राष्ट्रिय खेलाडीले भरिएको नेपाल आर्मीको त्रिभुवन क्लबलाई ५ अंकले
पराजित गर्दै बंगलादेशको लिग च्याम्पियन क्लब बंगलादेश नेभीले चौथो बिएमसी खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
चैत १८ देखि सुरु भएको प्रतियोगिताको सोमबार विशाल मिलन केन्द्रको बास्केटबल कोर्टमा सम्पन्न लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीले ८७–८४ स्कोरले पाहुना टोलीलाई
पराजित गरेको थियो । तर, पहिलो लिगमा बंगलादेशले आर्मीलाई ७७–६९ को स्कोरमा हराएका कारण पाहुना टोलीले उपाधिमा कब्जा जमायो । उपाधि जित्न त्रिभुवन क्लबलाई ९ अंकको अन्तरले हराउनु पर्ने अनिवार्य थियो । तर, आर्मी क्लबले ३ अंकको मात्र अग्रता कायम
राख्न सफल भयो ।
प्रतियोगिताको उपाधि विजेता बंगलादेशको नेभी क्लबलाई ३० हजार रुपैयाँबाट पुरस्कृत गरिएको थियो । यस्तै, उपविजेता त्रिभुवन आर्मीले २० हजार रुपैयाँ पायो । खेलको उत्कृष्ट खेलाडी बंगलादेशका मिथुन घोषित भए । उनी १५ हजार नगदबाट
पुरस्कृत भए । लिगको आधारमा भएको यो प्रतियोगिताको महिलातर्फको उपाधि भने प्राइम क्लबले जित्यो । प्राइमले फाइनलमा हवाइट हाउस क्लबलाई ३१–२७ को स्कोरमा हरायो ।
विजयी क्लब र खेलाडीलाई मुक्तिश्री कम्पनीकी अध्यक्ष अस्मिता सुमार्गीले एक कार्यक्रमबीच पुरस्कृत गरेकी थिइन् ।
