आधुनिक युगमा प्रवेश गराउने नववर्ष नै हो । मिश्रित उतारचढाउका घटनाहरु भइ नै रहन्छ यो त प्राकृतिक नियम नै हो । उल्लासमय बनाउने पनि बसन्त नै हो । निराशमय ल्याउने रोचक घटना घटाउने ईश्वर कि प्रकृति ? यो आधुनिक वैज्ञानिक युग हो । ज्ञान विनाको विज्ञान औ विज्ञान विनाको ज्ञान लंगडो र अपांग
(अन्धो) यी दुई शक्ति उत्पति कालमै स्थापित भएका थिए । नयाँ बर्ष पनि यिनैको पछि लागेको हुन्छ । हाम्रो नेपाल हामी नेपाली नव बर्षलाई स्वागत गर्दै भिœयाउँछौं । आउँदो शुक्रबार अर्थात वैसाख १ गतेलाई नव बर्षको पहिलो दिन भनिन्छ । यस वैसाख १ गते नेपाल सरकारले पनि विदा दिने गरेको छ ।
विकसित मुलुकमा नयाँ बर्ष आउनु भन्दा अगाडिदखि विभिन्न कामर्यक्रमको आयोजना गर्दछन् । नाच्नु, हास्नु , खानु, खेल्नु जस्ता सांस्कृतिक पर्व मनाउने गर्दछन् । यो पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउने गरेको पाइन्छ । नेपालमा पनि नव बर्षले राष्ट्रिय चाड पर्वको आव्हान गरेको भन्ने मान्यता प्रदान गरेको पाइन्छ । मध्ये ग्रिष्म ऋतुको आयाम यसैले गरेको हृुन्छ । कृषि व्यवसायका प्राथमिक पाइला वैसाख १ गतेदेखि टेक्ने गरेको मानिन्छ । पहाडी क्षेत्रमा मकै
रोप्ने, गोडने, वेसीबाट गाइभैसी लेकतिर लाने, फलफूल रोप्नें, उमार्ने, बाली विरुवा घेराबार गर्ने काम यसै वैसाखदेखि गर्ने गर्दछन् । माइती घरमा गएका बुहारी पनि घरमा जान्छन् । बर्ष दिनलाई नुन, तेल, मरमसला जोहो गर्ने, विवाह व्रतबन्ध जस्ता सामाजिक परिवेश पनि वैसाखदेखि रमेर गर्ने गरिन्छ । हिउँदको अफर गर्न गएका नजजवानहरुले खेतिपातिको काम गर्न घरमा आउने समय पनि यही वैसाख महिना नै हो ।
उग्र गर्मी र उग्र हावाहुरी बतास आएर फलफूलका लावाहरु झार्ने, असिना पर्नी आई विनास गर्ने महिना पनि यही वैसाख हो । त्यसैले भनिन्छ नि बाचिन्छ जीवनको केही ठेगान छैन भनी न बर्ष गोँठमा रमाइलो गर्ने प्रचलन छ । हामी यी कार्य गर्न अलिक पछाडि छौ तर हामी नेपालीको ध्यान अब निर्वाचनतिर गएको पाइन्छ । यही वैसाख (२०७४) को ३१ गते स्थानीय तहको अर्थात गाउँपालिका, नगरपालिकहरुका प्रमुख, उपप्रमुख, अध्यक्ष र सदस्यहरुको निर्वाचन हुँदैछ । राजनीतिक पार्टीका स्थानीय नेता एवम् कार्यकर्ता विजयी गराउन मतदाताका घरदैलो पुगेर मतदानमा भाग लिन आगह्र गर्न थालेका छन् । जनताको विश्वासमा रहेका र रहन चाहने दुवै भाग्यको
रेखा (चित्र) कोर्न थालेका छन् । नव बर्ष लिएर आएका ईश्वरले नवबर्षको सफलता नै बर्षदिनको कार्य सफलता हो भन्न थालेका छ्न् । राजदबार आम हत्या भएको दिन अगावै स्थानीय निकायमा जनप्रतिनि शून्य थियो । करिब १९ बर्षसम्म साझा प्रतिनिधि छान्न नपाई कर्मचारीको शासन सञ्चालन गरेको यहाँ सम्म आइपुगेको छ ।
पंक्तिकारको उत्सुकता पनि उस्तै छ । ८६ बर्षको उमेरमा मतदाता भई मतदान केन्द्रमा गई आफूलाई मन परेका नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र संसदलाई मतदान गर्ने जमर्को आइरहेको छ । शान्तिपूर्ण निर्वाचन सम्पन्न होस् । आगामी दिन शान्ति, स्थिरतामै विकास मार्गमा सबै सहभागी हउन् । २०७४ बर्ष सुखमय रहोस् । सबै नेपालीमा भातृत्वबोध बनोस् । रहोस सबैको सुस्वास्थ्य दीर्घायूको हार्दिक मंगलमय शुभकमना अर्पण गर्दछु ।

तपाईको प्रतिक्रिया